5/14/2011

डिभि परेकाहरूलाई दुःखको खबर, नतिजा रद्द

कम्प्युटर प्रोग्रामिङ भएको खराबीका कारण अमेरिकाले यसै महिना सार्वजनिक भएको सन् २०१२ को डाइभर्सिटी भिसा डीभी चिट्ठाको सबै नतिजा रद्द गरेको छ ।

5/13/2011

खोरिया छोडेर कोरिया, रहर कि बाध्यता

भरत पाण्डे
विहानको ४ बजिसकेछ हतार हतार जस्तो गरेर आँखा मिच्दै उठेका नवलपरासीका हेम प्रसाद पाठक हत्तनपत्त एउटा कपि कलम र एउटा हरियो रंगको कोरियन पुस्तक हातमा लिएर िसंहदरबार पूर्वि गेट अनामनगरतर्फ छिटोछिटो पाईला चाल्दैछन ।

बच्चा जन्माएर मिल्काउने नेपाली विद्यार्थी युवती प्रहरी फन्दामा

एकजना अविवाहित नेपाली विद्यार्थीले न्युयोर्कमा बच्चा जन्माएर अस्पतालको ट्वाइलेटमा छाडेपछि बच्चा मृत्युको संघारमा पुगेको छ ।

रोकिएन युवा विदेशिने क्रम

रुकुम । दस वर्षे सशस्त्र द्वन्द्वको उद्गम थलोका रूपमा चिनिने रुकुम जिल्लामा शान्तिप्रक्रियाको रूपान्तरणपछि पनि रुकुमेली युवा विदेशिने क्रम रोकिएन ।

एसभीको लापरवाहीले कामदारको बिचल्ली

काठमाडौं । वैदेशिक रोजगारको काम गर्दै आइरहेको एसभी एसोसियटसले विदेश कामदार पठाउदा लापरवाही अपनाएपछि उसले विदेश काम गर्न पठाएको नेपालीहरूको बिचल्ली भएको थाहा हुन आएको छ ।

खाडीमा असुरक्षित नेपालीहरु

आनन्द आचार्य
स्वदेशमा रोजगारी नपाएर विदेश पस्ने नेपालीहरुको जनसंख्या दिनानुदिन बढ्दो छ । तर प्रवासमा पनि सुरक्षित रोजगार छैन ।

नक्कली सम्झौतापत्रमार्फत कतार जान्छन् कामदार

मोहन गुरुङ
वैदेशिक रोजगारीको मुख्य गन्तव्य कतारमा म्यानपावर व्यवसायीले नेपाली कामदारलाई नक्कली सम्झौतापत्रमा पठाउने गरेको खुलासा भएको छ ।

केही दिनमा पृथ्वी ध्वस्त हुने अमेरिकन त्रिशुलबाबाको घोषणा


सन् २०११ को मई २१ तारिखमा विश्वमा २०० मिलियन मान्छेको मृत्यु हुने र त्यसको पांच महिनापछि अक्टोबर २१ मा पृथ्वी ध्वस्त हुने भविश्यवाणी गर्ने अमेरिकन त्रिशुलबाबा हुन्, हारोल्ड क्याम्पिङ ।

5/11/2011

नेवानि लुट्ने स्यालहरू

काठमाडौ । नेपाल वायु सेवा निगम, नेवानि अर्थात् नेपालको राष्ट्रिय ध्वजावाहक वायु सेवा निगम, जुन व्यवस्था आयो, त्यसैको कमाई खाने अड्डा, जसको सरकार बन्यो, यसैको रजाइ गर्ने थलो बन्दै आएको छ ।

5/10/2011

१६ नेपाली कतारको जेलमा

–रवि रोषी
वैदेशिक रोजगारको सिलसिलामा कतार आएका १६ जना नेपालीहरूलाई गैरकानूनी कार्यमा संलग्न भएको अभियोगमा मुद्दा चलाई जेल चलान गरिएको छ । कतारस्थित नेपाली नियोगका द्वितीय सचिव जयबहादुर राई सनैयास्थित सेन्ट्रल जेलमा गई जेलका अधिकारीहरूसँग भेट गरेपछि सो खुलासा भएको हो ।
विभिन्न चार प्रकृतिका अपराध गरेको अभियोगमा १६ जना नेपालीलाई थुनामा राखिएको द्वितीय सचिव राईले जानकारी दिएका छन् । उनीहरू हत्या, लागुपदार्थ वेचविखन, बलात्कार, चोरी जस्ता अपराधमा संलग्न रहेको बताईएको छ । द्वितीय सचिव राईका अनुसार जेल परेकाहरुको विवरण जेल प्रशासनले तत्काल उपलब्ध गराउन नमिल्ने भन्दै विस्तृत जानकारी दिएन । तर, प्रशासनले द्वितीय सचिव राईका टोलीलाई बन्धीहरुसँग भेट गर्न दिएको थियो । भेटका क्रममा राईले यस्ता आचरणबाट टाढा रहन र  कानूनले अपराधी भनेर ठहर गरेपछि सजाय भोग्नैपर्ने भएको हुँदा आगामी दिनहरूमा आफ्नो चरित्रलाई सुधारी त्यस्ता क्रियाकलापमा संलग्न नहुन सुझाव दिए ।
१६ बन्दीहरुमध्ये एक जना नेपाली भने नेपालबाट लागूपदार्थ बोकेर आउँदै गर्दा एयरपोर्टबाट नै पक्राउ परेको जानकारीमा आएको छ । यसबारे जानकारी लिन गएका राईले ५ जनालाई अदालतमा सुनुवाईको लागि लगिएको हुनाले ११ जनासँग मात्र भेट गरी स्थिति बुझेको बताए । यस्ता अपराधमा संलग्नलाई १० बर्षदेखि १४ बर्षसम्म वा अपराधको प्रकृति हेरी त्योभन्दा बढी समय पनि सजाय लम्ब्याउन सक्ने कतारको कानून रहेको छ ।
 

कोरियामा नेपालीबाटै महिला असुरक्षित

कोरियामा नेपाली महिलाहरू भित्रिने क्रम अत्याधिक बृद्धि भएको छ ।

पन्तको मृत्यु

दक्षिण कोरिया । २१ महिनाअघि ईपिएस मार्फत  रोजगारीको सिलसिलामा दक्षिण कोरिया आएका एक नेपालीको दुर्घटनामा परि मृत्यु भएको छ । काभ्रे देउराली घर भएका श्रवणराज पन्तको आल्मोनियम कम्पनीमा क्रेनको ‘डाई’ उछिट्टिएर गम्भीर घाईते भई अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
हाल उनको सवलाई अस्पतालमा नै राखिएको छ । मृतक पन्तको श्रीमती, एक छोरी र आमा छन् ।

5/09/2011

४सय ५० गाविस सचिवविहीन

ललितपुर । नेपालभर अझै ४५० गाउँ विकास समितिका सचिव पद खाली रहेका कारण स्थानीय तहमा सेवा प्रवाह र विकास निर्माणका कार्यमा प्रत्यक्ष असर परेको छ ।

फटाहाहरूले जता पनि षड्यन्त्र देख्छ

कूटनीतिक राहदानी दुरुपयोग गरेको आरोपमा अख्तियारले अनुसन्धान गरिरहेकामध्ये दुई सभासदहरुले आफ्नो राहदानी देखाउँदै आफूहरुमाथिको आरोप मधेस विरुद्धको षड्यन्त्र भनेका छन् ।

कोरियामा ६ कामदार चर्चको शरणमा

रोजगारका लागी दक्षिण कोरिया गएका

सभासदको पासपोर्ट बेच्ने सुजाताको ज्वाईं

संविधान बनाउने म्याण्डेट लिएर संविधानसभामा आएका आफ्ना सभासद्हरू

अब १सय ३ दिन बन्द हुने

झलनाथलाई माधवले कारवाही गर्ने

झेलिकमदेखि जनता आजित


नेपाल टेलिकमलाई झेलिकम किन भनिएको होला भन्ने सबैलाई थाहै छ ।

5/08/2011

अमेरिकाबाट शिक्षामा सहयोग

कतिले सोच्दा हुन् विदेश गएपछि मान्छेले स्वदेशका सबै कुरा बिर्सन्छ । कतिपयले विर्सँदा पनि हुन् । तर, नुवाकोट जिल्लाको भाल्चे गाविसमा सामान्य किसान परिवारमा जन्मिएका जय तामाङ विगत ६ वर्षदेखि सात समुन्द्रपारि अमेरिकामा रहेर पनि सपना, विपना र पलपलमा आफ्नै, देश, देशवासी, गाउँ र गाउँवासीको हितमा समर्पित छन् । आफ्नो परिवारसहित अमेरिकामा रहेका तामाङ एउटा सपुरमार्केटमा कार्यरत छन् ।
उनी आफ्नो ड्युटी सकिनासाथ बाँकी समय गाउँको विकासमा सहयोग जुटाउने उद्देश्यले विभिन्न संघ–संस्थामा सहयोगका लागि पुग्ने गर्दछन् ।

३७ वर्षीय तामाङले नेपाल फ्रिड नामक गैर सरकारी संस्थाको माध्यमबाट विभिन्न सामाजिक गतिविधि

तालिम नदिई पठाउनेलाई ज्यान मुद्दा लगाउनुपर्छ


Pages