5/24/2011

परदेशीको अवस्था

आफ्नो भूमिमा श्रम गरेर जीवनलाई उन्नतिको मार्गमा हिडाउन सके परदेशमा श्रम बेच्ने रहर सायद कसैलाई नहोला र नेपालको राजनीतिमा देखिएको बिकृतिले गर्दा राष्ट्र निर्माणको खम्बा मानिएको युवा शक्ति दिनदिनै बिदेशिनु पर्ने अवस्थाको सिर्जना भएको हो ।
समयको गति संगै आफ्नु आर्थिक अवस्था पनि सुधार गर्दै लैजानु पर्ने आवस्यकतालाई जो कोहि चेतनसिल मानिसले बुझेको हुन्छ र दैनिक उपभोग्य बस्तु देखि लिएर स्वास्थ्य,शिक्षा, गाँस, बास, कपास सबै मानबिय आवस्यकता पुरा गर्न सक्ने कुनै उपाय आफ्नो सामु नदेखे पछि आर्थिक जगेडा गर्नको निमित्त बाध्य भएर परदेशी भुमि ताक्नु पर्ने भएको हो ।
नेपालमा देशको विकास गर्ने बहानामा राजनीतिक दलहरु आपसी सत्ताको लुछाचुडीमा लागेपछि नेपालीहरुको समस्याको समाधान गर्न कुनै पनि सरकारी निकाय सक्षम नभएकोले जनतामा निरासा भएको अवस्था हो ्र मानबिय बिकाशको क्रममा बढ्दो अब्यबस्थित जनसंख्याले गर्दा उत्पादन भएको जनशक्ति परिचालन गर्न सक्ने खालका कुनै योजना परिचालन गर्न नसक्नु राष्ट्रिय समस्या हो । अधिकांश गाउँघरबाट जेनतेन उच्च शिक्षा हासिल गरि रोजगारीको लागि प्रमाणपत्रको ठेली बोकेर भौतारिरहेका हरेक युवाले कमाउने गन्तब्य परदेसलाई नै ठानेका हुन्छन । नेपालमा पैतृक सम्पतिमा मोजमस्ती गर्न पाएका थोरै प्रतिसत नेपाली बाहेक सबै जसो अध्यायन क्रममा नै रोजगारीको चिन्ताले पिरोलेको हुन्छ  ।
राष्ट्र गृहयुद्धमा फसेपछि सरकार चलाउनेहरुले युवाहरुलाई उचित रोजगारीको व्यवस्था गर्नुको सट्टा दमनको नीति लिएपछि दोहोरो भिडन्तको चपेटाबाट बच्न हतारिदै विदेश पस्ने होड नै चल्न थाल्यो र धरै जसो नेपालीहरु भने २०४६ साल देखि जब जब देशमा जनताको अधिकार सुनिस्चिताको लागि आन्दोलनहरु भए अनि जनतालाई हतियार बनाएर राजनीतिमा अगुवा हुने बाठा टाठाहरुले नै शक्ति र सामर्थ्यको दुरुपयोग गरि आफ्नु दुनु सोझ्याउने र प्रसस्त सम्पति जोड्न थाले ्र त्यति बेला नै नेपाली जनताहरु भबिस्यको खोजि गर्दै परदेशको भुमि ताक्नु परेको यतार्थ हाम्रो सामु प्रस्ट छ । देशको बिग्रदो अवस्थाको फाइदा उठाउदै मनपरी शासन गर्ने र रास्ट्रको ढुकुटी रित्याउने काममा शासकहरु सक्रिय हुन थाले ्र नेपालमा शान्ति सुरक्षाको ग्यारेन्टी नहुनु, महंगीले गर्दा सर्ब साधारणले बजारमा कुनै बस्तु खरिद गर्न नसक्नु, कृषिप्रधान देश भनेर चिनिए पनि किसानले उत्पादन गरेका बस्तुले बजारमा भाउ नपाउनु, दलालहरुको चलखेलले गर्दा उपभोक्ताले समान खरिद गर्दा महँगो तिर्नु पर्ने, बजार अनुगमन गर्ने र अनियमितताको नियन्त्रण गर्ने निकाय नै कमिसनको खेलमा लागेर स्वार्थ लुट्न तिर नै योजना बनाउन थाल्नु , नियम र कानुनको उलंघन गर्नेलाई कारबाई गर्ने निकाय निस्क्रिय रहनु, अपराध घटीरहदा थाहा पाउदा समेत सुरक्षाकर्मिको उपस्थिति नहुनु, सरकारी नोकरिलाई सेवाको भावनाले नहेरी कमाउने थलो मात्र भन्ने भुझ्ने कर्मचारीको चेतनाले गर्दा, सरकारले कर्मचारी मात्र आफ्नु जनता र बाकी जनतालाई विपक्षमा राखेर हेर्ने शैलीको कारणले पनि नेपाल सरकारबाट नेपाली युवाले कुनै आशा गर्ने ठाउँ रहेको छैन ्र नेपालमा रोजगारको लागि राजनीतिक दलको कार्यकर्ता हुनुपर्ने वा नेताको आफन्त हुनुपर्ने भएकोले पनी बाकी युवा राज्यको भर नपरी परदेशको बाटो लग्न बाध्य भएका हुन् ।
नेपालीहरु विदेशिएको इतिहास हेर्दा सबै भन्दा पहिला सन् १८१४(१८१५नेपाल ब्रिटिस इंडिया लडाईं पछि भारत, पन्जाबको उत्तरी भेगमा लाहौर शहरमा सेक राजाह रञ्‍जित सिंगु को सिपाईको रुपमा भर्ति भई लाउरे कहलाएका थिए ।
त्यस पछिको दिनमा भारतीय गोर्खा सैनिकमा नेपालीको भर्ति खुल्ला गरे पछि प्रसस्त मात्रामा नेपालीहरु भारतीय ब्रिटिस सैनिकमा भर्ति हुनको लागि बिदेसिने क्रम बढ्यो अनि त्यसै बेला देखि नै विभिन्न मुलुकमा श्रमको लागि नेपाली जाने क्रम बढ्यो ्रपंचायती शासनको अन्त पछि सन् १९८९ पछि खाडी देश साउदी अरब,कतार,यू ए इ मा नेपाली कामदारहरु लैजान शुरु भएको पाइन्छ  । सन् १९९६ मा शुरु भएको तत्कालिन नेकपा माओबादीको जनयुद्ध बाट अधिकांस कलकारखाना उद्योग बन्द हुन थाले पछि बेरोगगारी समस्या बढ्न गयो अनि खाडीमुलुकमा जाने कामदारको संख्या बढ्न थालेको देखिन्छ । अहिले खाडी देश हरुमा मात्र लगभग ८ लाख नेपाली कामदार रहेका छन् भने युएई मा मात्र १ लाख ३० हजार कामदारछन् र ४५५ कामदार कन्ट्रक्सनको काम गरिरहेका छन् । विभिन्न १८ देशमा काम गर्ने अनुमति अनुसार नेपाली कामदार प्रवासमा रहेकाछन्
जम्मा ४० देश हरुमा नेपाली काम, अध्ययन तथा ब्यबसायको लागि छरिएर रहेका छन् ।
नेपालीहरु एसिया तथा खाडी मुलुकहरु सिंगापुर,ब्रुनाई, हंगकंग, मलेसिया,साउथ कोरिया,ताइवान, मकाउ, साउदी अरब, कुबेत ओमान कतार, यू ए इ, बहराइन, जोर्डन जस्ता देशहरुमा मेसन,कार्पेन्टर,पेन्टर इलेक्ट्रिसियन, ड्राइभर, पलम्बर जस्ता काम गर्ने गरेका छन्, हालै केहि भने टिचर, डाक्टर इन्जिनियर कम्प्युटर इन्जिनियर, तथा टेक्निकल सम्बन्धि काममा पनि जाने गरेका छन् । त्यस्तै नेपालीहरु पुर्बी देशहरुमा अट्रेलिया, न्यु जिल्याण्ड, फिलिपिन्स, जापान, यूरोपमा यु के, जर्मन, फ्रान्स, स्विजरल्यान्ड, र रसिया,
उत्तर अमेरिकाको यू एस ए, क्यानाडा, उत्तरी देशको फिनल्याण्ड र स्वीडेन जस्ता देशहरुमा नेपालीहरु रहेका छन् । उक्त देशहरुमा अध्ययनको लागि तथा ब्यबसायको लागि जाने र त्यहाँको नागरिकता लिई स्थाई बसोबास गर्ने गरेका छन् ।
झन्डै ७० हजार नेपाली भारतीय सेनामा कार्यरत छन् भने लाखौ नेपाली विभिन्न पेशामा भारतमा काम गरिरहेका छन् । नेपाली सरकारी डाटा अनुसार झन्डै ५०५ नेपाली बेरोजगार छन् । जसमा हरेक वर्ष झन्डै ४ लाख नेपाली रोजगारको लागि विदेशिने गर्छन । झन्डै १।५ लाख नेपाली रोजगारको लागि नभई अन्य पेसाको लागि बर्षेनी बिदेसिने गर्छन ्र नेपालमा जेनतेन परिवार पाल्नको लागि झन्डै ३०र४० हजार नेपालीले मात्र काम पाउने गरेका छन् । खाडी मुलुकमा मात्र झन्डै ८ लाख नेपाली काम गरिरहेका छन् । साउदी अरबको राजदुताबासले हेर्ने कतारमा समेत गरि २लाख भन्दा बढी नेपाली कामदार छन् । ७० हजार नेपाली हंगकंगमा छन् भने विभिन्न मुलुकमा गैर कानुनी रुपमा काम गर्नेको संख्या यकिन हुन सकेको छैन । यू के र यू एस ए मा अध्ययनको लागि बाहिरिएका नेपाली नेपाल फर्केको भेटिन दुर्लभ हुन थालेको छ । विदेशबाट रकम नेपाल पठाउने विभिन्न देशमा गरि झन्डै ४० भन्दा बढी रेमिट्यान्स कम्पनि भएतापनि आधाजसो नेपालीले हुण्डीको माध्यमबाट नेपालमा रकम पठाउने गरेका छन् । नेपालमा रेमिट्यान्स भित्र्याउने बैंकहरुमा नेपाल राष्ट्र बैंक, नेपाल बाणिज्य बैंक, नेबिल बैंक, जस्ता बैंक हरु रहेका छन् ्र यी बैंक मार्फत नेपाल सरकारले बार्षिक अरबौ रकम भित्र्याएर नेपालको अर्थतन्त्र टिकाएको छ ।
नेपाली महिलाहरु विभिन्न देशमा काम गर्नेको संख्या लगभग ५ लाख रहेको छ ्रमहिलाहरुले कामको लागि बोग्नु पर्ने समस्याहरु पुरुषको तुलनामा अझ बढी हुने गरेको छ ्र महिला हिंसामा शारीरिक शोसन बढी हुने गरेको छ  । खाडी मुलुकमा महिला हरुलाई किनबेच गर्ने,मालिकले भनेको नमाने कामबाट निकाल्ने धम्कि दिने जस्ता मानसिक यातना दिने गरेको पाइन्छ ्र काम गर्न बसेको घर मालिकले कुटपिट गरि मार्ने गरेको घटना पनि आउने गरेको छ  । रोजगारदाताले तोके अनुसार तलब नदिने, बस्ने ठाउको अवस्था असाध्य दयनीय हुने, पासपोर्ट मालिकले नै राख्ने जस्ता कार्य पनि हुने गरेको छ ्र प्राय जसो नेपाली कामदार विदेशबाट फर्कदा शारीरिक तथा मानसिक रोग लिएर फर्कने गरेको पाइन्छ । बिदेशमा काम गर्दा विदेशको आधुनिकताको बारेमा कामदार लाई ज्ञान नहुदा सडक दुर्घटनामा ज्यान गुमाउनु परेको अत्यधिक छ भने काम गर्दा सम्बन्धित कामको राम्रो अनुभब नहुदा पनि दुर्घटनामा परि नेपालीको ज्यान गएको छ ्र नेपालीहरु विभिन्न कारणले बिदेसिदा पनि कामको बोझ तथा पारिवारिक असन्तुस्टीले गर्दा जीवन देखि निरास भई आत्महत्या गर्नेको संख्या पनि बढेको पाइन्छ ्र खाडी मुलुकमा ५०–५५ डिग्रीको गर्मीको कारणले ज्यान गुमाएको छन् भने कतिले पुर्बी मुलुकको चिसोमा बोइलर लगाएर सुते पछि बिहान मृत अवस्थामा भेटिएका छन् । कतिपय देशहरुमा नेपालीहरु बिना कारण जेल जीवन बिताउन बाध्य छन् भने कति नेपालीहरु भुलबस गरेको गल्तिको सजाय बिदेशी कारागारमा भोगिरहेका छन् ्र कोरियामा नेपालीको प्रवेशको इतिहास भने धेरै लामो छैन । १९९० को दशक पछि नेपालीहरु कोरिया प्रवेश गरे । हाल कोरियामा भने १५००० जति नेपाली कामदार रहेका छन् र कोरियामा आएर कुनै न कुनै रोग नबोकी फर्कने नेपाली सायदै होलान । उच्च आवाजले कानको सुन्ने शक्ति घट्नु, आँखाको ज्योति गुम्नु, गह्रौं कामले ढाड कम्मर नशा लगायतको समस्या निकै छ । यस्तै दिर्घकालीन बाहेक पनि नेपाली कामदारका कोरियामा अनेक समस्या छन । कडा परिश्रम गर्नुपर्ने त्यो अनुसार ज्याला पाउन नसक्नु जस्ता समस्या बैदेसिक रोजगारमा देखिने गरेको छ ।
नेपालीहरु परदेश लाग्नु पर्ने मुख्य कारक नेपाली राजनीतिक बिकृति नै हो, कुनै पनि सचेत नेपाली विकृत नेपाली राजनीतिको चिन्तनबाट अछुतो रहन सक्दैन यतिबेला नेपालमा संबिधान निर्माणको लागि नेपाली जनताले चुनेर पठाएका नेताहरु संबिधान लेखनमा ब्यस्त छन् भन्ने कुरा प्रवासी नेपालीले बुझेका छन् । रास्ट्रको अर्थतन्त्रको अवस्था अत्यन्तै नाजुक हुदा पनि बिदेशी कामदारले रगत पसिना बगाएर कमाएको पैसाबाट रेमिट्यान्स असुल गरि आफ्नु कमाई सुरक्षित राखेका नेताहरुले राष्ट्र निर्माणको गम्भीर घडीमा पलायन भएका राष्ट्र निर्माणका मझबुत खम्बा मानिने युवा शक्तिलाई नेपालको संबिधानमा कसरि सम्बोधन गर्ने छ त्यो हेर्न बाकी नै छ ्रअहिले सम्म रोजगारीको लागि विदेश पलायन भएका नेपालीहरु नेपाल फर्कन सक्ने कुनै वातावरण बन्न सकेको छैन  । त्यसको उल्टो अझ युवा पलायन हुने क्रम बढ्दो छ ्र यो अवस्था देशलाई माया गर्ने जो सुकैको लागि दुखको बिषय हो ्र हाल झन्डै नेपाली जनसंख्याको २०५ नेपाली बिदेशी भूमिमा रहेका छन् संबिधान निर्माणको लागि
कुनै समितिले प्रवासी नेपालीसंग सुझाब सल्लाहको योजना ल्याउन सकेन ्र प्रवासमा रहेर हरेक नेपालीले आधुनिक र सम्बृद नेपाल निर्माणको लागि एउटा इट्टा आफु पनि बन्न सकौ भन्ने चाहना राखेका छन्  । त्यो अवस्थाको योजना बनाउने वा नेपाललाई सधै सङ्कटग्रस्त देशमा मात्र सिमित राखी विदेशबाट जनताले आर्जेको कमाईलाई आधार बनाएर आफ्नो स्वार्थ पूर्ति गरिरहने हो त्यो नेताहरु कै बिचारमा भर पर्नु पर्ने भएको छ  ।
यस वर्ष नेपालको औधोगिक आर्थिक बृदिदर १।४७ को दरले बढ्ने आशा गरिएको भएता पनि त्यो लक्ष्य पुरा हुने स्थिति छैन  । उद्योगका कामदारको ज्यालामा असन्तुष्टि भएकोले समान कामको समान ज्याला हुनुपर्ने र महंगी बढे अनुसार ज्याला दर बढ्नु पर्ने माग राख्दै आन्दोलन गर्न थाले पछि उद्योगहरुमा बन्द गर्नु पर्ने अवस्था आएको छ  । फेरी पनि उद्योग ब्यबसाय धरासायी बन्दै जाने र अझै देशमा बेरोजगारी समस्या बढ्न जाने निश्चित छ  । नेपालको अर्थतन्त्रलाई धान्नको लागि सबै भन्दा बढी रोजगारीको लागि नेपालीको थलो भारत जहाँ बाट आउने रकम भारु नेपालमा पनि चल्ने गर्छ ्र त्यो बाहेक नै २०१० मा ४ ३।५ अरब नेपाल राष्ट्र बैंकको आशा गरेको थियो भने २०११ मा ५ अरब डलर भित्रिने लक्ष्य राखेको छ ्र नेपालमा भित्रिने रकमले रास्ट्रको लागि अर्थ तन्त्रको मुख्य भूमिका त खेलेको नै हुन्छ ्र अझ नेपालमा भएका स्कुल कलेज अस्पताल तथा उत्पादनसिल उद्योग लाई समेत टेवा पुर्याएको छ ्र राम्रो आम्दामी भएको परिवारले मात्र आफ्ना बच्चालाई राम्रो स्कुल कलेजमा भर्ना गर्न सक्छ अनि स्कुलले आम्दानी गर्ने अवसर पाउछ ्र कमाई नभएका परिवारले आफ्ना बच्चालाई साधारण स्कुलमा नै सिमित गर्छ ्र घरमा कमाई गर्ने कोहि नहुदा पढ्न नसकेर मजदुरी गरी बाच्न बाध्य नेपाली प्रसस्त छन् ्र रोगले ग्रसित हुदा उपचार खर्च नहुदा ज्यान गुमाउन परेको अवस्थामा कोहि परदेशमा छ र खर्च पठाउछ भने राम्रो अस्पतालमा उपचार गरी ज्यान बचाऊछन् अनि मात्र अस्पताल र डाक्टरको पनि आम्दानी हुने मध्यम बनेको हुन्छ ्र एक छाक पनि खान धौ धौ पर्ने परिवारले कमाई गर्ने कोहि परदेशमा भए राम्रो लगाउने र मिठो खाने गर्छ अनि मात्र उपभोत्ता बढे भने व्यापार ब्यबसाय उधोग गर्ने सबैले आम्दानी गर्न पाएका हुन्छन र नेपालमा टिक्न सक्ने अवस्थाको शिर्जना हुन्छ ्र अन्यथा सबैले आफ्नो पेसा छाडेर विदेश पलायन हुनुपर्ने अवस्था आउछ ्र त्यसैले प्रवासी कामदारको भर नपरी स्वदेशमा सम्पूर्ण नेपालीलाई सुबिधा सम्पन्न बनाउनको लागि रोजगारको शिर्जना गर्नु पहिलो आवस्यकता हो ्र त्यसैले नेपालमा उत्पादित सामानको बजार खोज्ने र उत्पादकलाई उचित मूल्य दिलाउने प्रयास स्वरूप सरकारले योजना तत्काल लागु गर्नुपर्छ्र नेपालमा बन्दै गरेको संबिधानमा युबाहरुको उचित सम्बोधन गर्दै स्वदेशमा काम गर्न चाहने युवालाई प्राथमिकतामा राखी प्रोत्साहन गराउने नीति लिनु जरुरि छ  ।

No comments:

Pages