गुणस्तरीय शिक्षाका लागि भन्दै विदेशिने नेपाली विद्यार्थीको संख्यामा कमी आउन सकेको छैन ।
शिक्षा मन्त्रालयका सहसचिव महाश्रम शर्माका अनुसार आर्थिक वर्ष २०६६–०६७ मा मन्त्रालयबाट स्वीकृतपत्र लिएर २७ हजार विद्यार्थी गुणस्तरीय शिक्षाका लागि भन्दै विदेशिएका छन् । उहाँले आर्थिक वर्ष २०६५–६६ मा भने २५ हजार नेपाली विद्यार्थी पनका लागि विदेशिएको तथ्यांक मन्त्रालयसँग रहेको जानकारी गराउनुभयो ।
स्वीकृतपत्र लिएर विदशिने विद्यार्थीको संख्या माथि उल्लेखित भए पनि गैरकानुनीरूपमा विदेशिनेको संख्या धेरै रहन सक्ने मन्त्रालयले जनाएको छ ।
छिमेकी मुलुक भारतमा जाने नेपाली विद्यार्थीको संख्या धेरै भए पनि त्यसको जानकारी मन्त्रालयलाई नगराएका कारण मन्त्रालयमा
कुनै तथ्यांक नभएको सहसचिव शर्माले जानकारी गराउनुभयो । एउटा नेपाली विद्यार्थी बाहिरिदा वार्षिक न्यूनतम १० लाख रुपैयाँ बाहिरिने अनुमान मन्त्रालयको छ । सहसचिव शर्मा भन्नुहुन्छ– ‘नेपालबाट करिब २७ अरब रुपैयाँ पढ्नका लागि विदेशिने गरेको छ । जुन मुलुकका लागि राम्रो संकेत होइन ।’
नेपालको शिक्षा प्रणाली आधुनिकरण, समयसापेक्ष र नियमित नभइरहेको गुनासो गर्दै नेपाली विदेशिने गरेका छन् ।
अमेरिकामा पीएचडी गर्न जान थालेका प्युठानका माधव शर्माले भन्नुभयो–‘नेपालको शिक्षा प्रणाली गुणस्तरीय छैन, त्यसैले गुणस्तरीय शिक्षाका लागि विदेशिन थालेका हुन् ।’ कतिपय विद्यार्थीले नेपालको शिक्षा प्रणाली अव्यवस्थित र गुणस्तरहीन भएको आरोप लगाए पनि समाजमा आफ्नो छुट्टै स्तर कायम राख्न प्रतिस्पर्धात्मकरूपमा आफ्ना छोराछोरीलाई विदेश पठाउने प्रवृति बढेको सहसचिव शर्मा बताउनुहुन्छ ।

No comments:
Post a Comment