काठमाडौं । वैदेशिक रोजगारको काम गर्दै आइरहेको एसभी एसोसियटसले विदेश कामदार पठाउदा लापरवाही अपनाएपछि उसले विदेश काम गर्न पठाएको नेपालीहरूको बिचल्ली भएको थाहा हुन आएको छ ।
विभिन्न देशमा नेपालीहरूलाई काम गर्न पठाउदै आएको एसभी म्यानपवराले मलेसियामा पठाएका सल्यान र दाङ जिल्लाको झण्डै एक दर्जन नेपालीहरु बिचल्लीमा परेको स्रोतको दाबी छ । स्रोतका अनुसार झण्डै एक दर्जन नेपालीहरु मलेसियामा बिचल्लीमा परेका छन् उनीहरुको बारेमा यथार्थता बताई उद्दार गरिदिन म्यानपवारलाई बारम्बार अनुरोध गर्दा पनि सुनुवाई नगरेको बताइएको छ । पीडित व्यक्तिका आफन्तहरु दैनिक एसभीको कार्यालय धाइरहेका छन् तर कम्पनीले कुनै कदम नचाली आलटाल गरिरहेको पीडितका आफन्तहरुको भनाइ रहेको छ । यस सम्बन्धमा एसभी एसोसियटसमा सम्पर्क राख्दा केही व्यक्ति नेपाल र्फकन चाहेको सत्य भए पनि उनीहरु बिचल्लीमा भने नपरेको भन्दै ती व्यक्तिहरुलाई विदेश पठाउन आफ्नमात्र हात नभएको भन्दै गैजिम्मेवारपूर्ण जवाफ दिइयो । यसरी नेपालीहरुलाई कामको लागि भन्दै विदेश पठाएर बिचल्ली पार्ने एसभी एसोसियटसको गैरजिम्मेवारपूर्ण कार्यको विस्तृत विवरण आगामी दिनमा उपलब्ध गराउने स्रोतको भनाइ रहेको छ
No comments:
Post a Comment