4/18/2011

अझै ६ महिना पाल्नुपर्ने भो सेतो हात्ती

यहि महिना म्याद सकिए पनि नेपालका लागि भारतीय राजदूत राकेश सूद कम्तिमा अझै छ महिना नेपालमै रहने भएका छन् । नेपालका लागि नयाँ राजदूतमा नियुक्ति गरिने भनिएका जयन्त प्रकाशले छिट्टै अवकास पाउने भएकाले नयाँ राजदूत नियुक्ति नभएसम्म सूद नै रहने लगभग पक्का रहेको भारतीय दूतावास निकट स्रोतले बतायो ।

राजदूत नियुक्ति प्रक्रिया करिव २ महिना लाग्ने भएकाले पनि करिव छ महिनाका लागि जयन्त प्रकाशलाई नियुक्त गर्ने सम्भावना नरहेको स्रोतको दावी छ । ‘नेपाल जस्तो संक्रमणकालबाट गुजि्ररहेको मुलुकमा ५-६ महिनाका लागि जयन्त प्रकाश राजदूत नियुक्त भएर आउने सम्भावना निकै कम छ’ उच्च स्रोतले भन्यो-’उनी नआएको अवस्थामा सूदले नै केही समय निरन्तरता पाउनेछ ।’ जयन्त प्रकाशले उमेर हदका कारण अबको करिव ८ महिनामा अबकास पाउँने छन् ।

काठमाडौंस्थित भारतीय दूतावासका प्रथम सचिव अपूर्वा श्रीवास्तवाले पनि सूदको कार्यकाल यहि अपि्रलसम्म मात्र रहेपनि फर्कनेबारे कुनै निर्देशन नआएको बताइन् । ‘उहाँको कार्यकाल त अपि्रलसम्म मात्र हो’ अनलाइनखबरसँग कुरा गर्दै उनले भनिन-’तर उहाँ दिल्ली र्फकने र नयाँ राजदूत आउनेबारे हामीलाई अहिलेसम्म कुनै निर्देशन आएको छैन ।’
कार्यकाल थप्न सूद पनि निकै उच्छुक देखिएका छन् । नयाँदिल्लीले पाँच-छ महिना नेपालमा बसे अमेरिका वा फ्रान्सका लागि भारतीय राजदूत वा विदेश सचिवमा बढुवा गर्ने आश्वासन सूदलाई दिइसकेको छ । स्रोतले भन्यो-’आफ्नो व्यक्तिगत प्रोफाइल बढाउन र माओवादीलाई साइजमा ल्याउन पनि सूद केही समय नेपालमै रहने मनस्थितिमा छन् ।’ भारतको संस्थापन पक्षले माओवादीलाई साइजमा ल्याउन र नेपालमा भारतीय हित प्रवर्द्धन गर्न सूदले निकै ठुलो भूमिका खेलेको निष्कर्ष निकालेको स्रोतको दावी छ ।
तर सूदकै कारण कतै नेपालमा भारतविरोधी भावना हृवातै बढ्ने हो कि भन्ने डर पनि भारतलाई उत्तिकै छ । भारतीय विदेशमन्त्री एसएम कृष्णाको बुधबारबाट सुरु हुने नेपाल भ्रमणपछि भारतले यसबारे आफ्नो धारणा बनाउने जानकारहरु बताउँछन् । पछिल्लो समय भारतको नेपाल नीति असफल नभएको बताइरहेका बेला भारतले भने त्यसलाई सार्वजनिक रुपमा स्वीकार गरेको देखिदैन । नेपालसम्बन्धी नयाँ नीति बनाउने पूर्वसन्ध्यामा नेपाल आउन लागेका बिदेशमन्त्री कृष्णाले सूदलाई नेपालमै राख्दा भारतबिरोधी भावना बढेर भारतलाई अप्ठ्यारो पर्छ वा माओवादीलाई साइजमा ल्याउन सूदको भूमिका अझ सकरात्मक हुन्छ भन्ने बिषयमा अध्ययन गर्नेछन् ।

No comments:

Pages