तीन वर्षअघि चिनियाँ मुलका एक मलेसियन नागरिकको हत्या अभियोगमा तम्फुला–८ तेह्रथुमका पदमबहादुर लिम्बुलाई अदालतले दश वर्ष कारवासको फैसला सुनाएको छ । समुहमा रक्सी पिईरहेको बेला साथीहरूबीच एक आपसमा विवाद भएपछि ती व्यक्तिको हत्या भएको थियो । झगडिया समूहबाट लिम्बु मात्र पक्राउ परेका थिए । २००८ मा मलेसिया छिरेका लिम्बु आएको दोस्रो महिनामै हत्या अभियोगमा प्रक्राउ परेका हुन् ।
मलेसियामा कार्यरत नेपालीको बिदाको दिन रक्सी खानु र झगडा गर्नु नियमित बनिसकेको छ । सो घटनाका एक प्रत्यक्षदर्शीका अनुसार लिम्बुले रक्सी पिएका थिएनन् र उनी झगडियाहरूलाई छुटाउन सामेल भएका थिए । हत्यारा त्यत्तिबेलै कम्पनी छाडेर भागे भने निर्दोष लिम्बु पक्राउ परेका थिए । प्रहरीले प्रक्राउ गरेको तीन वर्षपछि अदालतले लिम्बु पनि हत्यारा समुहको सदस्य रहेको पुष्टि गर्दै दश वर्ष कारावास सजाय सुनाएको छ ।

No comments:
Post a Comment