7/20/2011

१४ बर्ष जेल बसेकालाई न्याय मिल्ने संकेत

टोक्यो । एक जापानी महिलाको बलात्कारपछि हत्या गरेको अभियोगमा करिव १४ बर्षदेखि जापानमै थुनामा रहेका नेपाली नागरिक गोविन्दप्रसाद मैनाली निर्दोष देखिने सम्भावना बढेको छ ।
हालै सार्वजनिक गरिएको डीएनए रिपोर्टका अनुसार हत्या गरिएकी महिलाको शरिरबाट परिक्षणका लागि संकलन गरिएको रौं र बिर्य अभियुक्त मैनालीको भन्दा फरक देखिएपछि उनी निर्दोष रहेको आधार फेला परेको जापानबाट प्रकाशित कम्युनिटी न्यूजपोर्टल टोक्योनेपाल डट्कम्‌ले जनाएको छ ।
बिहवार प्रकाशित योमरी सिम्बुन दैनिकलाई उदृत गर्दै मैनालीको डिएनए र मृतक महिलाको शरिरबाट संकलन गरिएको डीएनए फरक देखिएको छ  रिपोर्टमा उल्लेख गरिएको छ । यसले उनको मुद्दामाथि पुनः सुनुवाई निर्दोष सावित हुने सम्भावना बढेको छ ।
के थियो केस?
२२ मार्च १९९७ मा ओभरस्टे भएको अभियोगमा पक्राउ परेका मैनालीलाई पछि प्रहरीले टोक्यो बिद्युत कम्पनीमा कार्यरत महिलाको हत्या तथा लुटपाट अभियोगमा मुद्दा चलाएको थियो । सन् २००० को अप्रिलमा टोक्यो जिल्ला अदालतबाट उनी निर्दोष सावित भएपछि उनलाई नेपाल फकाउन खोजिएको थियो । नेपाल फर्काउन इमिग्रेसन अफिसरले जिम्मा लिएपछि पुन जापानी प्रहरीले डिर्पोटेसनले हत्या अनुसन्धान प्रकृया प्रभावित हुने भन्दै मैनालीलाई जापानमै थुनामा राख्न उच्च दलालतमा मुद्दा हालेको थियो । डिसेम्बरमा उच्च अदालतले मैनालीलाई दोषी भएको फैसला सुनाएको थियो । सन् २००३ मा मैनालीलाई जन्मकैदको फैसला सुनाइएको थियो ।
सुरुदेखि नै आफु निर्दोष रहेको भन्दै प्रतिरक्षा गर्दै आइरहेकी पिडीत मैनालीले सन् २००५ मा पुनः सुनुवाई गर्न अदालतमा निबेदन दिएका थिए । मैनालीमाथि अन्याय भएको भन्दै एम्नेष्टी इन्टरनेशनल लगायतका संस्थाले स्वतन्त्र छानविनका लागि आबाज उठाउँदै आएका थिए । नेपाली संघसंस्थाहरुले पनि मैनाली निर्दोष रहेको र हत्यामा प्रत्यक्ष संलग्न रहेको कुनै प्रमाण नभेटिएकाले उनलाई रिहा गरि नेपाल फर्काउन माग गर्दै आएका थिए । पछिल्लो रिपोर्टले १४ बर्षदेखि जापानमा जेल जीवन बिताइरहेका ४४ बषिर्या मैनालीलाई न्याय मिल्ने आशा गरिएको छ ।

No comments:

Pages