आकर्षक तलबको आश देखाए्र विदेश पठाउँदै अलपत्र पार्ने दलालहरू गरिबका छोराछोरीलाई जति चुसे पनि अघाउने भएनन् ।
यि दलालहरूले खाडीको मरुभूमिमा नेपाली जीवन मरणको दोसाँधमा पर्दा पनि लुट्न नछाड्ने भए । यस्तै दलालहरूको चंगुलमा परेका १ सय ७० नेपाली अहिले कुवेतमा अलपत्र परेका छन् । अन्तर्राष्ट्रियस्तरको एक एयरपोर्टमा भन्दै दलालहरूलाई लाखौं रकम बुभाएर आएका उनीहरू मेनपावर कम्पनीसँगको सम्झौताअनुसार सेवा, सुविधा र काम नपाएर अलपत्र परेका हुन् ।उनीहरूलाई यसरी भुठो आश्वासन दिएर अलपत्र पार्ने काठमाडौंको जुपिटर मेनपावर द रिभर र हिमालयन मेनपावर कम्पनी हो ।
सोही एअरपोर्टमा कामका लागि गएका झण्डै २२ नेपाली सम्झौताअनुसार काम तथा सुविधा नपाएपछि गएको डेढ महिनामै स्वदेश र्फकेका छन् । फर्केका युवाहरूका अनुसार मासिक ६० केडी तलब दिने सम्झौता भएपनि एयरपोर्टका सञ्चालकहरूले उल्टै मासिक दुई सय केडी माग गरेका थिए । पुगेको एक हप्तासम्म कामै नदिई राखेको र पछि टिप्सबापतको रकम दुई सय केडी कम्पनीका सञ्चालकले माग गरेको ति युवाहरूले बताए । सम्झौतामा टिप्स पनि कामदार स्वयंले नै राख्न पाउने उल्लेख भए पनि मेनपावरका दलालहरूको हेल्चेक्र्याँईले कम्पनीले निहुँ खोजेको उनीहरूको गुनासो छ ।
पैसा मागेपछि नेपाल र्फकन खोज्दा कम्पनीले पासपोर्ट उपलब्ध नगराएकाले १सय ७० युवा अलपत्र परेको फर्केकाहरूले बताएका छन् ।
अलपत्र परेकाहरूलाई त्यहाँस्थित नेपाली दूतावासले पनि कुनै वास्ता गरेको छैन । सेवा, सुविधा र काम नपाएको बारे जानकारी गराउँदा दूतावासका कर्मचारीले उल्टै त्यहाँको कम्पनीको पक्ष लिएर पीडितहरूलाई तथानाम गाली गरेको एक युवाले बताए । दूतावासका कर्मचारीले अन्य स्थानमा काम गर्न सुझाव दिदैं आफूहरूले काम मिलाइदिने तर केही खर्च दिनुपर्ने माग गरेको उनी बताउँछन् ।
कुवेतमा दूतावासको स्थापनासँगै त्यहाँका कर्मचारीहरू मानवतस्करको संरक्षक भएको सबैलाई थाहै छ । मागपत्र प्रमाणीकरणको नाममा ब्रम्हलुट मच्चाएका राजदूत मधुवन पौडेल र उनको गुरिल्ला समुहले मेनपावरको दलाली गर्ने, अलपत्र परेकाहरूलाई अवैधरूपमा कममा लगाउने र कमिसन हसुर्ने गरेका दर्जनौं घटना छन् /
No comments:
Post a Comment