संस्थागतरुपमा कतार आउने हरेक कामदारहरूको करारनामा (इम्प्लोइमेन्ट कन्ट्रयाक्ट) दूतावासमा अनिवार्य पेश गर्नुपर्ने’ दोहास्थित नेपाली नियोगले तय गरेको नयाँ नियम आजबाट लागु हँदैछ ।
सो नियमकावारेमा नेपाल सरकारको अन्यथा प्रतिकृया नआएकोले कार्यान्वयनतर्फ अघि बढेको नियोगले जनाएको छ । ब्यक्तिगतरुपमा कामदारलाई कतार झिकाउँदा सो नियम गत १ मे (१८ बैशाख) बाट अनिवार्य भइसकेको राजदूत डा. सुर्यनाथ मिश्रले बताए ।
सो नियम अनुसार अवबाट भिसा जारी भएपछि प्रत्येक कामदारको भिसा र पासपोर्ट कपिसंगै सक्कली करार सम्झौता दूतावासमा पेश गर्नुपर्नेछ र दूतावासले सम्बन्धित निकायमा पठाउने ब्यवस्था मिलाउने छ । रोजगार सम्झौतालाई दूतावासले आफ्नो वेभसाइटमा पनि राख्ने बताएको छ । सो नयाँ नियमवारे नियोगले अनुमोदनका लागि नेपाल सरकारसमक्ष पठाएको थियो ।
No comments:
Post a Comment