5/23/2011

सभासद् खरिद गर्न थैलीको खोजी

लोकतन्त्रवादी दलहरूको सहमतिबिना नै संविधानसभाको म्याद थप गर्ने गृहकार्यमा वर्तमान सत्ता गठबन्धन तीव्ररूपले लागेको छ।
संविधानसभाको म्याद थपका लागि नेपाली कांग्रेसले अघि सारेको १० बुँदे सर्तलाई मधेसवादी मोर्चाले समर्थन गरिसकेको छ भने राप्रपा, राजपा, राप्रपा नेपाललगायत केही साना पार्टीहरू पनि यथास्थितिमा संविधानसभाको म्याद थप नगर्ने पक्षमा उभिएका छन्।

तर सत्ता गठबन्धन भने नेपाली कांग्रेसले अघि सारेको १० बुँदे सर्त मान्न तयार देखिएको छैन। लोकतन्त्रवादी दलहरूको समर्थनबिना नै संविधानसभाको म्याद थप्न सकिने कुरामा ढुक्क देखिएकाले वर्तमान सत्ता गठबन्धन नेपाली कांग्रेसले अगाडि सारेको १० बुँदे सर्त पूरा नगर्न दृढ देखिएको हो। संविधानसभाको म्याद थपका लागि संसद्को दुई तिहाइ बहुमत आवश्यक पर्छ। संसद्मा हाल पाँच सय ९५ सभासद् कायम छन्। तसर्थ दुई तिहाइ बहुमत पुर्याआउन तीन सय ९६ सभासद् आवश्यक पर्छ।

हाल सत्ता गठबन्धनसँग तीन सय ९८ मत छ। झलनाथ खनाल तीन सय ६८ मत ल्याएर गत माघ २० गते प्रधानमन्त्री पदमा निर्वाचित भएका थिए। त्यसबेला माओवादीका चार र एमालेका तीन गरी सातजना सभासद् अनुपस्थित थिए भने उपेन्द्र यादवको मधेसी जनाधिकार फोरमले मत दिएको थिएन। फोरम पनि सरकारमा सामेल भएपछि यतिबेला वर्तमान सत्ता गठबन्धनसँग ठीक दुई तिहाइ अर्थात तीन सय ९८ सभासद् संख्या पुगेको छ।

यसबाहेक विजयकुमार गच्छदारले नेतृत्व गरेको लोकतान्त्रिक फोरम र नेपाल सद्भावना पार्टीका केही सभासद्हरूलाई संविधानसभाको म्याद थप गर्ने पक्षमा ल्याउन साम, दाम, दण्ड, भेदको रणनीतिका साथ वर्तमान सत्ता गठबन्धन अघि बढेको छ। सद्भावना ९महतो० का नौमध्ये अनिल झालगायत तीन सभासद्लाई आफ्नो पक्षमा ल्याउने तयारी अन्तिम अवस्थामा पुगेको दाबी माओवादीका एक नेताले गरे। तर सद्भावना सूत्रका अनुसार अनिल झाले ४० प्रतिशत पुर्यादएर पार्टी फुटाउन सक्ने सम्भावना छैन। तमलोपाबाट नौ सभासद् लिएर विभाजित भएका महेन्द्र यादवको समर्थन लिने भरमग्दुर प्रयत्नमा वर्तमान सत्ता गठबन्धन छ। तर यो प्रयास सफल हुनसकेको छैन। अन्तत्वगत्वा महेन्द्र यादव पनि संविधानसभाको म्याद नथप्ने पक्षमै उभिने समाचार स्रोतको दाबी छ।

सत्ता गठबन्धनभित्रै पनि संविधानसभाको म्याद थप गर्न नहुने तर्क गर्नेहरूको संख्या उल्लेख्य छ। मधेसी जनअधिकार फोरमका सहअध्यक्ष जेपी गुप्ता कुनै हालतमा पनि संविधानसभाको म्याद थप्न नहुने अडानमा छन्। तर फोरमभित्र गुप्ताको लाइन बोक्ने सभासद्हरूको संख्या एकिन हुनसकेको छैन। पार्टी ह्विपलाई खुलेरै उल्लंघन गर्ने कि कुनै बहाना बनाएर अनुपस्थित हुने भन्ने विषयमा जेपी गुप्ता निकट सभासद्हरू छलफलमा जुटिरहेका छन्।

समाचार स्रोतका अनुसार जतिजना अनुपस्थित हुँदा संविधानसभाको म्याद थप गर्ने प्रस्ताव असफल हुन्छ, त्यतिजनालाई अनुपस्थित गराउने रणनीतिमा सत्तारुढ दल फोरमका सहअध्यक्ष गुप्ता मात्र होइन, सत्ताको नेतृत्व गरिहेको नेकपा एमालेका वरिष्ठ नेता केपी ओली पनि छन्। ओली र गुप्ताबीच निरन्तर सम्पर्क, भेटघाट र छलफल भइरहेको छ। कांग्रेस म्याद थपको विपक्षमा स्पष्टसँग अडियो भने मात्र जेपी र केपी ओलीले त्यो रणनीति लागू गर्ने बताएका छन्। यस्तो छ समीकरण

पक्ष

विपक्ष

माओवादी–२३७

नेपाली कांग्रेस–११४ एमाले–१०८

फोरम लोकतान्त्रिक–२७ फोरम–२३

तमलोपा ठाकुर–११ नेकपा माले–९

तमलोपा यादव–९ नेकपा संयुक्त–५

सद्भावना महतो–९ संयुक्त युनाइटेड–२

राप्रपा–८ नेमकिपा–५

राप्रपा नेपाल–४ संयुक्त राष्ट्रिय जनमोर्चा–४

राजपा–३ जनमुक्ति पार्टी–२

चुरेभावर–१ जनता दल–२

परिवार दल–१ बबन सिंह–१

नेवाः पार्टी–१ सद्भावना आनन्दी–२

एकता दल–१ जम्मा– ४००।–

समाजवादी–१

सदरुल मिया हक– १

जम्मा– १९१

No comments:

Pages