5/10/2011

कोरियामा नेपालीबाटै महिला असुरक्षित

कोरियामा नेपाली महिलाहरू भित्रिने क्रम अत्याधिक बृद्धि भएको छ ।
हाल कोरियामा नेपाली महिलाहरू ३ तरिकाले भित्रिने गरेका छन् । विधार्थी भिसा, मजदुर भिसा र कोरियन नागरिकसँग विवाह गरेर । कोरिया अध्यागमन विभागको तथ्यांक अनुसार हालसम्म १७ सय नेपाली महिलाहरू कोरिया पुगेका छन् । उनीहरूले कोरियाको भाषा, संस्कृति र श्रमिक कानूनको अभावमा विभिन्न प्रकारका समस्याहरू भोग्नु परेको छ भने नेपालीहरूकै कारण शारीरिक तथा माानसिक शिकार बनेका छन् ।
दक्षिण कोरियामा ईपीएस मार्फत कोरिया आई ईच्छनमा कृषि फार्ममा कार्यरत एक महिलालाई साही क्षेत्रमा ७ बर्षअघिदेखि एक कंम्पनीमा कार्यरत राम बहादुर नेपालीले बलात्कारको प्रयास गरे । त्यस्तै कोरियन नागरिकसँग विवाह गरि २ बर्षअघि कोरिया आएकी जुना पुनलाई कोरियन श्रीमानले मादक पदार्थ सेवन गरि कुटपिट गरेपछि भागेर महेश अर्याल नामका व्यक्तिको शरणमा पुगिन् । जुनालाई पनि अर्यालले राती सुतिरहेको बेला बलात्कार प्रयास गरे । ईपीएस मार्फत कोरिया आएकी सपना कार्की कंम्पनीले निकालिदिएपछि विष्णु न्यौपाने भन्ने आफन्तलाई काम खोजीदिन भन्न गइन् । तर, उनले सिधै आफूसँग बस्न प्रस्ताव राखे ।
प्रवासी मजदुर युनियनमा कार्यरत मञ्जु थापा कोरियामा नेपालीहरूको संख्यामा वृद्धि भएसँगै महिलाहरूमाथि खतरा पनि बढेको बताउनुहुन्छ । ‘पहिला नेपालीहरू कोरियनबाट पीडित भएर कानुनी सहयोग माग्दै आउँथे तर अहिले त नेपालीहरूबाट नै पीडित भएको घटना बढेको छ जसमा महिलाहरूको
संख्या अधिकतम छ,’ उहाँले भन्नुभयो ।
त्यस्तै ह्युमन फर ह्युमनका अध्यक्ष कोपिला राई महिलाहरूका लागि व्यवस्थीत गांस र बास नभएका कारणले पनि यस्तो घटना बढेको बताउनुहुन्छ ।


No comments:

Pages