5/09/2011

४सय ५० गाविस सचिवविहीन

ललितपुर । नेपालभर अझै ४५० गाउँ विकास समितिका सचिव पद खाली रहेका कारण स्थानीय तहमा सेवा प्रवाह र विकास निर्माणका कार्यमा प्रत्यक्ष असर परेको छ ।
करिब दुई वर्षअघि सरकारले स्वेच्छिक अवकाश योजना ल्याएका कारण हालसम्म पनि उक्त पदपूर्ति हुन नसकेका स्थानीय विकास मन्त्रालयका शाखा अधिकृत रमेश अर्याल बताउनुहुन्छ ।
सरकारले उमेरको हदले ५० वर्ष उमेर पुगेका र ३० वर्ष सेवा अवधि पुगेकालाई विभिन्न सेवा सुविधासहित स्वेच्छिक अवकाशको योजना अगाडि सारेपछि सो अवधिमा ठूलो सङ्ख्यामा पद रिक्त भएको हो । गाविसजस्तो जनताको दैनिक सम्पर्क हुने र सेवा लिनुपर्ने निकायमा सचिवको पद रिक्त रहेका कारण सामान्य प्रशासन मन्त्रालयबाट कर्मचारी खटाई कार्य गरिरहेको उहाँले बताउनुभयो ।
यस्तै कुनै गाविसमा भने एकैजना सचिवले नै अन्य आफ्नो क्षेत्र वरपरको गाविसको कार्य समेत गरिरहेका छन् । हालै मात्र लोकसेवा आयोगले करिब २५० सचिवको पदपूर्तिका लागि सिफारिस गरेको अधिकृत अर्यालले बताउनुभयो । उहाँका अनुसार यसै वर्षको भदौ महिनासम्ममा रिक्त पदको करिब आधा पदपूर्ति हुनेछ ।

No comments:

Pages