6/25/2011

एमआरपी पासपोर्ट अब ७२ जिल्लाबाट

देशका १२ स्थानमा ‘कलेक्सन सेन्टर’ स्थापना गरी सरकारले यन्त्रले पढ्न सक्ने राहदानी ९एमआरपी० ७२ जिल्लाका प्रशासन कार्यालयमार्फत उपलब्ध गराउने भएको छ।

कुवेतबाट ३ हजार २ सय कामदार स्वदेश फर्किए

मोहन गुरुङ
रोजगारीको खोजीमा कुवेत गएका नेपाली कामदारमध्ये पछिल्लो १६ महिनामा ३ हजार २ सय कामदार स्वदेश फर्किएका छन् । सम्झौताअनुसार तलब, भत्ता तथा सेवा–सुविधा नपाउने, बढी समय काम गर्नुपर्ने र साहुबाट कुटाइ खानेलगायतका समस्याबाट पीडित भई फर्कनुपरेको उनीहरूको भनाइ छ । यो संख्यामा वैधानिक र गैरकानुनी दुवै कामदार समावेश छन् ।

6/24/2011

थाइल्यान्ड पठाउने नाममा ठगी

रोजगारीका नाममा दलालहरूले ठूलो संख्यामा सर्वसाधारण नेपालीलाई नक्कली कागजातको आधारमा थाइल्यान्डमा ल्याएर आफूहरू फरार हुने प्रवृति बढ्दै गएकाले दलालमार्फत वैदशिक रोजगारीमा जाने प्रलोभनमा नपर्न बैङ्ककस्थित नेपाली दूतावासले अनुरोध गरेको छ ।

मलेसियाका अवैधानिकलाई दूतावासको आग्रह

मलेसिया सरकारले अवैधानिक र वैधानिक दुवै श्रमिकहरुलाई वायोमेटिक प्रणालीमा सहभागी हुन आग्रह गरेको छ ।

प्रवासी पत्रकारको समस्या बुझ्न पत्रकार नेपाल युरोप यात्रामा

काठमाडौ । प्रवासी नेपाली पत्रकार सञ्जालका नेपाल संयोजक एवं अनलाइन मिडिया एसोसिएसनका केन्द्रीय सदस्य दामोदर नेपाल प्रवासमा रहेका पत्रकार, पत्रकारिता र समसामयिक विषयको अध्ययन गर्न युरोप यात्रामा निस्कनु भएको छ।

कतार आएका एक नेपाली एयरपोर्टमा अलपत्र

दामोदर नेपाल
वैदेशिक रोजगारीका लागि भनेर नेपालबाट भारत हुंदै कतार आइपुगेका एक जना नेपाली दोहा बिमानस्थलमा अलपत्र परेका छन् ।

6/23/2011

कुबेतमा मृत्यु भएकामध्ये कतै मेरी छोरी त परिन

काठमाडौ । कुवेतमा नौ महिलादेखि शव बेवारिसे भएको समाचार सार्वजनिक भएपछि धरानबाट कृष्ण सेन्च्युरी बुधबार सम्पर्कमा आए ।

6/22/2011

आतंकवादीको आरोपमा अफगानिस्तानमा नेपाली पक्राउ

आतंकवादी गतिविधिमा संलग्न आरोपमा अफगानिस्तानमा एक नेपाली पक्राउ परेको यहाँको जासुसी संस्थाले जनाएको छ ।

‘भारतमा विस्फोट गराउने २ अभियुक्त नेपालमा’

भारतको हरियानामा झण्डै ४ बर्षअघि सम्झौता एक्सप्रेसको रेलमा भएको विस्फोटमा संलग्न २ जना नेपालमा लुकेर बसेको त्यहाँको राष्ट्रिय अनुसन्धान एजेन्सीले दावी गरेको छ ।

6/21/2011

८ नेपाली कामदार कम्पनीमा बन्धक, मेनपावरले उल्टै धम्क्यायो

काठमाडौंको चावहिलस्थित लालधनुष म्यानपावर कम्पनीमार्फत रोजगारका लागि एकमहिना अघि साउदी अरब पुगेका आठ नेपाली अलपत्र परेका छन् । अलपत्र पर्नेमा रुपन्देहीका प्रकाश कुमाल, पर्वतका रमेश पौडेल, झापाका कृष्ण राई र दिलिप भुजेल छन् ।

बढ्ने भो खाडी मुलुकमा नेपालीको संख्या र तलब

मोहन गुरुङ
खाडी मुलुकका श्रममन्त्रीहरूले नेपाली कामदारले उत्कृष्ट काम गर्दै आएको भन्दै संख्या र पारिश्रमिक बढाउने आश्वासन दिएका छन् । आईएलओको सयौं सम्मेलनका क्रममा कतार, यूएई, साउदी अरब र मरिससका श्रममन्त्रीले यस्तो आश्वासन दिएको श्रम तथा यातायात व्यवस्थामन्त्री मोहम्मद इस्तियाक राईले बताए ।

6/20/2011

लौ सबैले थाहा पाइराखौं एनआरएन अध्यक्षको चर्तिकला

सुमन दाहाल
लण्डन । ‘कसलाई केको धन्दा कसलाई केको धन्दा घर ज्वाईलाई खानाको धन्दा’ भनेझैं सबै कामकुरा छाडेर गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष देवमान हिराचन भने अर्को कार्यकालका लागि आफ्नो पद रक्षामा युद्धस्तरमा जुटेको समाचार छ।

Pages