5/13/2011

खोरिया छोडेर कोरिया, रहर कि बाध्यता

भरत पाण्डे
विहानको ४ बजिसकेछ हतार हतार जस्तो गरेर आँखा मिच्दै उठेका नवलपरासीका हेम प्रसाद पाठक हत्तनपत्त एउटा कपि कलम र एउटा हरियो रंगको कोरियन पुस्तक हातमा लिएर िसंहदरबार पूर्वि गेट अनामनगरतर्फ छिटोछिटो पाईला चाल्दैछन ।
सवा ५ बजे देखि शुरु हुने क्लासलाई भेट्न दिनहुँ नयाँ बनेश्वर देखि पैदल यात्रामा निस्कन्छ हेमप्रसाद । बेलैमा उठिएन भने त कक्षामा उभिएर पढ्नु पर्ने उनि बताउँछन ।

कोरिया सरकारले यसबर्ष ईपिएस के।एल।टि भाषा परिक्षा उतिर्ण गर्ने करिब ७ हजार नेपालीलाई कामदारका रुपमा कोरिया लैजाने बताएपछि भाषा परिक्षाको तयारीका लागि हेम प्रसाद जस्तै सखारै देखि ब्यस्त रहने करिब ५७ हजार नेपालीको कथा हो यो । कोरियामा मात्रै हैन प्रत्येक बर्ष अन्य मूलुकमा शिक्षाकामदारका रुपमा ब्यवसाय गर्ने जाने नेपाली कम छैनन ।

कोरियागएर राम्रै काम पाउने भन्ने नभएपनि नेपालमा ब्याप्त बेरोजगारी राजनैतिक खिचातानि आदि कारणले बाध्य भएर कोरिया जान सुर कसेको हेमप्रसादको भनाई छ । हेमप्रसाद जस्तै सिन्धुपाल्चोकका सुरेश बोहोर पनि नेपालमा रोजगारिको केहि संभावना देख्दैनन । यस्तै स्थाई घर नुवाकोट र हाल नयाँ बानेश्वर बस्दै आएकि सावित्रा थापामगरको ब्यथा पनि हेम प्रसादको भन्दा कम छैन । उनि कोरियन भाषा पढ्नका लागि विहान साढे तीनबजे नै उठ्छिन ।

श्रीमान अनि एक बच्चा कि आमा सावित्रा श्रीमानको कमाईले परिवार धान्न गाह्रो भएकाले आफू कोरिया गएर कमाउन सकेमा राहात हुने आशा राख्छिन । केहि गर्ने जोश र जाँगर भएका जोशिला युवा जनशक्ति यसरी विदेश जान तम्सनु नेपाल सरकारका लागि नै दुर्भाग्य हो । नेपाल सरकारले नेपालमै आफ्नो जिवन धान्न पुग्ने ब्यवस्ता गर्न सके आफूहरु विदेशका लागि मरिमेट्न नपर्ने सावित्रा बताउँछिन । उता िसंहदरबार पूर्विगेट अनामनगरमा कोरियन भाषा अध्ययन केन्द्रकि साचालिका साबित्रा बन्जाडेले भाषा परिक्षा पास गर्नु कोरिया जान पाउनु ग्यारेन्टि नभएको बताउनुहुन्छ ।

आफ्नो अध्ययन केन्द्रमा मास्टस्र पास गरेका ५० प्रतिशत भन्दा बढि युवा हरु पढ्न आउने गरेको बताउँदै युवा जनशक्ति बिदेश पलायन रोक्न नेपाल सरकारलाई बेलैमा गंभिर बन्न सुझाव दिनु भयो । युवा रहे देश बन्छ विकासलाई गति दिन सजिलो हुन्छ । तर बिडम्बना बेरोजगारी भ्रष्टाचार र कुराजनैतिक संस्कारका कारण हजारौं नेपालीका छोराछोरी गहभरि आँसु बोक्दै बिदेशिको दास बन्नु पर्ने अहिलेको स्थितिमा नेपाल सरकारले बेलैमा युवा जनशक्तिका लागि ठोस नीति र स्वदेशमै रोजगारीको सिर्जना गरी युवा जनशक्ति बिदेश पलायन हुनबाट रोक्न ढिलाई भइसकेको छ ।

No comments:

Pages