7/17/2011

कुवेत आउने नेपालीहरु दोहरो मारमा

तोयानाथ उपेक्षित,
कुवैत आउदा पुन श्रम गर्न पर्ने कुरा कसले र कसरी लागु गरेको हो भन्ने कुरामा नेपाली दुतावास कुवैत अनभिज्ञ छ तर ईमिग्रेसनमा श्रम स्वीकृतिको अनिवार्य व्यवस्थामा कडाई गरेर मात्र आउन दिनु भन्ने नेपाली दुतावासको परिपत्र छ भनिन्छ ।
समाचारमा प्रकाशन भए गरिएका दुवै कुराहरु आपसमा बाझिएका छन । कुवैतका राजदुतले पत्र नलेखेको बताउछन भने विमान स्थलमा कुवैतका कामदारलाई लगेज नापजाँच गर्ने ठाउँवाट नेपाली दुतावासको परिपत्र भन्दै फर्काईन्छन । कस्तो अचम्म रु यर्थाथ के हो भन्ने कुरामा सवै अनभिज्ञ रु कसरी चलेको छ मुलुक रु कसरी बोल्छ हाम्रो दुतावास रु दुख पाउनेले पाईरहेका छन । विमान कम्पनीले रद्ध भएका टिकटवाट राम्रो व्यपार गरिरहेको छ । प्रत्येक दिन दोहरो यात्राको टिकट गर्नेहरुको टिकट रद्ध भएर पुन चर्को रिण काढेर एक साता ढिलो कामदार कुवैत आउन बाध्य छन । कतिपय कम्पनीले पेनेल्टी गर्छ कतिले टर्मिनेशन नै गर्छ । खाडीमा आउने नेपालीहरुले सरदर कति कमाउछन भन्ने कुरा नेपाली दुतावास कुवैतलाई राम्ररी थाहा छ । उनीहरु कस्तो काम र कम्पनीमा काम गर्छन भन्ने पनि बुझेको छ तर कुवैत आउने कामदारलाई नै किन यस्तो समस्यामा पारेको हो बुझ्न गाहे भईरहेको छ ।
नयाँ भिषामा आउने कामदारको हकमा दुतावासले लागु गरेको नियमलाई नेपालका बैदेशिक रोजगारसँग काम गर्ने सम्बन्धित निकायले कार्यान्वाईनमा पुराएको सहयोगलाई नकरात्मक भन्न मिल्दैन तर छुट्टीमा जानेहरुका हकमा यो नियम लाद्नको तात्पर्य भने कतै पनि न्यायोचित देखिन्दैन । यो त गरिबमारा निती भन्दा अरु केही हो भन्नै सकिन्न । एक पटक गरेको विमाले उसले उही देशको सोही कम्पनिमा काम गरेसम्म दोहरो र तेहरो विमा र श्रम गर्नु पर्ने किन हो रु सरकारलाई पैसा नै चाहिएको हो भने अरु तरिका अपनाएर लुटे भो नी रु दुई दुई बर्षमा रिन्युवल गर्ने भनेको विदेशमा काम गर्न गए बापतको रोयल्टी हो त रु उसले विदेशमा कति दुख पाएको छ ,कसरी कमाएको होला सरकारले त्यतातिर कहिल्यै सोचेको पाईदैनल । बरु भूपू पराराष्ट्र मन्त्रि कुवैत आएका बेला घरेलु कामदारका सवै आत्माहत्या भनिएका मृत्युहरु आत्माहत्या हुन भन्ने हामीलाई लाग्दैन । कर्तव्य हत्या पनि भएका छन । यसको प्रभावकारी छानविनको कुनै उपाय छैन रु भन्ने प्रवासीहरुको सवालमा उहाँले साउतीका भाषामा भन्नु भएको थियो यस्तो कुरा गर्नु हुदैन अहिले सम्बन्ध राम्रो भईरहेको छ । त्यतिवेलै कुरा प्रष्ट बुझिन्थ्यो नेपाल सरकार नागरिकको सुरक्षाको निम्ति कति बेसरोकार छ । जस्तो सुकै मृत्युमा पनि नेपालीहरुको सुरक्षाको चासो सरकारलाई छैन  बरु केही कम्पनीले दुर्घटनामा भएको मृत्युलाई समेत आत्माहत्या बनाउन सहयोग गर्ने । कहि मृतकको रकम नै झ्वाम पार्ने समाचार त हामीले सुन्दै आएकै हौ ।
प्रत्येक दिन कति नेपालीहरु विमानस्थलवाट फर्किरहेका छन भन्ने कुवैत दुतावाससँग कुनै जानकारी छ रु अहँ पटक्कै छैन । कुवैत दुतावासले अलहकुकसँग गरेको सँझौतालाई हेरेर नै नेपालको श्रम मन्त्रालयले नक्कल गरेको हो भन्ने हामीलाई लाग्छ । कुवैतमा पनि चर्को राजस्व र विमा अनि नेपालमा पनि विमा र राजस्व रु एउटा टाउको पटक पटक विमा र राजस्व स्वदेशमा पनि विदेशमा पनि । एउटै देशका ती दुवै निकायले लुटन सम्म लुटे नेपालीहरुलाई । नेपालमा तिरेको विमा पनि आवधिक हुने अनि कुवैतमा तिरेको विमा र राजस्व पनि आवधिक हुने । दुईको तारतम्य एउटै, उद्देश्य जसरी भए पनि लुटने नै हो गरिबका छोराछोरीलाई ।

No comments:

Pages