सरकारले विदेशी नागरिक वा गैरआवासीय नेपाली नागरिकलाई निश्चीत मात्रामा नेपालमा घरजग्गा तथा सेयरमा लगानी गर्ने ब्यबस्था गरेको छ ।
नयाँ आर्थिक बर्षको बजेट पढ्दै अर्थमन्त्री भारतमोहन अधिकारीले अपार्टमेन्ट वा फ्ल्याट नेपाल सरकारबाट नेपाली मुलका विदेशी नागरिक भनी परिचय प्राप्त गरेका ब्यक्तिलाई तोकिएका शर्तको अधिनमा रही खरिद गर्न दिने ब्यवस्था मिलाएको बताएका छन् ।विदेशी कम्पनी वा ब्यक्तिलाई पनि दुई लाख अमेरिकी डलर वा सो वरावरको विदेशी मुद्रा भन्दा बढी मुल्यको फ्ल्याट वा अपार्टमेन्ट खरिद गर्न दिने व्यवस्था गर्दै यसरी खरिद गरेको फ्ल्याट वा एपार्टमेन्ट ५ वर्ष सम्म बिक्री गर्न नपाउने ब्यवस्था गरिएको छ । यसबारे भूमिसुधार तथा ब्यवस्था मन्त्रालयले २०६८ कार्त्तिक भित्र आवश्यक कार्यविधि तयार गर्ने उल्लेख छ ।
नेपाल घरजग्गा ब्यबसायी संघले बिगत दुईबर्षदेखि यो क्षेत्रमा देखिएको मन्दीलाई सम्बोधन गर्नेगरि यस्तो ब्यबस्था लागू गर्न सरकारसँग माग गरेको थियो । नेपालमा पूँजीको सिमितता तथा बैंकसँग पर्याप्त तरलता अभाव भएपछि नेपाली घरजग्गा ब्यबसायले बिदेशमा बस्ने नेपाली तथा तथा बिदेशी नागरिकलाई आर्कषिर्त गर्ने प्रयास गरेको छ ।
गैरआवासीय नेपाली र बिदेशीलाई नेपालमा घरजग्गामा लगानी गर्न दिंदा मूल्य बढ्न नदिनेतर्फ सचेत हुनुपर्ने तर्फ भने बजेट मौन छ ।
यस्तै नेपाली मुलका विदेशी नागरिकलाई नेपाली धितोपत्रमा लगानी गर्ने ब्यवस्था मिलाउन २०६८ कार्त्तिकभित्र नेपाल धितोपत्र बोर्डले आवश्यक कार्यविधि बनाइने बजेटमा उल्लेख छ । सरकारले सम्पत्ति खरिद गर्दा आयस्रोत खुलाउनु पर्ने विद्यमान ब्यवस्थालाई परिवर्तन गरी रु। ५० लाखसम्मको सवारी साधन र एक करोड रुपैयाँ सम्मको घर जग्गा खरिद गर्दा स्रोत खुलाउनु नपर्ने ब्यवस्था गरेको छ ।
यसैगरी सरकारले गैर आवासीय नेपालीहरुलाई १ सय मेगावाट विद्युत उत्पादन गर्ने परियोजनामा लगानी गर्न आहृवान गरेको छ । त्यसमा लागनी गर्दा बिशेष सहुलियतको ब्यबस्था गरिएको अर्थमन्त्रीले बजेट वाचनका क्रममा बताए ।

No comments:
Post a Comment