5/13/2011

खाडीमा असुरक्षित नेपालीहरु

आनन्द आचार्य
स्वदेशमा रोजगारी नपाएर विदेश पस्ने नेपालीहरुको जनसंख्या दिनानुदिन बढ्दो छ । तर प्रवासमा पनि सुरक्षित रोजगार छैन ।
प्रथम त जे काम र जति तलब भनेर बिदेश पस्दछन् त्यही काम र त्यती तलब नपाएर शोषित र पिडित बन्न पुग्छन् नेपालीहरु । बिदेश पसे पश्चात त्यहाँको रहनसहन भेष–भुषा त्यहाँको कानून भाषा आदि कारंणले पनि उत्तीकै असजिलोमा पर्दछन् । थोरै मात्र असाबधानीले पनि ज्यानै गुम्ने अबस्था आउँदछ बिदेशमा । नेपालको जस्तो नियन्त्रित सवारी नहुनु, आँफु स्वयंले लापरवाही गर्नु आदि जस्ता साना तिना गल्तीका कारंण पनि बढि मात्रामा सवारी दुर्घटनामा परी धेरै नेपालीको ज्यान गईरहेको छ । हामीलाई ढिलो गरी प्राप्त जानकारी अनुसार यस्तै दुर्घटनाको शिकार भएका छन् जामुने–३, उपल्लो गुंणादी तनहूँका ३५ वर्षिय मान बहादुर रानाभाट । झण्डै ६ महिना अगाडि कुवेत पसेका रानाभाट कुवेत स्थित जि टि सी नामको ट्रेडिङ्ग कम्पनीमा कार्यरत थिए । एक पटक मेडिकल अनुतिर्ण भएका रानाभाट दोश्रो पटक मेडिकल गर्ने तयारीमा रहेकै बेला गत मार्च ९ तारिखका दिन कम्पनीको माहबुला क्याम्पबाट मंगाफ क्याम्पमा जादैं गर्दा माहबुलामा सबारी दुर्घटनामा परि दुर्घटनास्थलमा नै निजको मृत्य भएको जानकारी हुन आएको छ । २ छोराका बाबु रानाभाट आँफु र आफ्नो घर परिवारको जीवनस्तर उकास्न भनि बिदेश पसेका थिए न कि बिदेशमा ज्यान गुमाउन । उनले सपनामा पनि सोचेका थिएनन् होला बिदेशमा आएर सवारी दुर्घटनामा परि ज्यान गुम्छ भनेर ।
  यसरी सडक दुर्घटनामा परि २ महिना अघि मृत्यु भएका मृतक मान बहादुर रानाभाटको शब अहिले सम्म पनि नेपाल नपाठाइए पछि मृतकका साथी भाई र छिमेकी मार्पmत यो जानकारी प्राप्त गरिएको हो । प्राप्त जानकारी अनुसार निज मृतकको भिसा नलागीसकेको अबस्थामा मृत्यु भएकोले निजले काम गरी रहेको कम्पनीले मृतक कम्पनीबाट भागेर हिंडेको आरोप लगाई मृतकको शबलाई नेपाल पठाउने पैसा मृतकले पाउन बांकी रहेको २ महिनाको तलब तथा शब सहित नेपाली राजदुताबास कुवेतलाई करिब एक महिना अगाडि हस्तान्तरंण गरीसकेको छ भने शब अहिले कुवेतको फरवानिया अस्पतालमा रहेको बुझिन आएको छ । मृतकका कुवेतमा रहेका छिमेकी तथा साथीभाईहरुबाट मृतकको शब नेपाल पठाउन आवश्यक प्रकृयाको लागि बिगत २ हप्ता देखि अनुरोध गर्दा दुताबासका द्धित्तिय सचिब पुष्पराज भट्टराईले प्रहरीको रिपोर्ट नआएकोले शब पठाउन नसकिएको जानकारी गराएका छन् । प्रहरीको रिपोर्ट प्राप्त हुने बित्तिकै १ हप्ता भित्रमा शब नेपाल पठाउने व्यबस्था मिलाउने जानकारी दुताबासबाट पाएको तर प्रहरीको रिपोर्ट आउन कति समय लाग्छ त रु भनि दुखेसो अनि प्रति प्रश्न गर्दछन् मृतकका यहाँ स्थित छिमेकी तथा साथीहरु । स्मरंण रहोस कुवेतमा ज्यान गुमाउने मान बहादुर रानाभाट भने पहिलो होइनन् । धेरै नेपालीहरुको बिभिन्न कारंणबाट ज्यान गइसकेको छ । अझ कुवेतमा नेपाली राजदुताबास स्थापनाा पश्चात यसको संख्या बढेर गई रहेको छ । काम त दुताबासले गरि नै रहेको छ तर काम गरे जस्तो देखिने गरी भएको छैन । यो केशमा पनि २ महिना अगाडि मृत्यु भई सकेका मान बहादुर रानाभाटको भिसा नलागिसकेको अबस्थामा बिमाको रकम पाउन सक्ने नदेखिएकोले तथा निजले काम गर्दै आएको कम्पनीले दिनुपर्ने जति क्षतिपुर्ति दिई सकेको बताएकोले जतिसक्दो छिटो मृतकको शब नेपाल पठाउने ब्यवस्था दुताबासले गर्नु पर्ने देखिन्छ । मृतकको पोष्टमार्टम रिपोर्ट दिन पनि यति धेरै समय नलाग्ने भएकोले प्रहरीको कुन रिपोर्ट आएको छैन भनिएको हो भनि मृतकका आफन्तजन तथा छिमेकी शुभचिन्तकहरु बताउँछन् । उता नेपालबाट पनि परीवारजनहरुले दुताबासले सहयोग गरेर मृतकको शब छिटो भन्दा छिटो नेपाल पठाउने ब्यबस्था गरिदियोस भन्दै बारम्बार फोन गरिरहेको यहाँ स्थित छिमेकी तथा शुभचिन्तक साथीहरुको गुनासो छ ।

No comments:

Pages