5/09/2011

झलनाथलाई माधवले कारवाही गर्ने


एमाले  नेता माधवकुमार नेपालले पार्टी निर्णय विपरित माओवादीलाई गृह मन्त्रालय दिने पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री झलनाथ खनाललाई कारवाही गर्ने भएका छन् । पार्टी निर्णय उल्लङ्घन गरेर खनालले अराजकता प्रदर्शन गरेकोले कारवाही गर्ने भएका हुन् । पार्टीको आगामी केन्द्रीय  बैठकले खनाललाई  कारवाही गरिने उनले बताएका छन् । एकपटक सत्ता र भत्तााको स्वाद चाखिसकेका नेपालले आफ्नो अतित बिर्सदैं झलनाथ नेतृत्वको सरकार पूर्णरुपमा असफल भइसकेकोले विकल्प खोज्न सुझाब पनि दिएका छन् ।
माओवादी अध्यक्ष प्रचण्डप्रति आक्रोश पोख्दै नेपालले आफू प्रधानमन्त्री बन्न नपाएको झोकमा खनाललाई प्रधानमन्त्री बनाएकाले पूर्वाग्रह राखेर बनेको सरकार असफल भएको ठोकुवा गरे ।

No comments:

Pages