7/10/2011

एक वर्षदेखि नेपाली जेलमा

अफगानिस्तान जेलमा परेका १० नेपाली एक वर्षसम्म पनि रिहा हुन सकेका छैनन् । वैदेशिक रोजगारका लागि अफगानिस्तान अवैध रूपमा लगिएका नेपालीलाई त्यहाँको प्रहरीले पक्राउ गरेको थियो । दलालले ती नेपालीलाई नक्कली भिसामार्फत पुर्‍याएका थिए ।
आईसीआरसीका अनुसार पक्राउ गरिएका नेपालीहरू राजधानी काबुलको १७ नम्बर जेलमा छन् । आईसीआरसीले पाँच महिनाअघि नै आफ्ना नागरिकको जिम्मेवारी लिई रिहाइ गराउन नेपाल सरकारलाई जेलमा रहेका नेपालीको नाम र फोटोसहितको विवरण पठाएको थियो ।
जेल परेकामा काठमाडौं(४ का मीनबहादुर मगर, कल्यानपुर(७, नुवाकोटका अमरबहादुर तामाङ र गणेशबहादुर तामाङ, दुलेगौडा(७, केशबहादुर सुनुवार राई, गोरखाका विकास गुरुङ, पोखरा(१० का बेलबहादुर पुन, धरान(१७ का निमा शेर्पा, इमानदोस(६, तनहुँका इन्द्रबहादुर गुरुङ, रामकुमार गुरुङ र विराटकुमार केसी छन् ।
भिसा नक्कली भन्दै पक्राउ परेको हामीले चिठीमार्फत मात्रै जानकारी पायौं,ु मीनबहादुरका आफन्त लीला मगरले भने, ुछिटो रिहाइका लागि परराष्ट्र मन्त्रालयमा अनुरोध गर्‍यौं । तर सुनुवाइ भएको छैन ।ु आफगानिस्तान हेर्ने जिम्मेवारी पाएको पाकिस्तानस्थित नेपाली दूतावासले जेलमा रहेका ती नेपालीलाई छुटाएर स्वदेश ल्याउने काम भइरहेको जनाएको छ । ुहामीले गत अप्रिलमै ९० दिनको समय राखेर ट्राभल डकुमेन्ट पठाएका थियौं, दूतावासका एक अधिकारीले भने, अहिले त्यो म्याद सकेर पुनः नयाँ ट्राभल डकुमेन्ट जारी गर्ने तयारीमा छौं ।
ती अधिकारीका अनुसार आईसीआरसीसँग समन्वय गरेर काम भइरहेको छ । दूतावासले १० मध्ये ६ जनाको मात्रै ट्राभल डकुमेन्ट बनाएको छ, जसमा रामकुमार गुरुङ, बेलबहादुर मगर, इन्द्रबहादुर गुरुङ, निमा ग्याल्जे शेर्पा, मीनबहादुर मगर र केशबहादुर सुनार छन् । अरूको ठेगाना पत्ता नलागेकाले नबनाएको दूतावासले जनाएको छ ।

No comments:

Pages