7/17/2011

ए स्वास्थ्य माफियाहरू ! कतिलाई रुवाउँछौ

स्वदेशमा गरिएको स्वास्थ्य परीक्षणमा पास र विदेश पुगेपछि फेल भएर फर्किनुपर्ने नेपाली कामदारले लामो समयदेखि भोग्दै आएको नियति हो । मेडिकल सेन्टरको नाममा खुलेका स्वास्थ्य माफियाहरूको अखडाले बिना स्वास्थ्य परीक्षण सर्टिफिकेट हातमा थमाइदिने गर्नाले हजारौं कामदार स्वदेशमा फिट  र विदेशमा अनफिट भई फर्काइएका छन् ।
यसैक्रममा पछिल्लोपटक ४ जना कामदारलाई मेडिकल फेल भएपछि कम्पनीले स्वदेश फर्काइदिएको छ ।
पेनाङको वायान लेपासस्थित ENG Technology Sdn. Bhd. मा कार्यरत नेपाली श्रमिकहरुको स्वास्थ्य परिक्षणको क्रममा चार जनाको स्वास्थ्यमा खराबी देखिएपछि कम्पनीले स्वदेश फिर्ता पठाएको हो ।  हेकुली–१, दाङका बहादुर खड्का र छायाक्षेत्र–१ सल्यानका नवराज भण्डारीलाई पिसावमा खराबी देखिएको भन्दै कम्पनीले फिर्ता पठाइदिएको छ भने परवानीपुर–७, सर्लाहीका कमानसिं मोक्तान र दोलखाका उमेश कार्कीको छात्तीमा दाग देखिएकाले फर्काइएका हुन् ।पीडितमध्ये खड्का, मोक्तान र भण्डारी कोशी म्यानपावर क्षेत्रपाटी, काठमाडौं मार्फत आएर उक्त कम्नीमा कार्यरत थिए भने कार्की भैरव म्यानपावर नयाँ बानेश्वर काठमाडौंबाट एक महिना अघि मात्र आएका थिए । हाल उक्त कम्पनीमा अन्दाजी २०० जना नेपाली श्रमिकहरु कार्यरत रहेका छन् ।

No comments:

Pages