7/16/2011

राष्ट्रको गहना जापानमै गायब

१९ औं एसियन एथलेटिक्स खेल्न जापान आएकी नेपाली राष्ट्रिय खेलाडी सूर्यमाया राई यतै वेपत्ता भएकी छन् ।
जापानको कोवेमा जुलाई ७ देखि १० सम्म भएको एसियन खेलमा सहभागी हुन राई जापान आएकी थिइन् ।
टोलीमा रहेका मुख्य प्रशिक्षक हरिबहादुर घले र मोहन रिमाल पनि सहभागी थिए । उनीहरु सोमबार नेपाल फर्किएको भएपनि राई जापानमै लुकेर बसेको बताइएको छ ।
जापानमा भएको एथलेटिक्समा उनी ८ सय मिटर दौडमा सहभागी हुने भनिएपनि त्यसमा सहभागी नभएको बताइएको छ । स्रोतका अनुसार उनी खेलमा सहभागी हुनु पूर्व नै प्रशिक्षकको जानकारीबिना आफ्ना दाजुसँग अन्यत्रै लागेकी थिइन् ।
मुख्य प्रशिक्षक घलले भने उनको भिषा जुलाई ३० तारिखसम्म रहकाले आउनसक्ने बताए । नेपाली टोली गत जुलाई ४ तारिखमा जापान आएको थियो । २६ बषिर्या राई शसस्त्र प्रहरी बलको एपीएफ क्ल्बसँग आबद्ध हुन् ।
यसअघि पनि नेपाली खेलाडीहरु जापान, कोरिया लगायत पश्चिमी मुलुकहरुमा लुक्ने क्रम चलिरहेको थियो । जीवनको उर्वर समय खेलमा लगाउँदा पनि आर्थिक सुरक्षा नदेखेपछि निराश भएर खेलाडीहरु लुक्ने गरेका छन् ।

No comments:

Pages