7/12/2011

साउदी अस्पतालमा नेपाली

होम कार्की
  जाँदा उनीहरूसित आ आफ्नै सपना थिए । ज्यान सग्लो भए न सपना पूरा हुन्छ, रोजगारीमा साउदी अरेबिया पुगेका उनीहरू ज्यान नै धरापमा पारेर अस्पतालको शय्यामा पुगेका छन् । करिब आधा दर्जन नेपाली कामदार स्थानीय अस्पतालमा अंगभंग शरीरको उपचार गराइरहेका छन् ।
साउदीको जुबेलस्थित अल्माना अस्पतालमा उपचाररत झापाका शंकर भट्टराईको मेरुदण्डै भाँचिएको छ भने मानबहादुर गुरुङको ढाडको तल्लो भाग चल्दैन । प्रमुख सहर दमामबाट सय किलोमिटर उत्तरमा पर्ने त्यस अस्पतालमा पाँचथरका शंकर काफ्ले र दुर्गापुरी(मोरङका टीका भण्डारी कोमामा छन् ।
भट्टराई र काफ्ले सडक दुर्घटनामा परेका हुन् भने गुरुङ र भण्डारी कार्यस्थल दुर्घटनामा, बिरामी भेट्न पुगेका साउदीका लागि कार्यवाहक राजदूत हरिश्चन्द्र घिमिरेले कान्तिपुरलाई भने, सबैको उपचार जारी छ ।

तीनसाता अघिदेखि काफ्ले होसमा आउन सकेका छैनन् । खोस्रानियाबाट जुबेल आउँदै गर्दा काफ्ले र भट्टराई चढेको गाडीलाई अर्को गाडीले ठक्कर दिँदा दुर्घटना भएको थियो । दुवै जना ुभगुवा कामदारु को हैसियतमा भएकाले सबै उपचार खर्च उनीहरू आफैंले बेहोर्नुपर्नेछ । भट्टराईको मेरुदण्ड नै भाँचिएकाले अप्रेसन गर्नुपर्ने छ । अप्रेसन गर्न अस्पतालले ६५ हजार रियाल लाग्ने बताएपछि उपचार गर्न स्वदेश पठाउने तयारी हुँदैछ,ु नेपाल लैजाने कागजात बनाउन सोमबार प्रहरी कार्यालय पुगेका नेपाली दूतावासका सहयोगी हरिप्रसाद घिमिरेले भने, गैरकानुनी भएकाले सबै उपचार खर्च आफैंले बेहोर्नुपर्छ । त्यति धेरै रकम बेहोर्न नसक्ने भएपछि परिवारकै इच्छामा नेपाल पठाउन लागिएको हो ।
कोमामा रहेकै काफ्लेको भने अहिले अस्पतालले नै खर्च बेहोरिरहेको छ । उनको विषयमा केही बोलिएको छैन । राम यादवु को परिचयपत्र बोकेका उनी यदि होस आएमा प्रहरीले पक्राउ गरी कानुनी कारबाही गर्नेछ । अर्काको परिचयपत्र बोक्नु भनेको नेपालमा नक्कली नागरिकता बनाएको जस्तै हो, उनले भने । अर्का कोमामा रहेका भण्डारी र ढाडभन्दा मुनिको भाग नचल्ने गुरुङको उपचार भने कम्पनीबाटै भइरहेको छ । दुवै जनाको कार्यस्थल दुर्घटनामा परेका हुन्  र उपचार खर्च पनि कम्पनीबाटै भइरहेकाले त्यति समस्या छैन, उनले भने ।

अस्पताल पुगेका कार्यवाहक राजदूतले अस्पताल प्रशासनसँग खुलेर कामदारको उपचारको विषयमा कुरा गर्न कठिनाइ भएको बताए । यहाँ बेलाबेलामा गैरकानुनी कामदारको उपचार गरेको खर्च तिर्न बाँकी रहेछ, दूतावासका एक अधिकारीले भने, दूतावासको जिम्मेवार अधिकारी आएको थाहा पाउनेबित्तिकै अस्पताल प्रशासनले बाँकी बिल दिँदोरहेछ ।

No comments:

Pages