7/22/2011

अधा दर्जन लाश बेबारिशे अबस्थामा

आर.बि. बुढाथोकी
कुबेत \ कुबेतमा कार्यरत आधा दर्जन नेपालीहरुको लाश  फेरेन्सिक मेडिसनमा लामो समयदेखी बेबारिशे अबस्थामा रहेको छ । बेबारिशे लाशहरुमा अधिकाम्स घरेलु कामदार महिला छन र मृत्‍युको स्पस्ट कारण पनि खुलेको छैन ।
मृत्‍यु हुने कामदारहरुको लाश बुझ्न अहिले सम्म उनिहरुका आफन्त पनि संपर्कमा नआएको हुँदा लाशको पहिचान हुन सकेको छैन,कारणबश दुताबासलाई पनि वास्तविक पहिचान नहुँदा लाश नेपाल पठाउन कठिन परेको छ । मर्नेहरु सबैको राहदानीमा म्रुत्यु पश्चात कफिल९स्पोन्सर०ले भिसा रद्द गरेको छाप हानीएको  छ र कफिल दोशीबाट पन्छी सकेको छ । यती धेरै नेपालीहरुको मृत्‍यु कसरी भयो यो भने रहस्यमय नै छ । यसरी यकै साथ नेपालीहरुको बेबारिश लाश भेटिएको कुबेतमा पहिलो पटक हो र सम्पूर्ण म्रितकहरुको राहदानीको विवरण पूर्ण रुपमा बाहिर आएको पनि सम्भब त पहिलो नै मानिएको छ । राहदानीमा दिएको विवरणको आधारमा म्रितकको पहिचान हुन सक्ने सम्भाबना सहित राहदानीको विवरण जस्ताको तस्तै मिडियाहरुलाई प्रकाशनका लागि पूर्ण अधिकार दिइएको छ । राहदानीको विवरण अनुसार बेबारिशे अबस्थामा रहेका लाशहरु निम्न ब्यक्तीहरुको छ १। हसनडाह(१ मोरङकी श्रीमती सरस्वती खवास,२। बाबियाचौर(५ म्याग्दीकी श्रीमती शान्ती दार्जी,३। ईन्द्रपुर(४  मोरङकी श्रीमती सबिता नेपाल,४। सनीसरे(७ मोरङकी सुश्री सानी माया राइ,५। इटहरा(५ मोरङकी योघाङ लिम्बु र जयनगर(९ कपिलबस्तुका श्री करीश्ने कामी रहेका छन ।
यसरी बेबारिश अवस्थामा रहेका लाशको पहिचान हुन गार्हो हुनुको कारण चोरी राहदानीको प्रयोग पनि प्रमुख हो । कुबेतमा कयौ नेपालीहरु क्रित्ते रुपमा अरुको राहदानी प्रयोग गरेर काम गरीरहेका छन कारणबश आफ्ना परिवारले आफ्नो सदस्यको वास्तविक पहिचान गर्न नसक्दा यसरी लाश थुप्रिन थालेका हुन । घरेलु कामदारको रुपमा आउने नेपाली महिलाहरुको हरेक बर्ष सरदर रुपमा ३० देखी ५० जनाको मृत्‍यु भएको हुन्छ तर अधिकाम्सको रिपोर्टमा नेचुरल डेथ भनी खुलाइएका कारण इन्सुरेन्स बापत परिवारले पाउने क्षेतीपुर्ती पनि पाइएको कुनै उधाहरन छैन। आपसी मेलेमतोका कारण इन्सुरेन्स गर्ने कम्पनीहरुले पनि सो रकम अहिले सम्म कुनै पनि मृत्‍यु हुने नेपाली घरेलु कामदारले उपल्ब्द्द गराएको छैन जब कि हरेक कामदारबाट काममा लाग्नु अगी ४३ कुबेती डिनार९झन्डै नेपाली १२ हजार०बिमाको रुपमा कामदारले तिरेको हुन्छ । कती नेपालीहरुले तनाबका कारण आत्मा हत्या गरेका हुन्छन भने कतिको हत्या गरिएको हुन्छ तर ढाकछोपका कारण कानुनी रुपमा बाहिर आउँदैन । गत बर्ष एक कुबेती महिलाले कुबेतको उमालीवान स्थित बाथरुमको टायलले कान्चडमा हानी हत्या गरिएकोमा समाचार बाहिर आए पनि १० दिन थुनामा बसी वास्ता९पावर०लगाएर बहिर निस्केकी थिइन । दुस्ख बेदन सहेर बस्न नसके पछी घर छोडेर भाग्ने नेपालीहरु पनि प्रसस्त छन । बाहिर बेबारिशे अवस्थामा अन्जानसँग जिबन बेतित गर्दा हुने अप्ठ्याराका कारण पनि कत्ती नेपालीहरुले अकालमा ज्यान गुमाएका छन भने कत्तिले मारेर फ्यादिएका छन । कुबेतमा अहिले हजारौ नेपालीहरु आँखा चिम्लेर ओइरेका छन बिना सुजबुझ हाम फाल्दा कत्तिको दुर्गती पनि भएको छ । अब्यबस्थित तबरबाट कुबेत भित्रिने क्रमले नेपालीहरुको पहिचान अहिले आएर कम हुन थालएको छ । दुताबासले कामदार भित्र्याउन केही ब्यबस्थित गर्न खोजे पनि दोहोरो मारका कारण कामदार आँफै वाक्क भएका छन ।

No comments:

Pages