भारतको हरियानामा झण्डै ४ बर्षअघि सम्झौता एक्सप्रेसको रेलमा भएको विस्फोटमा संलग्न २ जना नेपालमा लुकेर बसेको त्यहाँको राष्ट्रिय अनुसन्धान एजेन्सीले दावी गरेको छ ।
विस्फोटमा संलग्न रामजी कलसंग्रा र सन्दिप डाँगेले घटनापछि नेपाली भूमिलाई आश्रयस्थल बनाएको दावी सहित एजेन्सीले अभियोगपत्र तयार पारेको हो । अभियोगपत्रमा दुवै जनालाई विस्फोट गराउने व्यक्ति र नबाकुमार सरकार र स्वामी असिमानन्दलाई मुख्य योजनाकारका रुपमा चित्रित गरिएको भारतीय संचारमाध्यमले जनाएका छन् । अभियुक्तलाई पक्राउ गरी भारत लैजान सुपुर्दगी सन्धी नभएकाले अन्य माध्यमबाट नेपाल सरकारलाई राजी गराउनुपर्ने एजेन्सीका ठहर छ । धर्मका नाममा भूमिगत समुहले सन् २००७ मा गराएको विस्फोटनमा ६७ जनाको मृत्यु भएको थियो ।
No comments:
Post a Comment