7/14/2011

मलेसियाले अवैध विदेशी कामदारलाई अगष्ट १ मा स्वदेश पठाउने

गैरकानूनी रूपमा कार्यरत विदेशी कामदारलाई ‘वैधानिक होउ वा घर फर्क’ अवसर प्रदान गर्ने घोषणा गरेको मलेसिया सरकारको कहिले मिति सार्ने त कहिले योजना स्थगित गर्ने कार्यले छाएको अन्यौल अझै समाप्त भएको छैन ।मलेसियाले पुनः अवैध विदेशी कामदारहरूलाई आगामी अगष्ट १ मा स्वदेश पठाउने जनाएको छ तर विगतमा जस्तै निर्णय परिवर्तन हुन सक्ने आशंका पनि व्याप्त छ ।
अवैध कामदार फर्काउने सम्वन्धमा आममाफी दिएर गृह मन्त्रालयले अगष्ट १ मा कार्यान्वयनमा ल्याउने मलेशियाली सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । कामदारहरूको दर्ता नसकिएकाले स्वदेश फिर्ता गराउने अवधि थप गरिएको समाचारमा उल्लेख छ । यस अघि त्यस्ता कामदारहरूलाई गत सोमबार फिर्ता गरिने योजना थियो ।
बैधानिक कामदारहरूको दर्ता प्रक्रिया नसकिएकाले अवैधानिक कामदारहरूलाई सोमबार स्वदेश फर्काउने कार्य सम्पन्न हुन नसकेको त्यहाँको एक मन्त्रालयका सचिव महमद आदमद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । उहाँले जुलाई ३१ सम्म बैधानिक कामदारहरूको दर्ता प्रक्रिया जारी रहने बताउनु भएको छ ।
गृहमन्त्रालयले सोमबार स्वदेश फर्काउने कार्यक्रम रद्द गरेको थियो ।
सरकारको निर्णये पुरानो रोजगारदाता छोडी जाने कामदारहरूलाई समस्या निम्त्याउने भएको छ । त्यसरी काम छोडी गएकाहरूलाई बैध नबनाई पुरानै रोजगारदातालाई सुम्पने नीति सरकारले अघि सारेको छ । मलेशियामा अहिले १० लाख ८० हजार बैधानिक विदेशी कामदारहरू कार्यरत रहेको त्यहाँका रोजगारदाताहरूले दावी गरेका छन् ।
श्रम सहचारी र्सूय प्रसाद भण्डारीका अनुसार नेपाली कामदारहरूलाई असहज हुने भएकाले स्वदेश फर्काउने मिति पर सारिएको हो । यहाँ काम गर्ने नेपालीहरू अवैधानिक थिएनन् तर उनीहरूले नयाँ काममा दर्ता हुन मात्रै खोजिरहेका थिए ।
उनीहरूका दलालहरूले नयाँ काम दिलाउने प्रतिवद्धता जाहेर भएकोमा सरकारको निर्णयले अर्को क्षेत्रमा काम गर्नमा रोक लगाई दिएको उनको भनाई छ । मलेशियामा अहिले ३ लाखको संख्यामा नेपाली कामदारहरू कार्यरत रहेको अनुमान गरिएको छ ।

No comments:

Pages