7/10/2011

कोरियाको इपिएस भिषा र थीडी काम

मन्जु थापा
दक्षिण कोरिया नेपाली युवापुस्ताहरुको गन्तव्य बन्दैछ । कोरिया बहु(सास्कृतीक र बहु(आयामिक परिचय यो देशसँग जोडिएको छ । उत्तरतिरको रक्ताम्मे रातो प्योङ्याङ र दक्षिणतिर अमेरिकी बुटमुनि समृद्धि समता र प्रजातन्त्रको लागि निरन्तर संघर्षशील सउल ।
ठुला ठुला गगनचुम्बी भव्य भवनहरु देखेर नेपालमा बिक्रि हुने कोरियन फिल्म र ड्रामाहरु हेरेर देखिने बाहिरी रुपमा सुन्दर शहर आज हाम्रो युवा पुस्ताको लागि पसिना बेच्ने शहर बनेको छ । नेपालमा जस्तो जहिले पनि लोडसेडिग र अन्धराकारमा बस्नु पर्ने बाध्यता नभएकोले पनि होला कोरियाको ूमिराकल इकोनमीू अर्थात अच्चमै लाग्दो आर्थिक प्रगतिले धरैलाई आकर्षित गरिरहेको छ । इपिएस भिषामा नाम निकाल्नेहरु भाग्यशाली चिठ्ठा परेकोमा दंग छन होला । तर कमैलाई थाहा होला( ूमिराकल इकोनमीूको पछाडि लुकेको यो देश कहाली लाग्दोगरी ूकिङ्गडम अफ इण्डष्ट्रियल एिक्सडेण्टू अर्थात ूऔद्योगिक दुर्घटनाको राजधानीू भनेर चिनिन्छ । कोरियामा गर्ने काम भनेको घ डि डेन्जर डटि एण्ड डिफिकल्ट अर्थात खतरानाक फोहोर र कठिन हुन्छ । काम गर्दा औला काटिनु ,हात काटिनु अनि सुतेकै अवस्थामा मृत्यु हुनु त यहाको दैनिकि जस्तो भइसक्यो ।

नेपालको आंकडा हेर्ने हो भने दिनहु वैदेशिक रोजगारीका लागि जाने युवापुस्ताहरुको संख्या डरलाग्दो गरी वृद्धि हुदैछ । यस्तै हो भने नेपालमा युवा जनशक्तिको खडेरी नपर्ला भन्न सकिदैन । हाम्रा शिक्षित अर्धशिक्षित र अशिक्षित युवा( युवतीहरु पनि रोजीरोटीका लागि यतैतिर तानिदै छन्( बेखवर निर्धक्क , मानौ सबै कुराको सुनिश्चित छ कोरियामा । भएका हाँडा(भाँडा धरौटी राखी(राखी काढिएको ऋण दलालको पोल्टामा खुत्रक्कै खसाली दिएर कोरियाली नागरिकसंग नक्कली विवाह गरेर होस् वा इपिएस प्रणालीबाट कामदारको भिषामा अरु देशका दुःखी प्रवासी झैं उनीहरु पनि कारखानारुपी धरापमा आफूलाई होम्दैछन् ।
सन् १९९४ को जनवरीमा कोरियाको राजधानी सउलमा गैरकानूनि रुपमा काम गदै आएका प्रवासी श्रमिकहरुको आन्दोलनले तहल्का मच्चायो । श्रमिक हक अधिकारको नारा लगाइ महिनौ दिनसम्म सडकमा नै विताए । नेपाल बंगलादेश बर्मा लगायत विभिन्न्न देशका १४ जना औद्योगिक दुर्घटनामा परी घाइते हुनेहरुलॆ लामो समयसम्म सडकमा संघर्ष गरिरहे । कोरियालीहरुलाई हामी प्रवासी मजदुर हौ हामीलाइ हाम्रो तलब देऊ अंगभंग भएका हामीलाई उपचार खर्च र औद्योगिक क्षतीपुर्ति देऊ मानवविय व्यवहार गर भनी परिचय दिए । कोरियन जनसमुदाय र विभिन्न गैरसरकारी संस्थाहरु सबैले जिज्ञासा राखे के हो त यो प्रवासी श्रमिक भनेको रु यसरी ३ महिनासम्म विभिन्न चरणका संर्घषहरु र आन्दोलन गर्दै उनीहरुले कोरियाली सरकारलाई झुक्न बाध्य बनाए । उनीहरुले ूप्रवासी श्रमिकू भनेको कोरियाको अर्थतन्त्रको मेरुदण्ड हो । यदि कोरियाली सरकार कुनै पनि प्रवासी श्रमिकहरुको विषयमा गंभिर हुदैन भने ूकोरियाको विकास जुन दु्रत गतिमा अगाडी बढिरहेको छ त्यो रोक्न सक्छौू भन्ने घोषणा गरेका थिए । यस संघर्षमा सबैले साथ दिए र तत्काल श्रम ऐनमा प्रवासी श्रमिकहरुले पनि कोरियाली सरह समान कामको समान ज्याला र क्षतिपूर्ति पाउने श्रम ऐन बन्यो । प्रवासी श्रमिकहरुले पनि आपुनो हक केहिहद सम्म भए पनि प्राप्त गरे । यो नै कोरियामा प्रवासी श्रमिकहरु भनेर चिनाउने पहिलो र ऐतिहासिक आन्दोलन थियो ।
तर दिनहु अंगभंग हुनेहरुको संख्या बढ्दो नै छ । हाल सम्ममा प्रवासी कामदारहरु पाचसय जना भन्दा बढीले आफ्नो अंगभंगको क्षतिपूर्तिका लागि माइगे्रण्ट ट्रेड यूनियन मार्फत श्रम विभागमा मुद्दा दर्ता गराएका छन। इपिएस प्रणालीबाट कोरिया आएको दश दिनमै दुर्घटना व्यहोरेका मनोज थापा आफ्नो भाचिएको हात र माथि पाखुरासम्म लागेको चोट देखाउदै भन्छन् प्लाष्टिकको ड्रम बनाउने कारखानामा काम गर्दागर्दै थाहै भएन । ड्र्मले च्याप्दै धकेल्दै लग्यो अनि यो दुर्घटना भयो । इपिएस प्रणालीबाट आउदा जोखिपूर्ण कामको बारेमा केहि जानकारी समेत नदिएको उनले बताए । अहिले उनी आन्याङ्गको एक अस्पतालमा उपचार गराइरहेका छन् । काठमाडौबाट हवाइजहाज चढेर सउल पुग्ने र त्यो डलर फल्ने रुखबाट चाहिँदो डलर पटापट टिप्ने सपना उनमा पनि नभएको होइन । तर दुर्भाग्य भनौ औद्योगिक दुर्घटनामा परी एउटा डलर पनि गन्न नपाउदै उनले ३ महिना अस्पतालमा नै बिताउनु पर्यो । अब झन के होला र रु उनी प्रश्न गर्छन ।

त्यसो त फलामको कारखानामा काम गर्दा नाडीमा गहिरो चोट लागेको र सधैको लागि गह्रगो र कठिन काम गर्न नसकेर कारखानामा दुर्घटनामा परेका सोनाम शेर्पालाइ अस्ति मात्र कारखानाबाट साहुले निकाली दिएका छन् । उनले जवानीको जोस र जागर सबै कारखानामा काम गर्दै बिताएका थिए । तर पाखुरा नचल्दा काम छिटो गर्न नसकेका कारण कारखानाबाट निकालीए । मालिकले कुनै मानविय व्यवहार नगर्दा उनी डिप्रेशनमा आएका थिए । यो नियती मनोज या सोनामको मात्र होइन कुनै दिन तपाई हाम्रो पनि हुनसक्छ ।

लामो समय सम्म कोरियाको श्रम अदालतमा मुद्दा खेपेका धरानका कुश राई आधा खुट्टा काटेर नेपाल फर्के । राइ प्लाष्टिकको कारखानामा काम गर्दा प्लाष्टिकको दानासंगै उनको खुट्टा पनि पेलिएको थियो । जानेबेलामा उनले ूजिन्दगीभर निको नहुने घाउ लिएर जादैछुू भनेर दुखेसो पोखे ।
सन् १९९९ बाट कोरियामा काम गर्दै आएका धरानका इश्वर मास्केले पनि ५ दिन अगाडि औद्योगिक दुर्घटनामा परी देब्रेहातका चार ओटा औलाहरु गुमाएका छन् । ूसपना जस्तै लाग्छ बेला बेलामाू भन्दै उनी हातका औलाहरु नियाल्छन् । जम्मा जम्मि एउटा बुढि औलामात्र सद्धे छ । सिमेण्टका टुक्राहरु बनाउने क्रममा उनको हात प्रेस जस्तै कटिङ्ग गर्ने मेशिनमा परेको थियो । उनी उपचारको लागि अस्पतालमा नै छन् । थोरै जना कामदार भएको कारखानामा धेरै तिर काम हेर्नु पर्ने र सधै कोरियन मानसिकता लिएर पाली पाली छिटो छिटो काम गर्नु पर्ने भएकोले पनि औद्योगिक दुर्घटना हुन गएको मास्के बताउछन् ।

यहाका कारखानाका कुनै पनि मेशिनमा सुरक्षाका विधिहरु अपनाएको पाइदैन । काम गर्ने दौरानमा औद्योगिक दुर्घटनामा परी ज्यान समेत गुमाउनेहरुको सख्या दिन प्रति दिन बढ्दै छ । किनभने यहाको कोरियालीहरुले यस्ता घडि खतरानाक फोहोरी र कठिन अंग्रेजीमा डेन्जरस डर्टी र डिफिकल्ट। काम गर्दैनन् । त्यो काम भनेको तेस्रो मुलकबाट सस्तो ज्यालामा इपिएस प्रणालीबाट लिइएका श्रमिकहरुलाई दिइन्छ । त्यसैले कोरियाली कामदारहरुको तुलनामा औद्योगिक दुर्घटनामा पर्ने प्रवासी श्रमिकहरुको संख्या धेरै गुणा बढी रहेको छ ।

कोरिया पठाउन ठेक्का लिएका नेपाल सरकारका मानिसहरु ूइपिएस प्रणालीबाट कोरियामा लाखौ कमाइन्छ र यो वर्ष सात हजार मजदुर कोरियामा खपत गरियोू भनेर धक्कु लगाउछन् तर यी निकायलाई इपिएस प्रणालीबाट आएका कति जना कोरियामा काम गर्दा अंग भंग भए भनेर कहिल्यै चासॊ लिदैनन । उनीहरुलाइ एक जना कोरिया गए बापत ूयति लाख आम्दानी भयोू भन्दै टाउको गन्दैमा फुसर्द छैन । जो प्रवासी श्रमिकहरुले कमाएको रेमिटेन्सबाट देश चलिरहेको सधैं धाक लगाउँछन् उनीहरुकै रगत र पसिना शोषण गर्छन तर विदेशी भूमिमा मेशिनको घिर्नीमा चेपिएका र काम गर्दा गर्दै अकल्पनिय मृत्यु अंगालेका आफना( दाजुभाइ दिदीबहिनीको लास आउदा टुलुटुलु हेरिरहन्छन र क्षतिपूर्तीको लागि समेत पहल गर्दैनन् । नेपालीले के पाए त कोरिया आएर कति लाख नै कमाए त कतिजना जिन्दगीभर अंपाग भएर फर्के भने कतिको विजोग कोरियाका चर्चहरुमा खुल्ला संग्राहलय जस्तै देख्न सकिन्छ । काम गरेर नेपाल फर्के पनि दिर्घ रोगबाट ग्रस्त छन् धन कमाउन कोरिया गएकाहरु ।

No comments:

Pages