4/21/2011

अर्थराज्यमन्त्री लामाले राजीनामा बुझाए

८ वैशाख, काठमाडौं । विवादित अर्थ राज्यमन्त्री ल्हारक्याल लामाले बिहीबार बिहान प्रधानमन्त्री समक्ष राजीना दिएका छन् । उनको राजीनामाबारे केही समयपछि औपचारिक जानकारी गराइने प्रधानमन्त्रीका मुख्य सल्लाहकार प्रकाश ज्वालाले बताउनु भएकोछ ।
लामाले वालुवाटर नै पुगेर प्रधानमन्त्रीलाई राजीनामा बुझाएको पनि जानकारी दिनुभयो । विभिन्न विवादित गतिविधिमा संलग्नता देखिएपछि एमालेका नेताहरुले लामालाई राजीनामाका लागि दवाव दिएका थिए भने संसदको राज्यव्यवस्था समितिले प्रधानमन्त्रीसँग जवाफ मागेको थियो ।

No comments:

Pages