कम्प्युटर प्रोग्रामिङ भएको खराबीका कारण अमेरिकाले यसै महिना सार्वजनिक भएको सन् २०१२ को डाइभर्सिटी भिसा डीभी चिट्ठाको सबै नतिजा रद्द गरेको छ ।
अमेरिकी विदेश उपराज्यमन्त्री डेभिड टी। डोनाह्युले नतिजा रद्द भएको घोषणासँगै गएको हप्ता सार्वजनिक भएको डीभी चिट्ठा कसैलाई परे पनि नपरे पनि मान्य नहुने बताए । तर आवेदकहरुले फेरि नयाँ फर्म भने भर्नुपर्ने छैन, उनले भने ।
यसैबीच डीभीलोटरी डट् स्टेट डट् जीओभीले पनि नतिजा रद्द गरेको बताएको छ । यदि तपाईँले मे महिनाको पहिलो हप्तामा यो वेबसाइट डीभी पर्यो कि परेन जानकारी दिइने साइट० मा हेर्नुहुँदा तपाईँ छानिनुभएको वा नछानिनुभएको सूचना पाउनु भएको भए त्यसले मान्यता पाउँदैन। त्यो रद्द भएको छु, साइटमा लेखिएको छ, यसबाट तपाईँलाई परेको असुविधाका लागि क्षमा चाहन्छौँ।
नयाँ चिट्ठा प्रक्रिया गरी आगामी जुलाई १५ तारिखमा अर्को नतिजा सार्वजनिक गरिने वेबसाइटमा जनाइएको छ । गत वर्षको अक्टोबर ५ देखि नोभेम्बर ३ तारिखसम्म भरिएका आवेदनहरुबाट नतिजा निकालिएको थियो । डीभी भर्दा प्राप्त कन्फरमेसन नम्बर भने वैध रहेको त्यही नम्बरबाटै नयाँ नतिजामा आफ्नो नाम परेको नपरेको खोज्न मिल्ने बताइएको छ।
No comments:
Post a Comment