7/16/2011

३८ जिल्लाबाट एमआरपी वितरण सुरु

काठमाडौँ । सरकारले आजदेखि राजधानी बारिहका ३८ जिल्ला प्रशासन कार्यालयबाट मेसिन रिडेवल पासपोर्ट एमआरपी वितरण गर्दैछ ।

सिंगापुर जाँदै हुनुहुन्छ ? होसियार

सिङ्गापुर आज जुन स्थानमा छ, त्यसलाई यो अवस्थामा पु¥याउन नेपालीको ठूलो हात रहेको इतिहास हाल सिङ्गापुर प्रहरीमा कार्यरत नेपालीहरू दाबी गर्छन् । तर, केही समययता आएर भने सिङ्गापुर बनाउनमा महत्वपूर्ण योगदान दिने नेपालीको इतिहासलाई सिङ्गापुर सरकारले बिर्सने मात्र होइन त्यहाँबाट नेपालीकै नाम र उपस्थितिलाई शून्य नै बनाउने लक्ष्य लिएको देखिँदै छ ।

पीडितलाई सहयोग

नेपाली दूतावासमा शरणागत ५ नेपाली महिलाहरूलाई कतारमा कार्यरत एक नेपाली महिलाले सहयोग गरेकी छन् । कतार एअरवेजमा कार्यरत चेली पासाङ लामाले उनीहरूलाई खानपिनका लागि आर्थिक सहयोग गरेको नेपाली नियोगले जनाएको छ ।

करारनामा नियम आजबाट

संस्थागतरुपमा कतार आउने हरेक कामदारहरूको करारनामा (इम्प्लोइमेन्ट कन्ट्रयाक्ट) दूतावासमा अनिवार्य पेश गर्नुपर्ने’ दोहास्थित नेपाली नियोगले तय गरेको नयाँ नियम आजबाट लागु हँदैछ ।

सरकारी अस्पष्टताले झण्झट

दोहा– सरकारी अस्पष्टताका कारण विदामा घर गएर फर्कने खाडीमा कार्यरत कामदारले झण्झट भोग्नुपरेको छ । विदामा घर गएर फर्कनेहरूलाई अध्यागमनमा कर्मचारीहरूले रोजगार करारनामा (इम्प्वाइमेन्ट कन्ट्रयाक्ट)का साथै विमा रकम बुझाएको कागजात र श्रमस्विकृति पत्र माग्ने गरेको तथा यी कागजपत्र साथमा नहुनेहरूलाई झण्झटिलो प्रकृयाका लागि बाध्य पारेको पिडितहरूले बताएका छन् ।

राष्ट्रको गहना जापानमै गायब

१९ औं एसियन एथलेटिक्स खेल्न जापान आएकी नेपाली राष्ट्रिय खेलाडी सूर्यमाया राई यतै वेपत्ता भएकी छन् ।
जापानको कोवेमा जुलाई ७ देखि १० सम्म भएको एसियन खेलमा सहभागी हुन राई जापान आएकी थिइन् ।

कति छन् न्युर्योकमा नेपाली

प्रदीप थापामगर
न्यूयोर्क । अनौपचारिकरुपमा न्यूयोर्क शहरमा करिव चालिस हजार नेपालीको वसोवास रहेको अनुमान गरिएपनि अमेरिकी सरकारले सन् २०१० को अप्रिल महिनामा लिएको जनगणनामा जम्मा ६ हजार १ सय ८७ नेपाली रहेको देखिएको छ ।

रेमिट्यान्सका लागि कार्यदल

सरकारले विप्रेषण आयलाई उत्पादनमूलक क्षेत्रमा लगानीको क्षेत्र फराकिलो बनाउन राष्ट्रिय लगानी कार्ययोजना तर्जुमा गर्न उच्चस्तरीय कार्यदल गठन गर्ने भएको छ ।

फरार दलाल एक वर्षपछि प्रक्राउ

इलाका प्रहरी कार्यालय गैँडाकोट नवलपरासीले वैदेशिक रोजगारीका लागि पठाउने भन्दै ठगी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।

बिदामा आएका कामदारलाई राहत

काठमाडौं । वैदेशिक रोजगार विभागले बिदामा घर आएर पुनः काममा जाने कामदारले श्रम स्वीकृति लिन रोजगार सम्झौतापत्र र स्वास्थ्य परीक्षण प्रमाणपत्र बुझाउनु नपर्ने व्यवस्था गरेको छ ।

कुवेतमा तीज लाग्यो

कुवेत । नेपाल कुवेत सांस्कृतिक मञ्चले हरेक बर्ष जस्तै तीजको अवसरमा  आगामी सेक्टेम्बर २ मा तीज बिशेष कार्यक्रम गर्ने भएको छ ।

एनआरएनलाई सम्पति जोड्न खुकुलो

सरकारले विदेशी नागरिक वा गैरआवासीय नेपाली नागरिकलाई निश्चीत मात्रामा नेपालमा घरजग्गा तथा सेयरमा लगानी गर्ने ब्यबस्था गरेको छ ।

प्रवासीप्रति उदासिन बजेट

तोयानाथ उपेक्षित,
सरकारले संसदमा ३ खर्ब ८४ अर्ब ९० करोडको बजेट प्रस्तुत गर्यो । बजेटमा सबैलाई समेट्ने प्रयास गरिएको भए पनि कार्यान्वयन पक्षमा शंका कायमै छ । ठुला र महत्वाकांक्षी योजनाहरु बोकेको बजेट वैदेशिक रोजगारीमा जानेहरुको हक अधिकार र सुरक्षाका विषयमा मौनप्राय छ ।

7/15/2011

बजेटमा गैरआवासीय नेपाली र बैदेशिक रोजगार

काठमाडौ । सरकारले आज प्रस्तुत गरेको बजेटमा विदेशमा रहेका नेपाली अर्थात गैरआवासीय नेपालीका विषयमा तीन ठाउँमा उल्लेख गरेको छ। जसमा लगानी, उत्पादन र शिक्षासँग सम्बन्धित रहेका छन् ।

7/14/2011

प्रवासी संगठन, नामका लागि आफैंमा झगडा

त्यसो त परदेशमा समय आफैमा भ्याइ नभ्याइ हुन्छ । र पनि, बचेका समयहरुलाई सामाजिक हकका लागि सदुपयोग गर्ने हेतुले प्रबासी नेपालीहरुले अनेक नाम दिएर जन्मेका सैंयौ संघसंस्थाहरु छन् । प्रबासी नेपालीहरुको जनसंख्याको आधारमा त्यस क्षेत्रमा कति संघसंगठनहरु छन् भनि अनुमान लगाउन सकिन्छ ।

मलेसियाले अवैध विदेशी कामदारलाई अगष्ट १ मा स्वदेश पठाउने

गैरकानूनी रूपमा कार्यरत विदेशी कामदारलाई ‘वैधानिक होउ वा घर फर्क’ अवसर प्रदान गर्ने घोषणा गरेको मलेसिया सरकारको कहिले मिति सार्ने त कहिले योजना स्थगित गर्ने कार्यले छाएको अन्यौल अझै समाप्त भएको छैन ।

अबैधानिक सबै स्वदेश फर्केनन्

कुवेत सरकारले अवैध रूपमा बस्दै आएका गैरकानुनी आप्रवासी कामदारलाई बिना सजाय स्वदेश फर्कन पाउने दिएको आममाफीमा नेपाली दूतावासबाट ट्राभल डकुमेन्ट लिएका ३५ सय नेपालीमध्ये २ हजार नेपालीहरु मात्र स्वदेश फर्किएका छन् ।

7/12/2011

साउदी अस्पतालमा नेपाली

होम कार्की
  जाँदा उनीहरूसित आ आफ्नै सपना थिए । ज्यान सग्लो भए न सपना पूरा हुन्छ, रोजगारीमा साउदी अरेबिया पुगेका उनीहरू ज्यान नै धरापमा पारेर अस्पतालको शय्यामा पुगेका छन् । करिब आधा दर्जन नेपाली कामदार स्थानीय अस्पतालमा अंगभंग शरीरको उपचार गराइरहेका छन् ।

साउदी पुनः एमालेकै पोल्टामा

राजदूत नियुक्तिमा समेत दलीय भागबण्डाको संस्कृति भित्रिएपछि राजनीतिक आशिर्वाद प्राप्त गरेर राजदूत बन्नेहरूले कुटनीतिक मर्यादा विपरीत काम गरेर मुलुककै बेइज्जत गरेका धेरै घटना सार्वजनिक भइसकेको छ ।

परराष्ट्रमा भीड घट्यो

सरकारले नयाँ आर्थि वर्षसँगै जिल्लाबाट राहदानी वितरण गर्ने निर्णय गरेपछि परराष्ट्रमा राहदानी लिन आउनेको संख्या घटेको छ।

कामदारहरूलाई नेपालकै एअरपोर्टमा अर्को सास्ती

दिनेश रेग्मी
सरकारको अपारदर्शी नियमले छुट्टीमा घर गएर वैदेशिक रोजगारीमा फर्किने कामदारले यहाँ निकै सास्ती बेहोर्न परेको छ । घर फर्केर आएका वैदेशिक कामदारले पुनः रोजगार करारनामा इम्प्वाइमेन्ट कन्ट्रयाक्ट बनाउनुपर्ने, श्रम स्वीकृति रकम तिर्नुपर्ने र अवधि नसकिए पनि बिमा गर्नुपर्ने जस्ता झन्झटिला व्यवस्था अनियवार्य गरिएपछि उनीहरूले सास्ती झेल्नुपरेको हो ।

7/10/2011

सहचारी नियुक्तिमा मन्त्रीको मनोमानी

हरेक क्षेत्रमा नियुक्ति गर्दा मन्त्रीहरूको दादागिरी भल्ने गरेको सर्वविदितै छ । आफ्ना मान्छेलाई वा मोटो रकम लिएर नियुक्ति गर्ने काममा मन्त्रीहरूले राम्रो सफलता हात पारेका छन् । पछिल्लो समय श्रम सहचारी नियुक्तिमा निकै चासो देखाएका श्रम मन्त्री मोहम्मद इस्तियाक राईले पनि सोही सफलता हात पार्न कम्मर कसेर लागेका छन् ।

“घर फर्क वा वैधानिक होउ” योजना स्थगित

मलेसिया सरकारले गैरकानूनी रूपमा रहेका विदेशी कामदारलाई आफ्नो मुलुक फर्कन वा वैध हुन ल्याएको योजना तत्कालको लागि स्थगित गरेको जनाएको छ । दुई महिना पहिले जुलाई ११ देखि सो योजना सुरु हुने भनिए पनि गत हप्ता मात्रै एक हप्ताको लागि योजना सारेको थियो ।

ईपिएस बाट आएका पनि अवैधानिक हुने खतरा

खेम कार्की ।
१० जुलाई २०११ । ईपिएस प्रकृयाबाट विभिन्न १५ राष्ट्रबाट आएका कामदारहरु पनि प्रकृयागत रुपमा कानुन र नियमको अभावमा अप्ठयारोमा पर्ने गरेका छन ।

भूपू गोरखा निर्णायक लडाइको तयारीमा

गोरखा भुतपूर्व सैनिक संघ गेसोका कार्यवाहक सभापति कृष्णकुमार राईले गोर्खामाथि बेलायतले गरेका सबैखाले विभेद अन्त्य नगरेसम्म गोर्खा आन्दोलन जारी रहने बताएका छन् ।

एनआरएनमा पैसाको तुजुक

गैरअवासीय नेपाली संघ यूकेले सदस्यता शुल्क तिर्नै नसक्ने गरी तोकेपछि सर्वसाधारण सदस्य र उम्मेद्धवार बन्नबाट बन्चित हुने भएका छन्। चर्को सदस्यता शुल्कका अतिरिक्त सदस्यता फारम भर्ने झनझटिलो नियमले गर्दा विद्यार्थी, जागिरे र कम आमन्दानी हुनेहरु प्रभावित हुने भएका छन्।

उद्दार समिति जापानको ब्रम्हलुट

भूकम्प, सुनामी तथा विकिरण पीडितहरूको सहयोगार्थ नेपाली राजदूतावास टोक्योको पहलमा गठित उद्दार समितिले जापानमा नेपालीहरूवाट सहयोग स्वरूप उठाइएको रकमको लुटपाट सुरू भैसकेको छ । सहृदयी नेपालीहरूवाट उठेको करिव चारसय मान जापानी ऐन ९३६लाख नेरू० घटनावाट चारमहिना वितिसक्दा पनि पीडितहरूको लागि समितिले एक सुको दिएको छैन ।

एक वर्षदेखि नेपाली जेलमा

अफगानिस्तान जेलमा परेका १० नेपाली एक वर्षसम्म पनि रिहा हुन सकेका छैनन् । वैदेशिक रोजगारका लागि अफगानिस्तान अवैध रूपमा लगिएका नेपालीलाई त्यहाँको प्रहरीले पक्राउ गरेको थियो । दलालले ती नेपालीलाई नक्कली भिसामार्फत पुर्‍याएका थिए ।

कोरियाको इपिएस भिषा र थीडी काम

मन्जु थापा
दक्षिण कोरिया नेपाली युवापुस्ताहरुको गन्तव्य बन्दैछ । कोरिया बहु(सास्कृतीक र बहु(आयामिक परिचय यो देशसँग जोडिएको छ । उत्तरतिरको रक्ताम्मे रातो प्योङ्याङ र दक्षिणतिर अमेरिकी बुटमुनि समृद्धि समता र प्रजातन्त्रको लागि निरन्तर संघर्षशील सउल ।

Pages