कूटनीतिक राहदानी दुरुपयोग गरेको आरोपमा अख्तियारले अनुसन्धान गरिरहेकामध्ये दुई सभासदहरुले आफ्नो राहदानी देखाउँदै आफूहरुमाथिको आरोप मधेस विरुद्धको षड्यन्त्र भनेका छन् ।
मधेश क्रान्ति फोरम पार्टीका संयोजक सन्जय साहले आफूले पासपोर्ट लिएदेखि कतै विदेश नगएको र पासपोर्टमा भिसा पनि नलागेको देखाए । अख्तियारलाई राज्यको मतियारको संज्ञा दिदै उनले राज्यकै ईसारामा यस्तो षड्यन्त्र बुनिएको दावी गरे । केही राजनीतिक दलका नेताहरुले आफूलाई जेलमा सडाई दिने भनि लामो समयदेखि धम्की दिदै आएकोमा अख्तियारको छानविन त्यसैको उपज भएको भनि दावी गरे ।
राहदानी दुरुपयोगका आरोप लागेका मधेसी जनअधिकार फोरम नेपालका महासचिव राम सहाय यादवले सभासदलाई बदनाम गरेर संविधानसभा विघटन गराउने षड्यन्त्र भैरहेको दावी गरे । संयूक्त राष्ट्रसंघको महासभामा माग लिन जाँदा लागेको अमेरिकाको भिषा सहितको पासपोर्ट देखाउँदै यादवले विना आधार मधेसी सभासद र नेताहरुलाई बदनाम गरेको दावी गर्दै दुरुपयोग गरेको देखाउन अख्तियार र सरकारलाई चुनौती दिए । सरकारले तत्काल उच्चस्तरीय छानविन समिति गठन गरेर सत्यतथ्य बाहिर ल्याउन माग गर्दै दुबै दुरुपयोगका आरोपीहरुले अख्तियारको छानविनमा भने सहयोग गर्ने प्रतिबद्धता पनि जनाएका थिए । फोरम नेपालका नेता राजकिशोर यादव र मधेस क्रान्ति फोरमका केशव झाले राष्ट्रसंघ पार्कको जग्गा अनियमित तरिकाले ब्यक्तिको नाममा दर्ता गर्ने अख्तियार आफै शंकाको घेरामा रहेको अवस्थामा सरकारले यो विषयलाई स्पष्ट पार्नु पर्ने माग गरे ।
फोरम नेपालका एक सभासद वीपी यादव अहिले सोही आरोपमा अख्तियारको नियन्त्रणमा रहेका छन् भने महासचिव यादवसहित सभासदहरु रंभादेवी, शिवपुजन राय यादव, सल्मा खातुनलाई पनि दुरुपयोगको आरोप लागेको छ ।

No comments:
Post a Comment