7/17/2011

अमेरिका जाने भाग्य खुल्यो !

अमेरिकी सरकारले एक महिनाअघि कम्प्युटर प्रोग्रामिङमा समस्या आएको भन्दै रद्द गरेको डिभी चिठ्ठा (डाइभर्सिटी भिषा) २०१२ को नतिजा प्रकाशित गरेको छ ।
यसअघि कम्प्युटर प्रोग्रामिङमा आएको खराबीका कारण आवेदकहरुको छनौट निष्पक्ष हुन नसकेका भन्दै सबै नतिजा रद्द गरिएको थियो ।
नतिजा हेर्न अमेरिकी सरकारको आधिकारिक वेबसाइटमा गएर डिभी भर्दा प्राप्त १६ डिजिटको कन्फरमेसन नम्बर नाम थर तथा जन्ममितिका आधारमा नतिजा हेर्न सकिने छ । गतवर्ष अक्टोबर ५ देखि नोभेम्बर ३ सम्म भएका आवेदनबाट अमेरिकाले डिभी चिट्ठाको नतिजा प्रकाशित गरेको थियो ।

No comments:

Pages