5/26/2011

बास्तबिकता एक , भ्रम अनेक

रमिला नेपाल
केही समय अघीको कुरा हो । सडकमा हामी हिड्दै , थियौ । छोड् , छोड् भन्ने शैलिमा उनको गाडी अगाडी बढ्दै थियो । बुझ्दा थाहा भयो । सम्मानित संबिधानसभाको सभासद तथा सरकारका प्रभाबशाली नेता हुनुहुदो रहेछ ।
हतार त हामीलाई पनि थियो । काम त हाम्रो पनि थियो । तर उहांलाई जनताले बिषेश काम दिएको हुनाले होला । यो देखिने किसिमको हतार भएको । सडकमा उहांको गाडिको रफ्तार , पत्रिकामा उहांको ध्यान केन्द्रित भएको देख्दा लाग्दथ्यो । उहां जनता र संबिधानप्रती ज्यादै चिन्तनशिल हुनु हुन्छ । तर आज संबिधानसभा र सभासद ज्यूहरुको चाला देख्दा लाग्दछ । त्यो एक भ्रम मात्र रहेछ । बास्तबमा हतार त उहांहरुलाई अहिले भएको छ । संबिधानसभाको म्याद थप्न ...................................
जब राती बुढि ताती भन्ने शैलीमा जसरी नेताहरु दौडेको देख्नु हुन्छ । यो बास्तबमा जनता र संबिधानप्रती लक्षित हुदै हैन । तपाईले कहिले  जिम्मेबार पार्टिका नेताहरु संबिधानसभाबाट संबिधान बनाउने कुरामा संबेदनशिल भएको देख्नु भयो ? यदि हुदो हो त , खै सहयात्री पार्टिहरुले राखेको मागको सम्बोधन भएको ? उहांहरुलाई थाहा छ ।  म जस्तो चोर अरुहरु पनि त्यस्तै हो । बिगतमा जस्तै भ्मपूर्ण बुदाहरु प्रस्तुत गरेर अगाडी बढ्न सकिन्छ भन्ने । सम्झनुस त , बिगतमा संबिधानसभाको म्याद थप्न रचिएको आधा रातको नाटकहरु ।  के त्यो जनता माथी गरिएको राजनैतिक अपराध हैन ? कुनै एक बुदा पूरा भएको देखाउनुहोस । जून बिगतमा म्याद थप्दा प्रस्तुत भएको । आज  स्पष्ट रुपमा भन्नु पर्दा यो संबिधानसभाले नेपाली जनताले चाहेको जस्तो संबिधान बनाउदै बनाउदैन । कारण , यो संबिधानसभालाई बिगतमा सबैले रणनीतिक रुपमा प्रयोग गर्ने हिसाबले स्विकार गरेका हुन  ।
माओबादीले स्पष्ट रुपमा भनेका छन् । हामी बुर्जुवा प्रजातन्त्रको पक्षमा छैनौ । बहुदल , बहुलबाद भन्ने शब्द संग उनिहरुको सैदान्तिक असहमती छ । जनसंबिधानको कुरा भै राखेको छ । प्रजातन्त्रको मोडलमा फरक छ ।  उनिहरु माओको भन्ने गरेको दुश्मनको हतियार प्रयोग गरेर दुश्मनलाई हराऊ भन्ने उक्तीमा बिश्वास गर्दछन् ।  हामी भन्दछौ किन सम्पूर्ण हतियार र सेना सहित माओबादीलाई संबिधानसभाको चूनाव लड्न दिईयो ? कतिले त भन्दछन् , गिरिजाप्रसादलाई माओबादीले संबिधानसभाको चूनाब जित्दैछ भन्ने पूर्बजानकारी थियो , रे । तर आज आएर , हतियार सहितको माओबादी पार्टि संबिधान लेखन र शान्तीको निम्ती बाधा भयो । बिचार गर्नुस त , बिगतमा संबिधानसभाको चूनाबमा माओबादी किन बाधा भएन ? गुह्य कुरा दुबै पक्ष संबिधानसभालाई रणनीतिक रुपमा प्रयोग गर्दै थियो ।
त्यस समय , एक पक्ष , दुश्मनको हतियार प्रयोग गरेर दुश्मनलाई हराऊ  भन्ने रणनीति अन्तरगत संबिधानसभामा भाग लिएको थियो । उदाहरण , माओबादीले जित्ने निस्चित भए पछि मात्र संबिधानसभाको चूनाबलाई स्विकार गरे । अर्को पक्षको रणनीति थियो ।  माओबादीलाई संबिधानसभा रुपी सुनको खोरमा थुनेर ,  पछि पेटेल छर्केर आगो लगाउने । त्यसैले त्यस समय उनिहरुलाई न हतियार बाधक भयो , न उसको निस्चित जित को ।
यसर्थ आजको दिन सम्म जे जस्तो काम भएको भनिएको छ । ति सबै यि उपयोगको रणनीतिक अन्तरगत मात्र भएका हुन् । अब गर्न बांकी भनिएका काम भनेको साच्चिकै सैद्धान्तिक हुन । यसैले त्यो काम गर्न आज दुबै पक्षलाई यो संबिधानससभा बाधक भएको छ ।
ज्याला पुरा लियौ , अब संबिधान देऊ
यदि माओबादीले प्रजातान्त्रिक संबिधान मान्दछ भने उसलाई किन सेना चाहियो ? उ किन जनबिद्रोहको करा गर्दछ ? हो , उसले अन्य दलहरुले भन्ने गरेको प्रजातन्त्रलाई बुर्जुवा प्रजातन्त्र भन्दछ । उनीहरुको प्रजातन्त्रको ब्याख्या फरक छ । उनीहरु  अझ पनि अन्य सहयात्री दलहरुलाई पुराना सत्ताको नयां रुपमा देख्दछन् । उनिहरुलाई सहयात्री दलहरु प्रती पटक्कै बिश्वास छैन । र  उनिहरुलाई थाहा छ । हामीलाई यो संबिधानसभा रुपी सूनको खोरमा थुनेर । सत्ता , भत्ताको मिठो फल खुवाएर  । पछि पेटेल छर्केर आगो लाएर मार्ने नै हो , भन्ने । त्यसैले उनिहरु थाहा नपाए जस्तो गरी संबिधानससभा रुपी सुनको खोरमा आजको दिन सम्म बसेर रणनीतिक उदेश्य पूरा गरिरहेका छन् । आफ्ना असली सेनालाई राजनैतिक रुपमा पूर्णप्रशिक्षित गराएका छन् । बिभिन्न नाममा युवाहरुलाई संगठित गरेका छन् । पार्टिलाई बलियो बनाएका छन्  । माओले भने झै सहयात्री दलहरु र बिदेशी बुद्धिजिबी , बिद्धानहरुको रणनीतिकलाई उपयोग गरेका छन् । अन्तत उनिहरुको लक्ष उपयोग गर्ने नै हो । अन्नत काल सम्म ,आफ्नो उदेश्य पूरा नभए सम्म । यदि उसैको हतियार अर्थात बुर्जुवा प्रजातन्त्र प्रयोग गरेर उसलाई लडाउन सकिन्छ भने किन गर्नु पर्यो , जन बिद्रोह , रक्तपात । 
माओबादीको सिद्धान्त नै हो । प्रत्येक प्रतिकूलतालाई अनुकूलतामा बदल्ने । गृहमन्त्रालय आखिर माओबादीले नै पायो हैन ? के यो  माओबादीको रणनीतिक जित हैन ? एमाले पनि आफूलाई कम्यूनिष्ट भन्दछ हैन ? खैत उसको कम्यूनिष्ट स्पिरिट ? यो केबल नपुसंक्ता कोे ज्वलन्त उदाहरण मात्र हो । यसरी एक पक्ष सूनको खोर थापेर मुसालाई आगो लगाउने । अर्को पक्ष खोर भित्र पसेर पाहुना स्विकार गर्ने र  अन्तत खोर सहित खोर थाप्नेलाई समेत उठाएर आफूखंगै लिएर जाने राणनीतिक प्रयासमा लागेको हुदा । अब यो संबिधानसभाले कुनै संबिधान दिदैन । जनपक्षिय संबिधानको लेखन यो संबिधानसभाको बिघटन पछि मात्र हुन्छ । यदि कसैले यो संबिधानसभा नै निर्विकल्प हो भन्दछ  भने उनिहरु महान बिद्धान हुन् । जो  सुनको खोर थाप्ने र मुसो बनेर सूनको खोर भित्र बसेर मोज गर्ने दुबै पक्षकोे रणनीति बारे अनबिज्ञ छन् । धन्यबाद ।
अन्तमा , लोकतान्त्रिक संबिधानलाई मूल एजेन्डा बनाएको भनिएको पार्टि नेपाली कांग्रेस फेरि पनि बिगतमा गरिएको कागजी खेलमा फस्ने ठूलो सम्भाबना देखिन्छ । जसले आफ्नो पार्टिको भबिष्य  अनिस्चितामा त पार्छ नै । लोकतान्त्रिक संबिधान र मधेस मुद्दालाई समेत तिलान्जली दिने निस्चित देखिन्छ । त्यसैले होस गरौ , अबको संबिधान ................लोकतान्त्रिक संबिधान .........

No comments:

Pages