इलाका प्रहरी कार्यालय गैँडाकोट नवलपरासीले वैदेशिक रोजगारीका लागि पठाउने भन्दै ठगी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।
वैदेशिक रोजगारमा लैजाने भन्दै ठगी गरेर डेढ वर्षदेखि फरार रहेका स्याङ्जा दरौ गाविसका श्याम पौडेललाई प्रहरीले पक्राउ गरेको हो । वैदेशिक रोजगारीमा ठगी गरेको भन्दै वैदेशिक रोजगार विभागले पक्राउ पूर्जी दिएकाले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।पक्राउ परेका पौडेलले कास्कीस्थित पोखरा उपमहानगरपालिका(१७ बस्ने डिलबहादुर श्रेष्ठलगायत सातजनालाई वैदेशिक रोजगारीमा पठाउने भन्दै रु ८० लाख ठगी गरेको बताइएको छ ।
No comments:
Post a Comment