7/22/2011

होस् गर विदेश हिंड्नुभन्दा पहिला भरौटेहरुले जालमा पर्लान्

शालिकराम आचार्य
नेपालको बिग्रिएको  हालत  सुधार्नको लागि नकाम सरकार  साथै  देशमा रोजगारी नहुनुको कारणले  लाखौ लाख युबायुवती बिदिसिने लहरको लहर जारी छ । साथै युवायुवतीहरुको  चाहना पनि दिन दिन  बढ्दै गैरहेको छ यति मात्र होइन गाउँ घरका सोझा साझा  युवा युवतीहरुलाई बैदेशिक रोजगारको नाममा मेनपावरहरुले लुटैदै  श्रमिकहरुलाई कमाईको जरिया बनाएका छन ।

बैदेशिक रोजगारमा ठगीको पराकाष्ठा

हरि नेपाली
कतार \ म एकचोटी विदेश गएर आएको मान्छेलाई पनि अभिमुखिकरण तालिम लिएको प्रमाण पत्र चाहिन्छ भनेर फर्काइदिए अनि एउटा दलाललाई श्रम पैसा दिएर पठाएको त उतिखेर नै बनाइदियो । क्या टेन्सन भै राखेको थियो भने भोलीको टिकट छ छट्टीमा आएको मान्छेलाई पनि नयाँ श्रम स्विकृति चाहिने रे हामी जादा यो भएन उ भएन भनेर दिक्क बनाउने कर्मचारीहरुले दलाललाई पासपोर्ट मात्र दिएको उतिखेरै श्रम स्विकृति बनाएर ल्याइदियो ।

न्युयोर्कमा लामा मृत भेटिए

न्युयोर्क राज्यको कुईन्स शहरको उडसाईडस्थित आफ्नै कोठामा विश्व लामा मृत अवस्थामा भेटिएका छन ।

अधा दर्जन लाश बेबारिशे अबस्थामा

आर.बि. बुढाथोकी
कुबेत \ कुबेतमा कार्यरत आधा दर्जन नेपालीहरुको लाश  फेरेन्सिक मेडिसनमा लामो समयदेखी बेबारिशे अबस्थामा रहेको छ । बेबारिशे लाशहरुमा अधिकाम्स घरेलु कामदार महिला छन र मृत्‍युको स्पस्ट कारण पनि खुलेको छैन ।

मरभूमिमा नेपाली

छत्र कार्की
दोहाको नेसनलबाट ४० किलोमिटर टाढाको पट्यारलाग्दो मरुभूमि। ५० डिग्री सेन्टिग्रेड हाराहारी तापक्रम। यो ठाउँको नाम उम्मगरन हो, जहाँ कतारीहरूले आफ्ना बाख्रा र ऊँटहरू पाल्न दस अस्थायी गोठ बनाएका छन्। वरपर बोटबिरुवाका पोथ्रा(पोथ्री मात्र देखिन्छन्। आँखाले भ्याएसम्म हेर्दा बालुवै(बालुवा। बाख्रा र ऊँटहरूको रेखदेखमा खटिने सबै कामदार नेपाली छन्।

7/21/2011

कोरियाली भाषा परीक्षा सुरु, ५७ हजारको लाम

ईपिएस रोजगार प्रणालीअन्तर्गत दक्षिण कोरियामा काम गर्न जान लिइने कोरिया भाषाको परीक्षा आजबाट सुरु हुँदैछ । आज र भोलि हुने उक्त परीक्षामा ५७ हजार ४ सय ५७ युवायुवती सहभागी हुने ईपीएस कार्यालयले जनाएको छ । यो संख्या अघिल्लो वर्षको भन्दा १५ हजारले बढी हो ।

मलेसियामा आत्महत्या

मलेसियामा ३५ वर्षीया एक नेपाली महिलाले झुण्डिएर आत्महत्या गरेकी छन् । सिन्धुपाल्चोककी शर्मिला गोलेले झुण्डिएर आत्महत्या गरेकी हुन् ।

मलेसियामा नेपालीद्वारा अवैध रूपमा रेमिटेन्स कम्पनी सञ्चालन

मलेसियामा नेपालीद्वारा सञ्चालित रेमिटेन्स कम्पनीलाई अवैध कारोबार गरेको आरोपमा त्यहाँको केन्द्रीय बैंकले बन्द गरिदिएको छ । नेपालमा रेमिटेन्स पठाउँदै आएको थ्री स्टार रेमिटेन्स कम्पनी बन्द भएको हो।

एनआरएनलाई डलर खाता खोल्ने सुविधा

सुदर्शन सापकोटा
विदेश जाने नेपालीले एक पटकमा २ हजार पाँच सय अमेरिकी डलरसम्म लान पाउने भएका छन्। यसअघि २ हजार डलरसम्म मात्र लान पाइन्थ्यो। खासगरी विद्यार्थीका लागि लक्षित गरेर वाहिर लान पाइने रकमको सीमा वढाइएको हो।

युएइमा तिज

सुदर्शन सापकोटा
संयुक्त अरब एमिरेट्स यूएईमा कार्यरत सम्पूर्ण महिला लाई एउटै छाता मुनी राखी सगंठित गर्दै जाने उद्देश्यले स्थापित नेपाली महिला समीतिले अघिल्ला वर्षमा जस्तै वार्षिक रुपमा मनाउदै आएको हिन्दू नेपाली महिलाहरुको महान पर्व ुहरितालिका तिजु लाई यस् वर्ष पनि भब्य रुपमा मनाउने भएको छ ।

खेलमा राजनीति हावी भएकाले पलायन

नेपाली खेलकुदमा राजनीति हावी भएका कारण सबैभन्दा प्रताडित खेलाडीहरु  भएका छन् । फलस्वरुप विदेशीनु उनीहरुको रहर नभई बाध्यता भएको छ । तर विदेशीभूमिमा रहेपनि उनीहरुले खेलप्रतिको मोह छोड्न सकेका छैनन् ।

पाण्डेको हावादारी गफ

नकुलदेव
हमिद अन्सारीको लासमाथिको ब्रह्मलुट पर्दाफास भएपछि उनको ठाउँमा साउदी अरबमा नयाँ राजदूत नियुक्त भए, उदयराज पाण्डे । एमालेको कोटाबाट राजदूत बनेका पाण्डेले काम थाल्नु आगाडि नै योजनाको ठुलै पोको अघि सारेका छन् ।

7/20/2011

१४ बर्ष जेल बसेकालाई न्याय मिल्ने संकेत

टोक्यो । एक जापानी महिलाको बलात्कारपछि हत्या गरेको अभियोगमा करिव १४ बर्षदेखि जापानमै थुनामा रहेका नेपाली नागरिक गोविन्दप्रसाद मैनाली निर्दोष देखिने सम्भावना बढेको छ ।

एनआरएनको आंखामा एनआरएनए

 
धरम केसी
एनआरएनए र यसको अभियान अहिले बिभिन्न कारणबस बहस र बिवेचनाको बिषय बन्दै छ । स्थापनाको आठौं वर्षमा आइपुग्दा यसलाई हेर्ने दृष्टिकोणहरू पनी फरक फरक पाइन थालेका छन । कसैले यसलाई आस्थाको केन्द्र मानेका छन त कसैले सम्भावनाको पोको ठानेका छन अनि कसैले भने ढोंग र आडम्बरको प्रतिमुर्ति देख्नथालेका छन ।

7/18/2011

५१ वार्षीय वृद्धलाई पनि छोडेनन् ठगहरूले

प्रेम स्याङतान तामाङ
वैदेशिक रोजगारीका सिलसिलमा दोहा आईपुगेका महोत्तरी जिल्ला, सिंहगयी गाविस, वडीमेल–८, का ५१ वार्षिय भिखारी राय दोहा स्थित विगत एक वर्षदेखि विना तलव काम गर्न बाध्य भएका छन् ।

बजेटले प्रवासीलाई कति समेट्यो, कति छुट्यो

दिनेश रेग्मी
सरकारले प्रस्तुत गरेको नयाँ आर्थिक वर्षको बजेटले प्रवासमा कार्यरत नेपालीलाई केही मात्रामा समेटको भए पनि धेरै विषय समेट्न बांकी रहेको प्रवासमा कार्यरत पेशाकर्मीहरुले औल्याएका छन् ।

अमेरिकाबाट भुटान सम्झना

बालकृष्ण बस्नेत
सेन्ट लुइस (अमेरिका) । शरणार्थीका रूपमा तीन वर्षअघि अमेरिका छिरेका ७५ वर्षे सनमान कार्कीलाई भौतिक सुखसुविधामा खासै चिन्ता छैन । चिटिक्क परेको अमेरिकी घर, वृद्ध भत्तासहित उनी सेन्ट लुइसमा बस्छन् । छोरा, बुहारी, नाति, नातिना साथमै छन् । मन भने हमेसा जन्मेरहुर्केको गाउँमै पुग्छ ।

7/17/2011

ए स्वास्थ्य माफियाहरू ! कतिलाई रुवाउँछौ

स्वदेशमा गरिएको स्वास्थ्य परीक्षणमा पास र विदेश पुगेपछि फेल भएर फर्किनुपर्ने नेपाली कामदारले लामो समयदेखि भोग्दै आएको नियति हो । मेडिकल सेन्टरको नाममा खुलेका स्वास्थ्य माफियाहरूको अखडाले बिना स्वास्थ्य परीक्षण सर्टिफिकेट हातमा थमाइदिने गर्नाले हजारौं कामदार स्वदेशमा फिट  र विदेशमा अनफिट भई फर्काइएका छन् ।

विकिरणकुमारलाई हिमकुमारीको खुल्ला प्रेमपत्र

आदरणीय विकिरणकुमार,
तिम्रो ’उद्वार समिति जापान’ प्रति लक्षित कहालीलाग्दो पत्रको तातो लहरले जापानको उग्रगर्मी मौसममा फैलिएको महामारी र कहालीलाग्दो परिवेशले समेटिएको वातावरणमा म पनि चोखो रहन सकिन ।

कुवेत आउने नेपालीहरु दोहरो मारमा

तोयानाथ उपेक्षित,
कुवैत आउदा पुन श्रम गर्न पर्ने कुरा कसले र कसरी लागु गरेको हो भन्ने कुरामा नेपाली दुतावास कुवैत अनभिज्ञ छ तर ईमिग्रेसनमा श्रम स्वीकृतिको अनिवार्य व्यवस्थामा कडाई गरेर मात्र आउन दिनु भन्ने नेपाली दुतावासको परिपत्र छ भनिन्छ ।

आधाजसो डाक्टर बिदेश पलायन

राजकुमार श्रेष्ठ
काठमाडौं । डाक्टरको अनुहार नै हेर्न नपाई ज्यान गुमाउने नेपालीहरुको संख्या अहिले पनि ठूलै छ । सरकारले स्वास्थ्य चौकीसम्मै डाक्टर राख्ने योजना त ल्याएको छ तर, कैयौं जिल्ला अस्पतालहरुमा अहेवदेखि पिउनको भरमा चलिरहेका छन् ।

अमेरिका जाने भाग्य खुल्यो !

अमेरिकी सरकारले एक महिनाअघि कम्प्युटर प्रोग्रामिङमा समस्या आएको भन्दै रद्द गरेको डिभी चिठ्ठा (डाइभर्सिटी भिषा) २०१२ को नतिजा प्रकाशित गरेको छ ।

Pages