6/21/2011

८ नेपाली कामदार कम्पनीमा बन्धक, मेनपावरले उल्टै धम्क्यायो

काठमाडौंको चावहिलस्थित लालधनुष म्यानपावर कम्पनीमार्फत रोजगारका लागि एकमहिना अघि साउदी अरब पुगेका आठ नेपाली अलपत्र परेका छन् । अलपत्र पर्नेमा रुपन्देहीका प्रकाश कुमाल, पर्वतका रमेश पौडेल, झापाका कृष्ण राई र दिलिप भुजेल छन् । त्यसैगरी रोल्पाका खड्गबहादुर घर्ती, मुक्तिराम घर्तीमगर, लोकबहादुर घर्तीमगर र बर्दियाका विष्णुबहादुर थापा पनि अलपत्र परेका छन् । पीडित पक्षका अनुसार सहमति नै नभएको काम गर्न इन्कार गरेपछि साउदी अरबको फिया वाटर कम्पनीले उनीहरूलाई नजरबन्दमा राखेको छ । पीडितपक्ष बर्दियाका तिलक शर्माले आफन्तको खोजी नगर्न लाल धनुष म्यानपावर कम्पनीले आफुहरूलाई धम्काएको जनाए । पीडितका तर्फबाट बैदेशिक रोजगार विभागमा उजुरी दायर गरिएको छ ।

उता, वैदेशिक रोजगारमा गएका नेपालीहरूलाई मेनपावर कम्पनीले कतिसम्म ठग्छन् भन्ने नमुना काठमाडौंको थापाथलीस्थित डायनेमिक पोजिसन प्रा.लि.ले देखाएको छ । सो मेनपावरले पठाएका २० युवाहरू फर्किएपछि उक्त आफ्नो कम्पनीको मात्र नभई युएईको रोजगारदाता कम्पनीको लेटरप्याडसमेत चोरी गरी किर्ते सम्झौता गरेर कामदार पठाएको खुलासा भएको छ । मासिक १ हजार दिराम तलब सम्झौतामा मोडेल विल्डिङ मेन्टिनेन्स कम्पनीको लेटरप्याडमा गरिएको सम्झौता लिएर आइपुगेका २० जना नेपाली युवाहरूले यहाँ आइपुगेपछि मात्र किर्ते सम्झौता भएको थाहा पाएका थिए ।
पीडित युवाहरूले सो मेनपावर र यहाँस्थित कम्पनीसँग ५ सय दिराम तलबमा कामदार ल्याउने सम्झौता गरेको सक्कली सम्झौता पत्र देखाएपछि मात्र ठगिएको थाहा पाएको बताए । ‘हामी ७० हजारदेखि १ लाखसम्म तिरेर आएका छौं, अब कसरी सो रकम असुल होला ?’ पीडित राजु लामाले गुनासो पोखे, ‘साहुको रिण तिर्न त कता हो कता घरको झिटिमिटी समेत स्वाहा भयो ।
यी युवाहरू जसोतसो २५ दिनसम्म सास धानेर यही जुन १७ मा स्वदेश फर्केका हुन् । कम्पनीको सक्कली कागजात वेगर नै श्रम स्वीकृति प्राप्त भएको हो वा कम तलबमै सम्झौता भएपनि रोजगारीमा जानेहरूबाट बढी रकम असुल्ने नियतले किर्ते सम्झौता बनाइएको हो भन्ने प्रष्ट भएको छैन ।

No comments:

Pages