खेम कार्की ।
१० जुलाई २०११ । ईपिएस प्रकृयाबाट विभिन्न १५ राष्ट्रबाट आएका कामदारहरु पनि प्रकृयागत रुपमा कानुन र नियमको अभावमा अप्ठयारोमा पर्ने गरेका छन ।
अरु राष्ट्रझै अब नेपाली आएको पनि ३ वर्ष भएको हुदा यो समस्या नेपालीमा पर्न सक्ने अनुमान गरिएको छ । भिसा थप्ने समय प्रकृयाको बारेमा नबुझ्ना अवैधानिक बन्नुपर्ने खतरा पर्न सक्ने बताउनुहुन्छ १५ वर्ष देखि कोरियाका नेपालीका समस्या हेर्दै आउनु भई हाल परदेशी लाईफ डट कमका परामर्श स्तम्भका संचालक यज्ञराज सुबेदी । ३ वर्षे ईपिएस प्रकृया ईपिएसबाट कोरिया आएका कामदारले ३ वर्षको अवधिमा ३ वटा कम्पनी परिवर्तन गर्न पाउने नियम छ । अन्तिम समयमा कम्पनी परिवर्तन गनुपर्ने अवस्था भएमा ९० दिन अगाडि कम्पनी परिवर्तन गर्न सकिन्छ । यस्तो अवस्थामा ४५ दिन अगाडि नै कम्पनीमा पुन १ वर्ष १० महिना भिसा थप्नु पर्ने हुदा कम्पनीमा अगाडि नै यसको बारेमा कुरा गर्दा राम्रो हुन्छ । अर्कोतिर लगातार काम गरिरहेको कम्पनीमा भने १५ दिन अगाडि सम्म भिसा थप्न सकिन्छ तर यसको बारेमा ३ महिना अघि नै कम्पनीसंग कुरा गरेर आफ्ना बारेमा बताई ढुक्क हुन सकिन्छ । कम्पनीबाट घर आउ जाउ गर्ने सम्बन्धमा भने यो ३ वर्षे अवधिले नभई कम्पनी र कामदार विचको सहमतिमा हुन सक्छ । अन्तिम ३ वर्षे अवधिमा भने ३ महिनाको हाराहारीमा भने भिसा रिनो गरिसकेर मात्र आउजाउ गर्दा राम्रो हुन्छ । कम्पनीमा भिसा थप्नका लागि पहिले जस्तो भिसा थप्ने नै हो । तर यसको लागि भने केही नियम र प्रकृया जान्नुपर्ने हुन्छ । कम्पनीमा हुने समस्याले पनि भिसा थप्न समस्या पर्छ । जस्तो कि कम्पनीमा कुनै कोरियन लाई निकालेको अवस्था छ भने त्यस्तो अवस्थामा विदेशीको भिसा थप हुन सक्दैन । यस्तो बेलामा पहिले नै कम्पनीमा जानकारी लिएको खण्डमा कम्पनी परिवर्तन गरेर भिसा थप्न सकिन्छ । ३ वर्षको अवधिमा भिसा थप्न पुरा अधिकार कम्पनीमा भएको हुदा कम्पनीसंग सहमति गरेर बस्नु पर्ने हुन्छ । यस्तो अवस्थामा भिसा नथप्ने अवस्थाको कम्पनी भएको खण्डमा आफूले बेलामा नै कम्पनी परिवर्तन गर्नुपर्ने हुनसक्छ । कम्पनी बन्द हुने अवस्था र कम्पनी संग मनमुटाव भएको अवस्थाबाहेक नियतबस कम्पनीमा भिसा नथप्ने भन्ने सायदै हुन्छ । तर भिसा सम्बन्धी विदेशीको नियम कोरियनहरुलाई पनि थोरै थाहा हुदा भिसा थप्न समस्या हुन्छ । पहिलेको नियममा ३ वर्षमा कोरिया छोडेर फर्केपछि मात्र भिसा रिनो हुन्थ्यो त्यो बेलामा समेत कम्पनीले नियम नजान्दा कति नेपाली नेपाल पुगेर फर्कन पाएनन । अहिलेको नियमले लगातार ४ वर्ष १० महिना सम्म बस्न पाईन्छ । यस्तो अवस्था सम्बन्धी जानकारी कोरियन रोजगार केन्द्र नोदम्बो मा गएर आफ्नो समस्याको बारेमा बुझ्न सकिन्छ । ३ वर्ष भित्र ३ वटा कम्पनी परिवर्तन गरे जस्तो ३ वर्ष पछि को अवधिमा २ वटा कम्पनी परिवर्तन गर्न सकिन्छ । पहिले ३ वटा कम्पनी परिवर्तन गरे वा नगरेको अवस्थामा प्लस हुने हुदैन । कम्पनी परिवर्तन गर्ने भनेको पहिले वा पछि कम्पनीको अनुमतिमा नै हो । यसमा सहमतिमा प्रकृया मिलाएर कम्पनी परिवर्तन गर्न सकिन्छ । कम्पनीमा सम्झौता गरिसकेको अवस्था भनेको कम्पनीको अनुमतिमा मात्र सम्झौताको समयमा कम्पनी परिवर्तन गर्न सकिन्छ । कम्पनी छोडनाको कारण बारे प्रष्ट गरेर कम्पनी संग सहमति गर्न सकिन्छ । परदेशी लाईफ डट कमले संचालन गरेको परामर्श र जिज्ञासामा यो सम्बन्धी प्रश्नहरु धेरै मात्रामा आउन थालेका छन । यसले गर्दा नेपालीहरु पनि यस बारेमा बुझन र प्रकृयाको बारेमा बढि जिज्ञासु भएका बुझिएको छ ।
No comments:
Post a Comment