5/28/2011

दूतावासका कर्मचारीको बार्गेनिङ

कतारस्थित नेपाली दूतावासका कर्मचारीहरुले मेनपावर व्यवसायीसँग अनेकौं बहाना बनाएर बार्गेनिङ गर्ने र नमानेमा कालो सुचीमा राख्ने चेतावनी दिने गरेको समाचार प्राप्त भएको छ ।

गुडबाई संबिधानसभा

रमिला नेपाल
मोही माग्ने अनि  ढुग्रो लुकाउने । नेपालीमा प्रचलित उखान हो । जे चाहिएको हो ,  त्यो माग्न लाज लाग्ने ,  अरुले के भन्ला भन्ने डर गर्ने । अनि नचाहिने कुरा गरेर समय खेर फाल्ने । आजको संबिधानसभाको स्थिती यहि हो ।

महराको चर्तिकला

माओवादीका नेता कृष्ण बहादुर महरा अहिले अनियमितता माबाइल फ्रिक्वेन्सी निर्णयलाई पारित गरी करोडौं कुम्ल्याउन दौडधुप गरिरहेको स्रोतले जनाएको छ ।

5/27/2011

गुलिया आश्वासन दिएर ठग्यो दलालले

वैदेशिक रोजागरका लागि दोहा आएका काभ्रे, देऊपुर २, का २१ वर्षिय अजय ढकाल शान्तिनगर, वानेश्वर काठमाण्डौस्थित ईसीई म्यानपावरका एजेन्टबाट ठगिएका छन् ।

३७ मानवतस्कर ब्ल्याक लिस्टमा

बैदेशिक रोजगारका प्रचलित श्रम ऐन तथा श्रम सम्झौता विपरीत काम गरी कामदारलाई अलपत्र वा समस्यामा पार्ने ३ दर्जन म्यानपावर एजेन्सीलाई नेपाली दुतावासले कारवाही सिफारिस गरेको छ ।

वैदेशिक रोजगार बचतपत्र २०७३: खाडीमा चासो बढ्दो

दोहा– वैदेशिक रोजगारमा रहेका नेपालीजनप्रति लक्षित गरेर नेपाल राष्ट्र बैंकले जारी गरेको ‘वैदेशिक रोजगार बचतपत्र २०७३’ खरिदविक्रीका लागि तोकिएको अन्तिम म्याद नजिकिँदै गर्दा यसप्रतिको चासो बढ्न थालेको छ । बचतपत्रप्रति अनभिज्ञ नेपाली पनि क्रमशः यसप्रति आकर्षित हुँदैछन् ।

सापकोटाको द्योती खुस्किने भो

सूचना तथा सञ्चारमन्त्री अग्निप्रसाद सापकोटाको पद खारेजीको माग गर्दै  सर्वोच्च अदालतमा रिट परेको छ ।
व्यक्ति हत्या जस्तो जघन्य अपराधमा संलग्न व्यक्तिलाई मन्त्री बनाइएको भन्दै अधिकारवादीहरुको संगठन जवाफदेही तथा निगरानी समितिले मन्त्री सापकोटाविरुद्ध रिट दायर गरेको हो ।

तस्करको एम्बुसमा नेपाली विद्यार्थी

लागूऔषधका तस्करहरुले अमेरिकामा लागूऔषधको जालो यसरी बिछ्याएका छन् कि यो जालोमा नेपाली विद्यार्थीहरु पनि फस्दै गइरहेका छन् । कसरी फस्दै गइरहेका छन् नेपाली विद्यार्थी ?

5/26/2011

एनआरएन युएई गन्हायो

एनआरएन युएईका अध्यक्ष चुडामणि ढकाल उर्फ सि.एम. ढकालले इञ्जिनियर राधेश्याम भगतको श्रम शोषण गरेको घटना सेलाउन नपाउँदै उपाध्यक्ष शेष नारायण झाले  करीब २ लाख  दिराम ठगी  फरार भएको अर्को घटनाले एनआरएन युएईमा खैलाबैला मच्चिएको छ ।

मानवतस्करलाई दूतावासको साथ

आकर्षक तलबको आश देखाए्र विदेश पठाउँदै अलपत्र पार्ने दलालहरू गरिबका छोराछोरीलाई जति चुसे पनि अघाउने  भएनन् ।

बास्तबिकता एक , भ्रम अनेक

रमिला नेपाल
केही समय अघीको कुरा हो । सडकमा हामी हिड्दै , थियौ । छोड् , छोड् भन्ने शैलिमा उनको गाडी अगाडी बढ्दै थियो । बुझ्दा थाहा भयो । सम्मानित संबिधानसभाको सभासद तथा सरकारका प्रभाबशाली नेता हुनुहुदो रहेछ ।

5/25/2011

मानवतस्कर विभागमा सरुवा आतंक

नयाँ मन्त्री आउने बित्तिकै उसले आफ्ना मातहतका विभागलाई बाउको बिर्ता नै सम्झिन्छ र आफ्ना भरौटे भर्ति गर्न अनेकौ बितण्डा मचाउँछ ।

बढ्दै छन् विदेशिने विद्यार्थी

गुणस्तरीय शिक्षाका लागि भन्दै विदेशिने नेपाली विद्यार्थीको संख्यामा कमी आउन सकेको छैन ।

स्वदेश फर्कन चाहने ८ प्रतिशत

कुवेत । कुवेत सरकारले गैरकानूनी रुपमा रहेका विदेशी कामदारहरुलाई आफ्नो मुलुक फर्कन खोलेको एम्नेष्टीको समय अब एक महिना मात्र बाँकी छ ।

आलो रगत घलघली पिएर मनाइने देवाली

 रामेछाप । जेठ ३ गते, देश विदेशमा शान्तिको कामना गर्दै बुद्ध जयन्ती मनाइँदै थियो । तर नेपालकै एउटा  समुदाय भने त्यही दिन बली दिएर आफ्नो देवाली –दिपावली) गर्न व्यस्त थियो ।

गुरुङको मृत्यु

दक्षिण कोरिया । १९ वर्षअघि सन् १९९२ मा रोजगारीका लागि दक्षिण कोरिया आएका गोरखा खरीबोटका ४० वर्षीय रुद्र गुरुङको सुवानस्थित भिन्केस्ट अस्पतालमा मृत्यु भएको छ । कलेजो तथा मृगौला रोगबाट ग्रस्त गुरुङको उपचारको क्रममा मृत्यु भएको हो । उनलाई मे १४मा अस्पताल भर्ना गरिएको थियो । स्वास्थ्य विग्रदै गएपछि उनलाई आइसियूमा राखिएको थियो ।

नेता देखेर प्रवासी पनि दिक्क

नेपालका नेताहरूको ताल देखेर देशमा रहेका नेपाली मात्र होइन विदेशमा रहेकाहरू समेत दिक्क भइसकेका छन् ।

मानव तस्कररूको अखडामा तालाबन्दी

असनको छाड साँढेजस्तो बनेका मेनपावरहरूलाई तह लगाउन सरकारले नयाँ योजना अघि सारेको छ । सरकारले मेनपावर कम्पनीका शाखा कार्यालयहरु बन्द गर्ने तयारी गरिरहेको छ ।

5/24/2011

भारतमा सल्बलाउँदै छन् राजावादीहरू

राजावादीहरू ज्ञानेन्द्र ब्यूँताउन अनेकौ जालझेल गर्दा पनि सफल नभएपछि अब भारत गुहार्ने चलखेलमा लागेका छन् । नेताहरूलाई जनताको  रगत चुसेर खान गणतन्त्र ल्याइदिएको भारतसामु लम्पसार परेर राजतन्त्र फिर्तिको भिख माग्ने तयारीमा रहेका राजावादीहरूले भाजपा र अन्य हिन्दुवादी संगठनहरूको सहयोग प्राप्त रहेको बुझिएको छ ।

लिबियाली डिनार बोर्डले साट्ने

हिंसाग्रस्त लिबियाबाट फर्केका कामदारले न्यायको लिबियाली डिनार वैदेशिक रोजगार बोर्डको कल्याणकारी कोषबाट सटही हुने भएको छ ।

लिबियाली डिनार बोर्डले साट्ने

हिंसाग्रस्त लिबियाबाट फर्केका कामदारले न्यायको लिबियाली डिनार वैदेशिक रोजगार बोर्डको कल्याणकारी कोषबाट सटही हुने भएको छ । बोर्डको बैठकले लिबियाली मुद्रा तत्काल साट्न सकिने अवस्था नरहेकाले कोषबाट दिने निर्णय गरेको कार्यकारी निर्देशक स्थानेश्वर देवकोटाले जानकारी दिनुभएको छ । देवकोटाको अनुसार डिनार साटिएपछि उक्त रकम कोषमा जम्मा गरिने छ भने नसाटिएमा सरकारले सोधभर्ना गर्नेछ ।
नेपाल राष्ट्र बैंकले लिबियाली डिनारलाई परिवत्र्य मुद्रा अन्तर्गत नराखेको र पछिल्लो समयमा संयुक्त राष्ट्र संघले पनि अन्य मुलुकमा नचल्ने घोषणा गरेका कारण कामदारले ल्याएको रकम राष्ट्र बैंकमा राखिएको छ । कामदारले ५९ रुपैयाँ प्रति दिनारका दरले रकम पाउने बोर्डले जानकारी दिएको छ । बोर्डका अनुसार १ करोड ५८ लाख रुपैयाँ कोषबाट झिकिने भएको छ ।
कामदारहरुले रकम नसाटिएको र क्षतिपूर्ति नपाएको भन्दै पटक–पटक मेनपावर कम्पनीहरुमा धर्ना दिइरहेका छन् । पीडित कामदारलाई राहत दिन सरकार र मेनपावर व्यवसायी सम्मिलित कार्यदल गठन भएपनि अहिलेसम्म कुनै टुंगो लाग्न सकेको छैन । सुरुमा लिबियाली मुद्रा साट्न आनाकानी गरिरहेको सरकारले व्यवसायीहरुको व्यापक दवाबपछि रकम साट्न तयार भएको हो । गत हप्ता बसेको मन्त्रीपरिषदको बैठकले हाललाई कोषबाट रकम  खर्चिने र रकम साटिएपछि सोधभर्ना गर्ने निर्णय गरेको थियो । सरकारले रकम साट्न तदारुकता देखाएपनि पीडितलाई राहत दिन बेवास्ता गरेको प्रति कामदारहरु रुष्ट बनेका छन् ।
लिबियाबाट फर्केका झण्डै २ हजार कामदार मध्ये आधा भन्दा बढि लिबिया पुगेको ६ महिना पनि नपुग्दै फर्किएका छन् । कामदारहरुले मेनपावर कम्पनीसँग २ वर्षको सम्झौता गरेर गएको र बीचैमा फर्किन परेकाले क्षतिपूर्तिका
माग गरिरहेका छन् भने व्यवसायीहरु आफूहरुले मात्र आर्थिक भार थेक्न नसक्ने भन्दै
सरकारले समेत जिम्मेवारी लिन पर्ने अडानमा छन् । तर, सरकार भने कुनै हालतमा आफू राहत दिन तयार छैन ।

परदेशीको अवस्था

आफ्नो भूमिमा श्रम गरेर जीवनलाई उन्नतिको मार्गमा हिडाउन सके परदेशमा श्रम बेच्ने रहर सायद कसैलाई नहोला र नेपालको राजनीतिमा देखिएको बिकृतिले गर्दा राष्ट्र निर्माणको खम्बा मानिएको युवा शक्ति दिनदिनै बिदेशिनु पर्ने अवस्थाको सिर्जना भएको हो ।

प्रवासी संगीत प्रतियोगितामा प्रथम हुनेलाई १ करोड वन पुरस्कार

खेम कार्की
दक्षिण कोरिया । दक्षिण कोरियामा प्रवासी मजदुर संग मनाईने बहुसांस्कृतिक पर्व प्रवासी संगीत उत्सवमा प्रथम हुनेले १ करोड वन पुरस्कार पाउने भएका छन ।

एनआरएनमा धेरै नयाँ अनुहारहरुको उमेदवारी

गैर आवाशिय नेपाली संघ पोर्चुगलको तेश्रो अधिवेशनका लागि उमेदवारी दर्ता नामावली निर्वाचन समितिले र्सार्वजनिक गरेको छ ।

एनआरएनलाई राजनीति गरेको आरोप, अबको नेतृत्व कस्तो होला ?

बाबुराम भुसाल
एनआरएन सक्षम हुन्थ्यो भने तोकिएको समयमा अधिवेशन गराउन सजिलै सक्थ्यो गैहृ्र आवासिय नेपाली संघ, ९एनआरएन०लाई सवै नेपालीहरुले माया गर्न सक्थे र ठूला समस्या आइलागे पनि एनआरएनले सजिलै समस्या समाधान गर्न सक्थ्यो

5/23/2011

पोर्तुगलमा गैर आबसीय नेपाली संघको नयाँ चक्र ब्यूहमा अभिमन्युहरु

नेपालीहरुको हकहितको  लागी भावनात्मक संबधलाइ  आत्मासाथ गर्दै  स्थापना  भएको साझा चौतारी हो   , यो संस्थालाई  यो मजबूत र कल्याणकारी रुपमा देखिन थालेको छ  

लथालिंग विमानस्थल, चकाचक हाकिम

चार वर्षअघि तत्कालीन पर्यटन सचिव लीलामणि पौडेलले त्रिभुवन विमानस्थल भौतिक सुधारका लागि फोर–टीको बतिअवधारणा अघि सारेका थिए।

सभासद् खरिद गर्न थैलीको खोजी

लोकतन्त्रवादी दलहरूको सहमतिबिना नै संविधानसभाको म्याद थप गर्ने गृहकार्यमा वर्तमान सत्ता गठबन्धन तीव्ररूपले लागेको छ।

फोरम् ! जतिसक्दो फोडम्

पार्टी सरकारमा सहभागी भएको विषयमा विवादमा फसेको मधेसी जनअधिकार फोरम पुनः विभाजित भएको छ ।

5/22/2011

राहदानी किर्ते गर्ने पाँच पक्राउ

काठमाडौं । नेपाली राहदानीमा फोटो परिवर्तन गरी राहदानी दुरुपयोग गर्ने पाँच बंगलादेशीसहित एक नेपालीलाई नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोले बागबजारबाट पक्राउ गरेको छ ।

शरीरमा चुम्बक

मानिसको शरिरमा पनि चुम्बकिय शक्ति हुन्छ भन्दा चाहि धेरैलाई पत्यार नलाग्ला । यो अब कुनै काल्पनिक र मनगढन्ते कुरा नभई वास्तविकता बनेको छ । क्रोसियाका एक ६ वर्षे बालकको शरिरमा चुम्बकिय शक्ति भएको समाचारले विश्वका लाखौ जमातलाई तिन छक्क बनाइदिएको छ ।

Pages