7/10/2011

भूपू गोरखा निर्णायक लडाइको तयारीमा

गोरखा भुतपूर्व सैनिक संघ गेसोका कार्यवाहक सभापति कृष्णकुमार राईले गोर्खामाथि बेलायतले गरेका सबैखाले विभेद अन्त्य नगरेसम्म गोर्खा आन्दोलन जारी रहने बताएका छन् ।
उनले भने, बेलायतविरुद्धको अन्तिम कानुनी लडाइँ अब सुरु हुनेछ । गत शनिबार गेसोको २१ औं स्थापना दिवस मनाउने क्रममा कार्यवाहक अध्यक्ष राईले उक्त कुरा बताएका हुन् । सो कार्यक्रममा कार्यवाहक सभापति राईले भने, ुपहिलो र दोस्रो विश्ययुद्धमा मारिएका ६० हजारभन्दा बढी गोर्खा सैनिक र तिनका परिवारलाई बेलायतले अहिलेसम्म कुनै सहयोग गरेको छैन, कार्यवाहक सभापति राईले भने, मारिएका ६० हजारभन्दा बढीको रगत र पसिनाको मूल्य बेलायतसँग मागिनेछ । ६० हजारभन्दा बढी हाम्रा पुर्खाको रगत र पसिना बेलायतसँग माग्नेछौँ । पाइएन भने संसारका न्यायप्रेमी जनताको साथ लिएर बेलायतविरुद्ध नयाँ आन्दोलन सुरु गछौं, राईले भने, बेलायतका रक्षामन्त्रालय (एमओडी०ले केही गोर्खालाई नै पैसा दिएर गोर्खा आन्दोलन भाँड्न लगाएको छ ।

No comments:

Pages