छत्र कार्की
दोहाको नेसनलबाट ४० किलोमिटर टाढाको पट्यारलाग्दो मरुभूमि। ५० डिग्री सेन्टिग्रेड हाराहारी तापक्रम। यो ठाउँको नाम उम्मगरन हो, जहाँ कतारीहरूले आफ्ना बाख्रा र ऊँटहरू पाल्न दस अस्थायी गोठ बनाएका छन्। वरपर बोटबिरुवाका पोथ्रा(पोथ्री मात्र देखिन्छन्। आँखाले भ्याएसम्म हेर्दा बालुवै(बालुवा। बाख्रा र ऊँटहरूको रेखदेखमा खटिने सबै कामदार नेपाली छन्।
उम्मगरनकै एक गोठमा भेटिए( ताप्लेजुङ, नामखोल्याङका भोलानाथ बर्देवा ९२८०। पाँच वर्षदेखि उनले यो मरुभूमिमा पसिना बगाउँदै आएका छन्। साताअघि मध्याह्नको धूपमा पनि उनी खजुर टिपेर फर्किरहेका थिए। काम कस्तो छरु प्रश्न सिधिन नपाउँदै जवाफ दिए, दाजु, दुःख पोखेर के हुने हो र, मेरो चाहना यति छ- विदेशमा आएर यस्तो काम सात पुस्ताले पनि गर्नु नपरोस्। कक्षा ८ सम्म पढेका विपन्न परिवारका उनी ठूलो सपना देखेर यता आएका थिए। काठमाडौं महाराजगन्जको ग्यालेक्सी म्यानपावरका सञ्चालकले आउनुपूर्व उनलाई आश्वास्त पारेका थिए, भाइ, काम अच्छा हुन्छ, तलब पनि महिनाको १ हजार रियाल ९ करिब २० हजार रूपैयाँ०, उनले भने, तर यो सबै झुठो रहेछ, म्यानपावर कम्पनी ठग रहेछ, सुरुमा कति सास्ती पाइयो पनि भनी साध्य छैन।काठमाडौंबाट दोहा विमानस्थल उत्रिनेबित्तिकै उनलाई लिन स्पोन्सर गर्ने सम्बन्धित कम्पनीका प्रतिनिधि आएनन्। केही घन्टा विमानस्थलबाहिर कुरेपछि बल्ल एकजना इन्डियन मूलको मान्छे आयो। उसले गाडीमा राखेर एयरपार्ट हुँदै दोहाको मुख्य सहर छिचोलेर उनलाई विकट मरुभूमिमा पुर्यायो। ुपहाडको चिसो हावापानीमा हुर्केको मलाई उधुम गर्मीमा काम गर्न धेरै गाह्रो भयो, उनी आफ्नो कथा सुनाउँदै थिए, एक मनले घर फर्कौ जस्तो पनि लागेको थियो, फर्केर पनि त उपाय थिएन, साहुको सयकडा ३ ले ऋण काढेर त्यहाँ गएको थिएँ, जसोतसो दुःख सहेर पनि बस्ने विचार गरेँ।
त्यहाँ पुगेकै दिन कफिल ९ मालिकले काम अह्राइखटाइ गर्न राखेको व्यक्ति० ले कामको बारेमा जानकारी दियो। उनीलगायत त्यहाँ रहेका अन्य कामदार ९सबै नेपाली० को जिम्मामा २र३ सय भेडा बाख्रा चराउने, १० वटा ऊँटको स्याहारसुसार तथा तरकारी खेतीका लागि गधा जोत्नुपर्ने काम आइलाग्यो। भावुक हुँदै उनले भने, ुसुरुमा केही दिन त रोएर बिताए, यताको खाना तथा हावापानी नमिल्दा सञ्चो पनि भएन, विदेश आएर पनि बाख्रा गोठालो नै हुन जुरेको रहेछ भन्दै भाग्यलाई धिक्कारेँ, आफूलाई ठग्ने म्यानपावरको सञ्चालकलाई सरापेँ, गरिबीको अगाडि मेरो केही सीप चलेन। काम थालेको दुई वर्षसम्म बत्ती थिएन। लालटीनको भरमा रात काट्नु पर्थ्यो। केही सामान किन्न नजिकको बजार अलखोर त्यहाँबाट एक घन्टाभन्दा बढी पैदल दूरीमा छ। कम्पनीले सुरुमा पैसा नदिँदा धेरै अप्ठ्यारो भयो। उनी भन्छन्, ुसुरुमा त काम गरेर ४(५ महिनासम्म त तलबै पाइएन, पछि एकैचोटि दियो, त्यो पनि सुख्खा महिनाको ७ सय रियाल ९ करिब १४ हजार रूपैयाँ० मात्र । तीन वर्षयता गोठमा बिजुली पुगेपछि केही सुविस्ता भएको उनले बताए।
खेतापती गरेर परिवार पाल्दै आएका भोलाका बुवालाई सात वर्षअघि प्यारालाइसिस भयो। उपचार गर्दा ३ लाखजति ऋण लाग्यो। परिवारको कमाउने म मात्र हुँ, म यता आएर पैसा पठाई ऋण नतिरेको भए यतिन्जेल हाम्रो परिवारको उठिबास भइसक्थ्यो, दुःख गरेर पठाएको पैसाले ऋण तिरिसके, त्यसमै खुसी लागेको छ। उनले अहिलेसम्म ५ लाखजति रकम घर पठाइसकेका छन्। उनका परिवारमा बुवा(आमा, तीन दाजुभाइ र तीन दिदीबहिनी छन्। प्यारालाइसका बिरामी उनका बुवा ७३ वर्षका छन्। सुरुमा जस्तो काम थियो, अहिले पनि दैनिकीमा केही परिवर्तन नभएको भोला बताउँछन्। उनका अनुसार बिहान उठ्नेबित्तिकै बाख्रा र ऊँट घाँस(दाना दिनुपर्छ। तरकारी लगाउन गधाले खेत जोत्नुपर्छ। बोटबिरुवामा पानी हाल्नुपर्छ। खजुर टिप्ने तथा बेलुका फेरि बाखा्रलाई घाँस(दान दिनुपर्छ। बाख्रा र ऊँटलाई चराउन लैजानुपर्छ।
बिहान ६ बजेदेखि सुरु भएको ड्युटी राति मात्र सकिन्छ। नियमअनुसार ८ घन्टा मात्र ुड्युटीु भए पनि त्यहाँ १२ घन्टासम्म काम गर्नुपर्छ। शनिबारसमेत छुट्टी हुँदैन। सहर जाँदा साहुलाई सोधेर जानुपर्छ। उनी भन्छन्, ुआफूखुसी हिँड्यो भने साहुले कामबाट निकाल्नु मात्र होइन, कफिलले हातपातै गर्छ। अरु बेला त दुःख सहेर पनि बसिन्छ, तर बिरामी परेको बेला धेरै गाह्रो हुने रहेछ।
पाँच वर्षअघि उनले गोठमा काम थाल्दा २० जना नेपाली कामदार थिए। तर, त्यहाँको काम खप्न नसकेर फर्केका नेपाली फेरि त्यहाँ गएका छैनन्। त्यसैले गोठमा अहिले भोला, उदयपुरका जोगिन्द्र दास, स्याङ्जाका मिलन गुरुङलगायत ८ जना नेपाली कामदार छन्। उनले भने, यहाँबाट फर्केपछि कोही पनि आउन मान्दैनन्, साहुले बिदा दियो भने म पनि यसपालि दसैंमा चाहिँ घर फर्कने विचारमा छु, हेरौं के हुन्छ ?
दोहाको सेलियामा बिल्डिङ बनाउन जग खनिरहेका बेला भेटिएका जनकपुरका पल्टा मण्डल यता आएको १९ महिना भयो। म्यानपावर कम्पनीले पेन्टर भनेर पठाए पनि अहिले उनी गल्फमन कम्पनीमा लेबर गरिरहेका छन्। उनले भने, ुयो कम्पनीमा पेन्टिङको कामै आउँदैन, अनि लेबर भए पनि गर्नुपर्यो नि। काठमाडौंको एक म्यानपावरलाई एक लाख बुझाएर आएका मण्डलले अझै यता आउँदाको ऋण चुक्ता गरिसकेका छैनन्। उनले भने, महिनाको १० हजार रूपैयाँ बच्छ, घरमा बुढी र छोरा(छोरीलाई खर्च पठाउनुपर्छ, अझै ३०-३५ हजार ऋण तिर्न बाँकी छ। ऋण तिरेर उतै फर्कने विचार छ। कतार आउनुअघि काठमाडौंको नयाँ वानेश्वरमा पेन्टरको काम गरेको उनले बताए। उनले भने, उताको काम धेरै सजिलो छ, यस्तो भन्ने जानेको भए म यता आउने थिइन, चर्को गर्मीमा काम गर्दा ज्यानै जाला जस्तो हुन्छ। भोलानाथ र पाल्टु मात्र होइन, यहाँ कार्यरत अधिकांश अदक्ष नेपाली कामदारको व्यथा उस्तै छ। कतारको श्रम मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार त्यहाँ ३ लाखभन्दा बढी नेपाली कामदार छन्। कतारस्थित नेपाली दूतावासका अनुसार तिनीहरूमध्ये ९० प्रतिशतभन्दा बढी अदक्ष छन्। अधिकांश कम्पनीको प्रमुख पदमा कतारी, भारतीय र फिलिपिनो आप्रवासीको बाहुल्य छ।
भारतीय, फिलिपिनो र श्रीलंकन कामदार ९अदक्ष० को न्यूनतम तलब १ हजार भए पनि अझै पनि कतिपय कम्पनीमा नेपाली कामदार ६ सय रियालमा पनि काम गरिरहेका छन्। राजदूत सूर्यनाथ मिश्रको पहलमा सरकारले दुई वर्षअघि कतारमा अदक्ष नेपाली कामदारको न्यूनतम पारिश्रमिक ८ सय रियाल निर्धारण गरे पनि नेपाली म्यानपावर कम्पनीले अझै उललंघन गरेको आरोप छ। मिश्र भन्छन्, ुकामदार यता आउने बेलामा नेपालको एयरपोर्टमा श्रम डेस्कले ुडकुमेन्टु राम्ररी हेरेर मात्र छाड्ने हो, थोरै तलबमा कामदार आउने क्रम अन्त्य हुने थियो।

सन् २०२२ को विश्वकपलाई लक्षित गरी कतार सरकारले विभिन्न ठाउँमा सुविधायुक्त भवन तथा स्टेडियम निर्माणलाई प्राथमिकतामा राखेको छ। निर्माण कार्यमा अधिकांश लेबर नेपाली नै छन्। त्यसपछि बंगलादेशी, भारतीय, श्रीलंकन लेबर छन्। कतारी इन्डस्ट्रियल इक्वीप्मेन्ट कम्पनीमा कार्यरत चेतन दुलाल भन्छन्, लेबरमा यहाँ आउने धेरै नेपालीको बिजोग छ, ५० डिग्री तापक्रममा पनि बाहिर काम गर्नुपर्छ, कोठाको एसी र बाहिरको तापक्रमबीचको भिन्नताले हृदयाघात भई महिनामा दर्जनौं नेपालीको मृत्यु भइरहेको छ। कम्पनीले दोहाको औद्योगिक क्षेत्र आसापासमा कामदार शिविर राखेका हुन्छन्। शिविरको एउटा कोठामा सातजनादेखि १५ जनासम्म कामदार बस्छन्। कतिपय शिविरमा खानाको मेस चलाइएको हुन्छ भने कतिपय नेपालीले आफ्नै कोठामा पनि खाना बनाएर खान्छन्। हरेक कम्पनीको बसले बिहान शिविरबाट कामदार लैजान्छ र काम सकेपछि घरमै ल्याएर छाडिदिन्छ।
प्रत्येक शुक्रबार बिदाको दिन नेपालीहरू दोहाको मुख्य सहरमै रहेको ुतरबार गेटु मा फेला हुन्छन्। त्यहाँ साथीहरूको सञ्चो(बिसञ्चो बुझ्नेदेखि लिएर अभरमा परेका नेपालीहरूलाई सहयोग गर्नेबारे छलफल हुन्छ। कतार फाउन्डेसनका सेक्युरिटी गार्ड झापा चारपानेका निशान सुब्बाले भने, ुशुक्रबारका दिन ुतरबार गेटु पुग्दा नेपाल नै गएको भान हुन्छ, सबै साथीहरूसँग भेट हुन्छ, उताको हाटजस्तै हुन्छ।ु शुक्रबारको बिदा नेपाली भान्साघर, लालीगुराँस, सगरमाथालगायत रेस्टुरेन्टमा गएर पनि मनाउने गर्छन्। कतारमा ६० भन्दा बढी नेपाली संघसंस्था छन्।
कतारमा पछिल्लो समयमा इन्जिनियर, एकाउन्टेन्ट, बैंक म्यानेजरलगायतमा पनि नेपाली आउने गरेका छन्। नेपाल इन्जिनियर एशोसिएसन, कतार शाखाका अध्यक्ष अर्जुन भट्टराईका अनुसार यहाँ करिब ३ सयजति इन्जिनियर छन्। भट्टराई भन्छन्, ुयहाँ निर्माण कार्य तीव्र रूपमा भइरहेकाले इन्जिनियरको माग बढिरहेको छ, इन्जिनियरले न्यूनतम पनि ५(६ लाख रूपैयाँ कमाउन सक्छन्,।ु त्यसैगरी दर्जनभन्दा नेपाली इन्जिनियरले यहाँ आफ्नो निर्माण कम्पनी सुरु गरेका छन्। पछिल्लो समयमा नेपालका डाक्टरले पनि यहाँ क्लिनिक सञ्चालन गर्न थालेका छन्।

No comments:
Post a Comment