संविधान बनाउने म्याण्डेट लिएर संविधानसभामा आएका आफ्ना सभासद्हरू
खुलेआम पासपोर्ट व्यापारमा लागेपछि मधेसवादी दलहरूमा भुईंचालो गएको छ ।रामसहायप्रसाद यादव, रम्भा देवी, शिवपुजनराय दायव र सल्मा खातुन, करिमा बेगम र संजयकुमार साहले रातो पासपोर्ट दुरुपयोग गरेको समाचार प्रकाशित भएको थियो । उनीहरु आरोपको प्रतिवाद गर्ने तयारीमा छन् । मधेसी जनअधिकार फोरमले आफ्नो दलका सभासद्हरुमाथि लगाइएको आरोप गलत भएको दावी गरेको छ । परराष्ट्र मन्त्रालयका कर्मचारी र पूर्व परराष्ट्रमन्त्री सुजाता कोइरालाका स्वकीय सचिवको मिलेमतोमा ६ सय १ जनै सभासदका नाउँमा जाली पासपोर्ट बनाएर अवैध धन्दा सञ्चालन भइरहेको फोरमको आरोप छ ।
उनीहरूका नाममा परराष्ट्र भित्रको गिरोहले जाली पासपोर्ट तयार पारेर बेचेको फोरमको जिकिर छ । आफ्नो आङको भैंसी नदेख्ने अर्काको आङको जुम्रा देख्ने फोरमले कांग्रेस र एमालेका सभासद्हरुले सवैभन्दा बढी रातो पासपोर्ट दुरुपयोग गरिरहेको र आफ्ना सभासदमाथि आरोप थोपरेको गुनासो गरेको छ ।

No comments:
Post a Comment