सूचना तथा सञ्चारमन्त्री अग्निप्रसाद सापकोटाको पद खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ ।
व्यक्ति हत्या जस्तो जघन्य अपराधमा संलग्न व्यक्तिलाई मन्त्री बनाइएको भन्दै अधिकारवादीहरुको संगठन जवाफदेही तथा निगरानी समितिले मन्त्री सापकोटाविरुद्ध रिट दायर गरेको हो ।
एड्भोकेसी फोरमकी निर्देशक मन्दिरा शर्मा, राष्ट्रिय मानवअधिकार आयोगका पूर्वसदस्यद्वय सुशील प्याकुरेल र कपिल श्रेष्ठ तथा अधिकारकर्मीहरु कनकमणि दीक्षित, गोपालकृष्ण शिवाकोटी, सुबोध प्याकुरेल, चरण प्रसाईं, सुनिलकुमार रञ्जितले संयुक्त रुपमा रिट निवेदन दर्ता गरेका हुन् ।व्यक्ति हत्या जस्तो जघन्य अपराधमा संलग्न व्यक्तिलाई मन्त्री बनाइएको भन्दै अधिकारवादीहरुको संगठन जवाफदेही तथा निगरानी समितिले मन्त्री सापकोटाविरुद्ध रिट दायर गरेको हो ।

रिटमा मन्त्री सापकोटासहित प्रधानमन्त्री झलनाथ खनाल, गृहमन्त्री कृष्णबहादुर महरालाई बिपक्षी बनाइएको छ । मन्त्री सापकोटामाथि २०६२ बैशाख १६ गते काभ्रेको छत्रेबाँझस्थित कृष्ण माध्यमिक विद्यालयको प्राङ्गणबाट स्थानीय अर्जुन लामालाई अपहरण गरी हत्या गरेको अभियोग छ ।
No comments:
Post a Comment