नेपाली खेलकुदमा राजनीति हावी भएका कारण सबैभन्दा प्रताडित खेलाडीहरु भएका छन् । फलस्वरुप विदेशीनु उनीहरुको रहर नभई बाध्यता भएको छ । तर विदेशीभूमिमा रहेपनि उनीहरुले खेलप्रतिको मोह छोड्न सकेका छैनन् ।
कुनै न कुनै रुपमा उनीहरु सम्बन्धीत् खेलमा आबद्ध छन् । यस्तै एक जना खेलाडी हुन् – नेपालको सुदुरपश्चिममा जन्मिएका रणबहादुर साउद । पूर्व बक्सर साउद अहिले जर्मनीमा छन् । राष्ट्रिय स्तरमा थुप्रै उपाधि जितेका साउद सन् १९९६ मा युरोप छिरेका हुन् । उनी अहिले जर्मनीमा बक्सिङ खेलको रेप्रिुका रुपमा कार्यरत छन् । साउदले सन् २ हजार ४ बाटै रेप्रिुका रुपमा आफनो पहिचान स्थापित गरेका हुन् । जर्मनीमा हुने अन्तर्राष्ट्रिय स्तरको बक्सिङ प्रतियोगितामा समेत उनले रेप्रिुको जिम्मेवारी निर्वाह गरिसकेका छन् ।बक्सिङप्रतिको मोहका कारण नै आफु यसखेलबाट टाढा हुन हुन नसकेको उनले बताएका छन् । नेपालमा अहिले पनि खेलकुदमा लगातार राजनीतिको बाहुल्यता रहेकाले हजारौ खेलाडीहरुको भविष्य अन्यौलमा रहेको उनको भनाइ छ । खेलाडीहरुले नै देशलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने भएकाले राजनीतिको आवरणमा उनीहरुको भविष्यमाथि खेलवाड नगर्न साउदले सरोकारवालासँग आग्रह गरेका छन् । साउद एन आर एन जर्मनीमा पनि उत्तिकै सक्रिय छन् ।
निर्मल अर्याल
वाइनेआइकल जर्मनी
No comments:
Post a Comment