5/13/2011

केही दिनमा पृथ्वी ध्वस्त हुने अमेरिकन त्रिशुलबाबाको घोषणा


सन् २०११ को मई २१ तारिखमा विश्वमा २०० मिलियन मान्छेको मृत्यु हुने र त्यसको पांच महिनापछि अक्टोबर २१ मा पृथ्वी ध्वस्त हुने भविश्यवाणी गर्ने अमेरिकन त्रिशुलबाबा हुन्, हारोल्ड क्याम्पिङ ।
अमेरिकाकाको क्यालिफोर्नियामा रहेको एउटा रेडियो स्टेशन फेमिली रेडियोका अध्यक्ष एवं सोही रेडियोमा कार्यक्रम चलाउदै आएका क्याम्पिङले यस्तो भविश्यवाणी गरिदिएपछि उनको हौवाका पछाडि दौडनेहरुको जमात देखिन थालेको छ ।
क्याम्पिङका अनुसार मई २१ का दिन विश्वको जनसंख्याका करिब तीन प्रतिशत मान्छेलाई प्रभु यशुले स्वर्गमा लैजानेछन् अर्थात् २०० मिलियन मान्छेको मृत्यु हुनेछ ।
उनको भनाईमा अरु कैयन क्रिश्चियनहरुले नै विश्वास गरेका छैनन, अमेरिकामा । किनभने मई २१ मा २०० मिलियन मान्छेको मृत्यु नभएमा र त्यसको पांच महिनापछि पृथ्वी ध्वस्त नभएमा त्रिश्चियानिटीप्रति नै मान्छेको विश्वास घट्ने भएकाले कैयन त्रिश्चियनहरु यस्तो हल्ला फैलाउनमा सामेल छैनन् । तर केही समुहले भने जोडतोडका साथ पृथ्वी ध्वस्त हुने हल्ला फिजाइरहेका छन् । अरु कैयन त्रिश्चियन समुहहरुले भने क्याम्पिङको हल्ला निराधार रहेको भन्दै हल्लालाई सम्पूर्ण रुपमा खारेज गरिदिएका छन् । यसका पछि नलाग्न आग्रह गरिरहेका छन् । अक्टोबर २७ सन् २०१० मा फेमिली रेडियोले गरेको कार्यक्रममा क्याम्पिङले पृथ्वी ध्वस्त हुने भविश्यवाणी गरेका हुन् । क्याम्पिङले यस्तो भविश्यवाणी यसअगाडि पनि गरेकाले उनले भनेको कुरा नपत्याउनेहरु पनि धेरै छन् । सन् १९९२ मा क्याम्पिङले सन् १९९४ को सेप्टेम्बेर ४ मा पृथ्वी ध्वस्त हुने घोषणा गरेका थिए । जब पछि उनको भविश्यवाणी गलत भयो तब उनले गणितिय हिसाब किताब गर्दा भूल भएको भन्दै भविश्यवाणी नै सच्चाए । पहिले नै हिसाबकिताबमा फेल भइसकेका क्याम्पिङ अहिले पनि फेल नै हुने उनका आलोचकहरुको भनाई छ । तर क्याम्पिङ भन्छन् – यसपटक पृथ्वी ध्वस्त भएरै छाड्छ किनभने बाइबल सधै सत्य रहेको छ ।
८९ वर्षका क्याम्पिङले गरेको भविश्यवाणी पहिले पनि फेल भएजस्तै पृथ्वी ध्वस्त हुने भविश्यवाणी पनि फेल हुदै आएका छन् । सन् २००८ को सेप्टेम्बर १० मा पृथ्वी ब्लाक होलमा पसेर ध्वस्त हुने भविश्यवाणी गरिएको थियो भने सन् २००८ मा अमेरिकामा मिलियन मान्छे मारिने भन्दै गड चर्चका मिनिष्टर रोनाल्ड वेनल्याण्डले भविश्यवाणी गरेका थिए । सन् २००६ को जुन ६ तारिखमा पनि पृथ्वी ध्वस्त हुने भन्दै भविश्यवाणी गरिएपनि कतै केही भएन । यसअघि सन् १९९९ को जुलाइमा र सन् १९९७ को मार्च २६ मा पनि पृथ्वी ध्वस्त हुने बताइएको थियो । यस्ता भविश्यवाणी सन् १८४३ को मार्च २१ र १८४४ को मार्च २१ मा पनि गरिएको थियो । (विश्वन्युजबाट)

No comments:

Pages