7/10/2011

एनआरएनमा पैसाको तुजुक

गैरअवासीय नेपाली संघ यूकेले सदस्यता शुल्क तिर्नै नसक्ने गरी तोकेपछि सर्वसाधारण सदस्य र उम्मेद्धवार बन्नबाट बन्चित हुने भएका छन्। चर्को सदस्यता शुल्कका अतिरिक्त सदस्यता फारम भर्ने झनझटिलो नियमले गर्दा विद्यार्थी, जागिरे र कम आमन्दानी हुनेहरु प्रभावित हुने भएका छन्।
गैरआवासीय नेपाली संघ यूकेको आगामी सेप्टेम्बर ११ तारिक हुने चौथो साधारणसभामा भाग लिन साधारण सदस्यता शुल्क १० पाउण्ड तोकिएको छ भने उम्मेद्वारी हुन मात्र अध्यक्ष एक लाख १५ हजार ९१००० पाउण्ड०, उपाध्यक्ष ८६ हजार दुई सय पचास ९७ सय ५० पाउण्ड०, महासचिव, ८६ हजार दुई सय पचास ९७ सय ५० , सहसचिब ५७ हजार पाँच सय ९५०० पाउण्ड०, कोषाध्यक्ष ५७ हजार पाच सय ९५०० पाउण्ड० र सदस्यको लागि ३४ हजार पाँच सय ९ ३०० पाउण्ड० तोएिको हो।
यसैगरी एनआरएनए अन्तर्राष्ट्रिय परिषदको सदस्यमा उम्मेद्वार बन्न १ लाख १५ हजार ९१००० पाउण्ड० बुझाउनु पर्ने छ। उम्मेद्वारी दिएर फिर्ता लिएपछि शुल्क फिर्ता नहुने एनआरएन यूकेले जनाएको छ।
एनआरएन यूकेद्वारा प्रकाशित सूचनाअनुसार साधारण सदस्य बन्न चाहनेले सदस्यता शुल्कका साथै १ सय ८२ दिनभन्दा बढी यूकेमा बसोबास गरेको नेपाली भएको प्रमाणित गर्नुपर्ने छ। सदस्य पाउन अनिवार्य आफू बसेको ठेगाना प्रमाणित हुने कागकाज पेश गर्नुपर्ने बाध्यता छ। जुन बिद्यार्थी र सर्वसाधारणका लागि असम्भव छ। सदस्यता फारमसँग कम्तीमा चार पेज फोटोकपी, फोटो र शुल्क बुझाउनु पर्ने झनझटिलो र अब्यवहारिक नियमको सर्बसाधारणले चर्को आलोचना गरेका छन्। गैरअवासीय नेपाली संघ यूरोपका पूर्वसंयोजक चिरञ्जीवी ढकालले अहिले ल्याएको सदस्यतासम्बधी नियमले सबै नेपालीलाई नसमेटने दावी गरे। यो अत्यन्त अव्यवहारिक छ। यो नियमले सबै एनआरएनलाई समेट्दैन, बिद्यार्थी र सर्वसाधारणले त्यत्ति ठूलो मूल्य चुकाउन सक्दैनन। बेलायतको ब्यस्त दैनिक जीवनमा यस्ता झनझटिलो नियम राख्नु हुदैन,ु ढकालले भने, तोकिएको शुल्क नै काफी छ त्यहीमाथि चाहिने नचाहिने कागजपत्र मागेर सदस्यतासम्बन्धी व्यवस्थालाई फितलो पारिएको छ। यसलाई सबै गैरअवासीय नेपालीहरुको पहुँच पुग्ने गरी सरलरुपमा वितरण गरिनु पर्छ।ु
यस्तै गोर्खा कम्युनिटी हन्स्लोका अध्यक्ष बिष्णु गुरुङले एनआरएन यूकेले तयार पारेको सदस्यतासम्बन्धी मापदण्डप्रति आपत्ती जनाएका छन्। गुरुङले भने नाम जन्म मिति र ठेगाना दिन मिल्दैन सबै विवरण अर्कोलाई दिँदा आफूलाई ठूलो नोक्सान हुनसक्छ। डेटा प्रोटक्सन लु अनुसार पनि दर्ता नभएको संस्थालाई कसरी दिनेरु हाम्रो ब्यक्तिगत विवरण दुरुपयोग भयो भने कस्ले जिम्मा लिन्छरु जबकी एनआरएन यूकेको कार्यालयपछि छैन गुरुङले भने। सदस्यतासम्बन्धी नियममा परिवर्तन नगरे आफू सदस्य पनि बन्न नसक्ने गुरुङले बताए। यसअघि आफ्नो संस्थाका सदस्यहरुको राहादानीको फोटोकपी हन्स्लो काउन्सिलमा बुझाएको तर स्वयम काउन्सिलले नै राहादानी नबुझाउन सल्लाह दिएको र दिएको राहादानीको फोटोकपी समेत फिर्ता दिएको अनुभव गुरुङले सुनाए।
यसैगरी एनआएन युकेद्वारा गठित निर्वाचन समितिका सदस्य सचिव डा हेमराज शर्माले निर्वाचनमा हुनसक्ने अनियमितालाई रोक्न निर्वाचन नियमावली कडा परिएको बताए। शर्माले भने, एनआरएन यूकेले घरमै बसेर आफ्नो मताधिकार प्रयोग गर्ने ब्यवस्था मिलाएको छ। सदस्यहरुलाई मतपत्र पठाउनु पर्ने हुन्छ त्यसको लागि ठेगाना चाहियो, सही मान्छेको हातमा मतपत्र परोस् भन्ने चाहना हाम्रो हो। त्यसका लागि केही थप कागजात आवश्यक हुन्छ शर्माले भने। सदस्यता शुल्क चर्को उम्मेद्वारी सम्बन्धमा शर्माले एनआरएन यूकेको कार्यसमितिले तय गरेको त्यसलाई निर्वाचन समितिले परिवर्तन गर्न नसक्ने बताए।
एनआरएन यूके अध्यक्ष सुर्य गुरुङले सदस्यतासम्बन्धी गुनासो आएको स्वीकार गर्दै एनआरएन यूके साझा संस्था भएकाले सबैको भावनालाई समेटेर अगाडी बढ्न सक्ने गुरुङको भनाइ थियो। यसलाई छलफल गरेर सदस्यता सम्बन्धि नियममा परिवर्तन गर्न सकिने संकेत दिए। महंगो सदस्यता शुल्क सम्बन्धमा गुरुगले भने सदस्यहरुलाई घरघरमा बसेर मतादन गर्ने सुबिधा पनि दिइने छ। हुलाकबाट मतदान गर्ने ब्यवस्था गर्दा धेरै खर्चिलो हुन्छ गत बर्षहरुका निर्वाचनको अनुभवका आधार निर्वाचन शुल्क र नियममावली तय गरिएको भन्दै आम सहमतिका आधारमा सदस्यता तथा उम्मेद्धवारी शुल्क तोएिको हो गुरुगले भने। सदस्यता शुल्कबाट आएको प्रति सदस्य तिन डलर अन्तराष्ट्यि परिषदमा बुझाउनु पर्ने अर्को बाध्यता छ यस्ता थुप्रै कारणले गर्दा चर्को शुल्क तोक्न बाध्य भन्दै सदस्यता र उम्मेद्धवारी शुल्कमा भने कुन परिवर्तन नहुने बताए।
यस अघि एनआरएन यूकेको पहिलो निर्वाचित कार्यसमितिले पाच पाउण्डमा आजिवन सदस्य दिने निर्णय गरेको सर्वत्र स्वागत भएको थियो।  एनआरएन ऐनले १८२ दिन बिदेशमा ९दक्षीण एशियाली मुलुक बाहेक० बसे पछि स्वत  गैरआवासिय नेपाली हुने बैधानिक ब्यवस्था गरेको छ।
एनआरएन यूकेको आगामि  अध्यक्ष हुन वर्तमान उपाध्यक्ष कुल आचार्यले आफ्नो अभियान थालि सकेका छन भने अन्तराष्टिय परिषदका सदस्य लक्ष्य गुरुग तथा अर्का उपाध्यक्ष महेन्द्र कंडेलको नाम चर्चामा छ।

No comments:

Pages