कतारस्थित नेपाली दूतावासका कर्मचारीहरुले मेनपावर व्यवसायीसँग अनेकौं बहाना बनाएर बार्गेनिङ गर्ने र नमानेमा कालो सुचीमा राख्ने चेतावनी दिने गरेको समाचार प्राप्त भएको छ ।
राजदूत सुर्यनाथ मिश्र र उनका नजिकका केही कर्मचारीहरुले विभिन्न मेनपावर कम्पनीहरुमा धम्क्याउँदै रकम असुल्ने गरेको स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार अलपत्र परेर दूतावासको शरणमा गएका कामदारहरुको निहुँमा दूतावासका कर्मचारीहरुले मेनपावर कम्पनीलाई धम्क्याउने गरेका छन् । दूतावासले हालै ३७ वटा मेनपावर कम्पनीलाई कालोसूचीमा राख्दै कारवाहीको लागि श्रम मन्त्रालयमा पठाएको जनाए पनि मन्त्रालयमा यसबारे कुनै पत्र आएको छैन । मन्त्रालयले हालसम्म त्यस्तो कुनै पत्र नआएको जानकारी दिएको छ ।
‘दूतावासका कर्मचारीले मेनपावर कम्पनीलाई कामदार अलपत्र पारेको र सम्झौता अनुसार सेवा सुविधा नदिलाएको भन्दै कालोसुचीमा राख्ने चेतावनी दिन्छन् र रकम माग गर्छन स्रोतले भन्यो । दूतवासले विभिन्न मेनपावरहरुलाई कालो सूचीमा राख्ने तयारी गरेको चेतावनी दिदै रकम माग
गर्ने गरेको स्रोतले बतायो ।
दूतावासले कालो सूचीमा राखेको भनिएको मेनपावर कम्पनीमध्ये आयुष इन्टरनेशनलले वैदेशिक रोजगार विभागबाट कुनै उजुरी नपरेको पत्र पाइसकेको छ । यदि कालोसूचीमा रहेको भए विभागबाट कसरी यो पत्र प्राप्त भयो त आयुषका सञ्चालक अमृत विश्वकर्माले भने ।
दूतावासले कालोसुचीको आंतक मच्चाएर मेनपावर व्यवसायलाई हैरान पारेको गुनासो व्यवसायीहरुको छ । समस्यामा परेका कामदारलाई व्यवसायीहरुले समाधान गर्न यथेष्ट पहल गरिरहेको अवस्थामा पनि दूतावासले कालोसूचीको धम्की दिदैं बार्गेनिङ गर्ने गरेको व्यवसायीहरु बताउँछन् । दूतावासले कामदार अलपत्र पारेको भन्दै कालोसुचीमा राखेको आयुषबाट गएका दुई कामदार कम्पनीको पहलमा स्वदेश फर्किसकेका छन् भने बज्र ह्युमनबाट गएका कामदारलाई पनि कम्पनीले आफ्नै खर्चमा स्वदेश फर्किसकेका छन् । त्यस्तै अन्य मेनपावर कम्पनीहरुले पनि समस्यामा परेका कामदारहरुको समाधान गर्न आवश्यक प्रक्रिया अगाडि बढारहेका छन् ।
No comments:
Post a Comment