–रवि रोषी
वैदेशिक रोजगारको सिलसिलामा कतार आएका १६ जना नेपालीहरूलाई गैरकानूनी कार्यमा संलग्न भएको अभियोगमा मुद्दा चलाई जेल चलान गरिएको छ । कतारस्थित नेपाली नियोगका द्वितीय सचिव जयबहादुर राई सनैयास्थित सेन्ट्रल जेलमा गई जेलका अधिकारीहरूसँग भेट गरेपछि सो खुलासा भएको हो ।
विभिन्न चार प्रकृतिका अपराध गरेको अभियोगमा १६ जना नेपालीलाई थुनामा राखिएको द्वितीय सचिव राईले जानकारी दिएका छन् । उनीहरू हत्या, लागुपदार्थ वेचविखन, बलात्कार, चोरी जस्ता अपराधमा संलग्न रहेको बताईएको छ । द्वितीय सचिव राईका अनुसार जेल परेकाहरुको विवरण जेल प्रशासनले तत्काल उपलब्ध गराउन नमिल्ने भन्दै विस्तृत जानकारी दिएन । तर, प्रशासनले द्वितीय सचिव राईका टोलीलाई बन्धीहरुसँग भेट गर्न दिएको थियो । भेटका क्रममा राईले यस्ता आचरणबाट टाढा रहन र कानूनले अपराधी भनेर ठहर गरेपछि सजाय भोग्नैपर्ने भएको हुँदा आगामी दिनहरूमा आफ्नो चरित्रलाई सुधारी त्यस्ता क्रियाकलापमा संलग्न नहुन सुझाव दिए ।
१६ बन्दीहरुमध्ये एक जना नेपाली भने नेपालबाट लागूपदार्थ बोकेर आउँदै गर्दा एयरपोर्टबाट नै पक्राउ परेको जानकारीमा आएको छ । यसबारे जानकारी लिन गएका राईले ५ जनालाई अदालतमा सुनुवाईको लागि लगिएको हुनाले ११ जनासँग मात्र भेट गरी स्थिति बुझेको बताए । यस्ता अपराधमा संलग्नलाई १० बर्षदेखि १४ बर्षसम्म वा अपराधको प्रकृति हेरी त्योभन्दा बढी समय पनि सजाय लम्ब्याउन सक्ने कतारको कानून रहेको छ ।

No comments:
Post a Comment