राजावादीहरू ज्ञानेन्द्र ब्यूँताउन अनेकौ जालझेल गर्दा पनि सफल नभएपछि अब भारत गुहार्ने चलखेलमा लागेका छन् । नेताहरूलाई जनताको रगत चुसेर खान गणतन्त्र ल्याइदिएको भारतसामु लम्पसार परेर राजतन्त्र फिर्तिको भिख माग्ने तयारीमा रहेका राजावादीहरूले भाजपा र अन्य हिन्दुवादी संगठनहरूको सहयोग प्राप्त रहेको बुझिएको छ ।
राजावादीहरूले प्रवासमा रहेका नेपालीहरूको समेत बुद्धि भुट्ने र अनेकौं गतिविधी गराइरहेको पाइएको छ ।अहिलेका कथित राष्ट्रवादी कमल थापा, जनताको करोडौं रुपैयाँ कुम्ल्याएर फरार मानव तस्कर प्रकाश गुरुङ, मुस्कान, पशुपति, शिव सेनाबेना लगायतले ज्ञानेन्द्रको धन र जनता मारेर कुम्ल्याएको रकमको आडमा भारतमा रहेका नेपालीहरूलाई राजतन्त्रको समर्थनमा सडकमा उतारिरहेका छन् । केही दिनअघि पनि भारतको राजधानी नयाँ दिल्लीको जन्तरमन्तरमा राष्ट्रवादी संघको भातृ संगठन प्रवास नेपाली संघले राजा सहितको हिन्दु राष्ट्रको माग गर्दै जुलुस प्रदर्शन गरेको थियो ।
राष्ट्रवादीका अध्यक्ष नवराज ढकालको नेतृत्वमा करिब पचास राजावादी समर्थकहरु हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ, राजा आउ देश बचाऊ नेपाल हिन्दु राष्ट्र कायम गर जस्ता नारा लेखिएका प्लेकार्ड सहित नारा भट्टयाउदै उत्रिएका थिए । ढकालले नेपालमा राजासहितको हिन्दुराष्ट्र फिर्ता नआएमा देश निकै ठूलो संकटमा पर्ने भन्दै दलहरुले नेपालको अस्तित्व खतरामा पारेको बताए ।
संघीयताको बिउ रोपेर राष्ट्र विखण्डन गर्ने षडयन्त्र गरिएको भन्दै उनलेभारतीय विस्तारवादको गुनगान पनि गाए । नेपाल भरी भारत विरोधी वातावरण तयार पारिएको र कम्युनिष्ट हेकमवादी जालझेल को कारण प्रजातन्त्रको भविष्य खतरामा आई परेकोले यसबाट बच्न राजा र राजसंस्था चाहिने संघो ठहर छ । देशमा बढीरहेको हत्या हिंसा र राजनीतिक अस्थिरताको जिम्मेवार वामपंथीदलहरु भएको आरोप पनि संघले लगाएको छ ।
No comments:
Post a Comment