7/12/2011

साउदी पुनः एमालेकै पोल्टामा

राजदूत नियुक्तिमा समेत दलीय भागबण्डाको संस्कृति भित्रिएपछि राजनीतिक आशिर्वाद प्राप्त गरेर राजदूत बन्नेहरूले कुटनीतिक मर्यादा विपरीत काम गरेर मुलुककै बेइज्जत गरेका धेरै घटना सार्वजनिक भइसकेको छ ।
पछिल्लो पटक नेपाली कामदारहरू रहेका खाडी मुलुकहरूमा राजदूत बन्न र बनाउन निकै दौडधुप हुने गरेका छन् । यसैक्रममा साउदीअरबका लागि प्रस्ताव गरिएका राजदूत उदयराज पाण्डेको नाममा एग्रिमो सहमति आएको छ । आर्थिक अनियमितताको अभियोगमा तीन महिनाअघि राजदूत हमिद अन्सारीलाई साउदीबाट फिर्ता बोलाएपछि प्रधानमन्त्री झलनाथ खनालले एमाले कोटामा राजदूत पाण्डेको नाम सिफारिस गरेका थिए । साउदी सबैभन्दा बढी श्रमिक समस्या रहेको खाडी मुलुकका रूपमा चिनिने साउदीमा यसअघि अन्सारी पनि एमालेकै कोटामा राजदूत बनेका थिए । पाण्डेले राजदूत बन्न एमालेका प्रभावशाली नेताहरूको दह्रो चाकडी गरेको र ठूलै रकम भेटी चढाएको चर्चा यतिखेर सर्वत्र छ ।

No comments:

Pages