4/29/2011

घुस खाएर पुगेन र ? तलब बढाउनुपर्ने

नेपाल निजामती कर्मचारी सङ्गठनले न्यूनतम तलब रु १५ हजार तीन सय ७५ हुनुपर्ने माग गरेको छ । सङ्गठनले कर्मचारीलाई आधारभूत आवास, खाजा, शिक्षा, स्वास्थ्यलगायत दैनिक गुजारा गर्न कम्तीमा पनि त्यति रकम आवश्यक पर्नेमा जोड दियो । नेपाल सदस्य रहेको अन्तर्राष्ट्रिय श्रम सङ्गठनका अभिसन्धिहरूमा श्रमिकहरूको न्यूनतम तलब उसलाई दैनिक रूपमा आवश्यक पर्ने ‘क्यालोरी’ प्राप्त हुने गरी तोक्नुपर्ने उल्लेख गर्दै सङ्घले त्यो लागू गर्न माग गरेको छ ।

रङ्गशाला बन्यो सुंगुर चरण र शौचालय

सप्तरी । सम्बन्धित निकायको उपेक्षाका कारण सदरमुकाम राजविराजस्थित राज रङ्गशाला अहिले सुँगुर चरण र शौचालयमा परिणत भएको छ । विसं।२०३६ मा तत्कालीन अञ्चलाधीश लक्ष्यबहादुर गुरुङ र स्थानीय बासिन्दाको सहयोगमा निर्माण गरिएको सो रङ्गशाला सम्बन्धित निकायको बेवास्ताका कारण दुर्गन्धित र जीर्ण बनेको हो ।

ठेकी लोप हुने खतरामा

लमजुङ । लमजुङका ग्रामीण क्षेत्रमा परम्परादेखि चलनमा आएका काठका ठेकीको प्रयोग हराउँदै जान थालेको छ । ग्रामीण क्षेत्रमा किसानले दही जमाएर मोही पार्ने र राख्ने सामग्रीका रूपमा ठेकीको प्रयोग हुँदै आएकामा अहिले पशुपालन कम हुनुका साथै ठेकी बनाउने कालीगढको अभाव हुन थालेपछि यसको प्रयोगमा कमी आएको हो । हिजोआज काठको ठेकीको सट्टा प्लाष्टिक तथा धातुका सामान प्रयोग हुन थालेपछि मौलिक गाउँले ठेकी लोप हुने अवस्थामा पुगेको हो ।

ठेकी बनाउनका लागि दार, कटहर, खिर्रोलगायतका

लौ अचम्म ! महतोलाई सत्ता र भत्ताको लोभ छैन रे

नेताहरूमा सत्ता र भत्ताको लोभ छैन भनेर कसैले पत्याउला ? अवश्य पत्याउँदैनन् ।तर, सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले यस्तै नपत्याउने गफ दिएका छन् । उनलेआफ्नो पार्टी सत्ता र भत्ताका लागि संविधानसभाको म्याद थप गर्ने पक्षमा नरहेको बताएका छन् ।

छ जोईको पोइ जेलमा बसी रोई

जिल्ला अदालत कञ्चनपुरले छटौँ विवाह गर्ने कञ्चनपुर झलारी–२ सिमलफाँटाका २५ वर्षीय प्रकाश नागरीलाई बहुविवाहको आरोपमा दोषी ठहर गर्दै दुई वर्ष कैद र रु २५ हजार जरिवानाको फैसला गरेको छ । सो अदालतका न्यायाधीश भोजराज शर्माको इजलासले सो फैसला गरेको हो ।

४० प्रतिशत कामदार अभिमुखीकरण तालिम नलिई वैदेशिक रोजगारीमा

मोहन गुरुङ
रोजगारीका सिलसिलामा बिदेसिने कामदारलाई अनिवार्य अभिमुखीकरण तालिम दिने प्रावधान रहे पनि अधिकांश नेपाली कामदार तालिम नलिई विदेश जाने गरेका छन्। करिब ४० प्रतिशत नेपाली कामदार अभिमुखीकरण तालिमबिना विदेश जाने गरेको वैदेशिक रोजगार विभागले जनाएको छ।

९५ हजार अवैध नेपालीले साउदी छाड्न मानेनन्

साउदी अरब सरकारले गैरकानुनी रूपमा बसोबास गर्दै आएका विदेशीलाई आममाफी दिँदै स्वदेश फर्कन अवसर दिए पनि त्यसप्रति नेपालीले त्यति चासो दिएनन्। साउदीस्थित नेपाली दूतावासअनुसार त्यहाँ गैरकानुनी रुपमा बसिरहेका ९५ हजार नेपालीले विभिन्न कारण एम्नेस्टीको उपयोग गरेका छैनन्।

4/28/2011

न्यायाधिसहरू पनि भारत परस्त

नेपालको जल जंगल र जमिनमा गिद्देदृष्टि राखिरहेको भारतले यहाँको कानूनमा पनि आफ्नो विस्तारवादको जालो फ्याँक्न सफल भइसकेको छ भन्ने पछिल्लो उदाहरण हो राहुघाट प्रकरण ।

अब शिक्षा पसलेहरूको द्योती खुस्किने

निजी स्कुलहरूले मनेमानी ढंगे शुल्क उठाइरहेको घटना कुनै नौलो होइन । गरिब विद्यार्थीका अभिभावकको ढाड सेक्नबसेका शिक्षा पसलेहरूले विद्यालयलाई शिक्षा प्राप्त गर्ने थो नभइ लुट्ने अखडा बनाएका छन्  सर्वोच्च अदालतले निजी विद्यालयहरूलाई शिक्षा कार्यालयले तोकेको रकमबाहेक जथाभाबी रकम नलिन आदेश त जारी गरेको छ तर धृणित राजनीतिको आडमा अदालतको आदेशलाई द्योती लगाउने काम जारी छ ।

पारस पटके हुने

चितवन टाइगर टप्स गोली काण्डका मूख्य आरोपी पूर्व युवराज पारस शाह ले कागज गर्न चितवन आउन नपर्ने जिकिर उनका कानुन व्यवसायीहरुले गरेका छन् । उहाँलाई आइन्दा गल्ती नगर्ने भन्दै कागज गराएर छाड्न बुधबारमात्रै जिल्ला प्रशासन कार्यालयले आदेश दिएको थियो ।

पत्रकारहरु अदालतमा

अवैधानिक तरिकाले नेतृत्व चयन गरेको भन्दै नौं दिनदेखि आन्दोलनमा उत्रेका यहाँका क्रियाशिल पत्रकारहरुले वैधानिक अधिवेशन माग गर्दै पुनरावेदन अदालत पोखरामा बिहीबार मुद्दा दायर गरेका छन्। नौं दिनदेखि रिले अनसनमा बसेका पत्रकारहरुको तर्फबाट ुउप्रेषण मिश्रित परमादेशको आदेश जारी गरी पाउँु भन्दै मुद्दा दायर गरेका हुन्। आन्दोलनरत पत्रकारहरुको तर्फबाट प्रेस स्वतन्त्रताका सेनानी केशवराज पराजुली र संघर्ष समितिका संयोजक एवं स्थानीय आदर्शसमाज दैनिकका प्रधानसम्पादक कृष्णप्रसाद बास्तोलाले मुद्दा दायर गरेका छन्।

मुद्दामा पत्रकार महासंघ कास्की शाखासहित अध्यक्ष नारायण कार्की र अवैधानिक तवरबाट चयन गरिएका अध्यक्ष बद्रीविनोद खनाललाई विपक्षि बनाइएको छ। पुनरावेदन अदालतले शुक्रबार नै मुद्दाबारे के गर्ने भन्ने निर्णय गर्नेछ।

गैरकानुनी तवरले अधिवेशन बिना गरिएको नेतृत्व चयनको निर्णय बदर गर्नुपर्ने र अधिवेशन बोलाएर नयाँ कार्यसमितिको निर्वाचन गर्न लगाउनु भनी निवेदकको माग छ।

एमालेलाईचरी प्यारो

कुख्यात डन दिनेश अधिकारी उर्फ चरीलाई प्रहरीले पक्राउ गरेको विरोधमा प्रधानमन्त्री झलनाथ खनालको दलका कार्यकर्ताले पृथ्वीराजमार्ग अवरुद्ध पारेका छन्। डन चरी रिहाइको माग गर्दै एमाले कार्यकर्ताले पृथ्वीराजमार्गको मलेखु सडक खण्ड अवरुद्ध पारेका हुन्। अपराधिक पृष्ठभूमिका चरी एमाले धादिङ क्षेत्र नं।१ का उपाध्यक्ष समेत हुन्। चरी सहित ११ जनालाई प्रहरीले हिजो थानकोटबाट पक्राउ गरेको थियो।धादिङमा १७ करोड रुपैयाँको टेन्डर मिलाएर फर्कने क्रममा चरी समूह प्रहरीको फन्दामा परेको थियो। उनीहरुले आफ्नो पार्टीलाई सघाए बापत ३ प्रतिशत रकम पाएको प्रहरी बयानमा जनाएका छन्।पक्राउ परेको चरी समूहबाट प्रहरीले तरबार, खुकुरी र २ गाडी नियन्त्रणमा लिएको थियो।उर्जामन्त्री गोकर्ण विष्टमाथि भएको आक्रमणमा समेत चरी समूहको संलग्नता भएको हुनसक्ने प्रहरी अनुमान छ। उक्त घटनामा प्रहरी खोजी सूचिमा रहेका जोहन गुरुङ चरी समूहबाट पक्राउ पर्नुले प्रहरी शंकालाई बल मिलेको छ।डन चरी सहित पक्राउ परेका सबैलाई महानगरीय प्रहरी वृत्त कालिमाटीमा राखिएको छ।धादिङको खहरे घर भएका चरी एमाले धादिङ क्षेत्र नम्बर १ का उपाध्यक्ष हुन्। त्यही विषयलाई आधार मान्दै एमाले कार्यकर्ताले राजमार्ग अवरुद्ध पारी उनको रिहाइको माग गरेका हुन्।Wasting Light

लोप हुँदैछन् भ्यागुता

रेखाकुसुम रेग्मी
काठमाडौ । गोरखा जिल्लाकी माइली गुरुङ वर्षायाम सुरुसँगै पाहा प्रजातिको भ्यागुतो खोज्न स्थानीय खोलानालामा जाने गर्नुहुन्छ । भ्यागुताको अनुसन्धान गर्न या रेखदेख गर्न उहाँ यसरी जाने गर्नुभएको भने होइन । उहाँलाई यस प्रजातिको भ्यागुताको मासु असाध्यै मीठो लाग्ने भएकाले उहाँ यसरी भ्यागुतोको पछि धाउने गर्नुभएको हो ।

ओलीले खनाललाई नछाड्ने

नेकपा एमालेका नेता केपी शर्मा ओलीले पार्टीको निर्णय विपरीत स्वेच्छाचारीरुपमा अगाडि बढ्ने  जोसुकैलाई पनि कारबाही गरिने बताएका छन् । पार्टीको निर्णय विपरीत काम गरे प्रधानमन्त्रीलाई समेत चुनौती दिइने उनको प्रस्टोक्ति थियो ।

पाइलटहरू हड्तालमा

पाइटलहरूले जारी राखेको हड्तालका कारण एयर इन्डियाका कैयौँ उडानहरू रद्द भएका छन् । पाइटलहरूले लगातार दुई दिनदेखि जारी जारी राखेको हड्तालका कारण गन्तव्यमा जानका लागि टिकट काटेका यात्रुहरूले सास्ती भोग्नु परेको भारतीय विभिन्न सञ्चारमाध्यमहरूले जनाएका छन् ।

4/27/2011

संविधान च्यातेर आन्दोलनमा उत्रने रणनीतिमा कांग्रेस र मधेरवादी दलहरू


काठमाडौँ, १५ बैसाख । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले भावी रणनीति बनाउन विपक्षी दलहरुको आज बैठक बोलाएको छ । काङ्ग्रेस                                                                                                                                       Harry Potter and the Deathly Hallows, Part 1  संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने बैठका मधेस केन्द्रित दल र साना दलहरुलाई बोलाइएको छ ।
शान्ति र संविधान निर्माण गर्न वर्तमान सरकार असफल भएको निष्कर्षमा पुगेका दलहरुको बैठकले भावी रणनीति तय गर्नेछ । सरकारले श्वतपत्रमा टेकेर ल्याउन लागेको बजेटप्रति पनि प्रतिपक्षी दलहरुले धारणा तय गर्नेछन् ।
नेपाली काङ्ग्रेसले शान्ति र संविधान सम्बन्धी अभियान थालिसकेको छ भने मधेसी मोर्चा जेठ १४ पछि ठूलो आन्दोलन गर्ने तयारीमा छन् । सरकार बाहिर रहेका दलहरुको मोर्चाबन्दी गर्ने विषयमा समेत बैठकमा छलफल हुने एक नेताले बताए ।
नेकपा एमाले, एकीकृत नेकपा माओवादी र मधेसी जनअधिकार फोरम मिलेर बहुमतको आधारमा मस्यौदा तयार पर्ने र संविधान जारी गर्ने षडयन्त्र भइरहेको काङ्ग्रेस, मधेसी मोर्चा लगायतका दलहरुले आशंका गर्दै आएका छन् । त्यस्तो अवस्थामा संविधान च्यातेर आन्दोलनमा जाने अभिव्यक्ति नेताहरुले दिदै आएका छन् ।
 

पासपोर्ट किर्ते गर्नेदेखि होसियार

नेपाली राहदानीमा तस्बिर परिर्वतन गरी विदेशी नागरिकको तस्बिर टासेर विदेश पठाउन सक्रिय समुहका ६ सदस्य पक्राउ परेका छन् । पद्मोदय मोडमा रहेको डोकोरेशन ह्युमन एजुकेशन कन्सल्टेन्सीमा छापा मारेर राहदानीको तस्बिर परिर्वतन गर्दागर्दै प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

युनिटीका ठगहरूलाई राजनीतिक संरक्षण

Water for Elephantsकाठमाडौं युनिटी लाइफ इन्टरनेसनल लिमिटेडलाई अचानक बन्द गराएर कारबाही थालेको सरकारले एक वर्ष पुग्न लाग्दासम्म पनि कुनै निकास नदिएकाले युनिटीका ठगहरु अन्तर्राष्ट्रिय अदालतको सहारा लिने तयारीमा लागेको बुझिएको छ ।

आजलाई बन्द सकियो, अर्को बन्द छिट्टै आउँदैछ

नेवाः ताम्सालिङ संयुक्त संघर्ष समितिले बुधबार काठमाडौं उपत्यका र आसपासका जिल्लामा आहृवान गरेको बन्द सकिएको छ । काठमाडौंको बसन्तपुरमा सभा गरेर दिउँसो साढे ३ बजेदेखि बन्द समापनको घोषणा गरिएको नेवाः स्वायत्त राज्य मंकाः संघर्ष समितिका अध्यक्ष राजभाइ जकःमिले

फुर्ति नदेउ तिमी पनि कारवाहीमा पर्छौ

21अखिल नेपाल फुलबल संघ एन्फाले सहिद स्मारक ए डिभिजन लिग फुटबलमा खेल मिलेमतो गर्नेहरुमाथि कडा कारबाही गरिने जनाएको छ ।
एन्फा अध्यक्ष गणेश थापाले खेल मिलेमतो गर्नेहरुमाथि कडा कारबाही गर्न एन्फा र क्लबबीच सहमति भइसकेको भन्दै त्यसलाई कडाईका साथ लागू गरिने बताए । उनका अनुसार खेल मिलेमतो गर्ने क्लबलाई सोझै रेलिगेसनमा राखिनेदेखि खेलाडीमाथि कारबाही गरिनेछ । तर फुटबलको नाममा कराडौं कुम्ल्याएका थापालाई पनि त कारवाही गर्नुपर्यो नी ।

पारसलाई सफाई, अब रुवेललाई जेल हाल्ने कहिले?

जिल्ला प्रशासन कार्यालय चितवनले पूर्व युवराज पारस शाहलाई सचेत गराउँदै सफाई दिने फैसला सुनाएको छ । प्रमुख जिल्ला अधिकारी बसन्तराज गौतमको इजलासले अब यस्तो कसुर हुने छैन भनि कागज गराएर पारसलाई सफाइ दिने फैसला सुनाएको हो ।


फैसलामा केही सार्वजनिक अपराध र सजाय ऐन २०२७ को दफा ६ को २ बमोजिम पहिलो पटकका लागि कागज गराई छाडिदिने भनिएको छ ।
फैसलाअनुसार पारसले आफैँ उपस्थित भएर ३५ दिनभित्र कागज गर्नु पर्नेछ । पारसको कागज गरेसँगै मुद्धा टुंगिने छ ।
मुद्धाको सफाईसँगै पारसको १० हजार धरौटि पनि फिर्ता भएको छ । सार्बजनिक स्थलमा होहल्ला गरी अमर्यादित गतिबिधीमा सहभागी भएको पारस स्वयंले स्वीकार गरेकाले अब गल्ती गरे पटके कारर्बाही गर्ने गरी सफाई दिएको जिल्ला प्रशासन कार्यालय चितवनका नायब सुब्बा हरी सिग्देलले बताउनुभयो ।
कांग्रेस नेतृ सुजाता कोइरालाको बंगलादेशी नागरीक रुबेल चौधरीलाई चितवनको मेघौलीस्थि होटल टाइगर टप्समा गत मंसिर २५ गते शाहले गोली चलाएको अभियोगमा मुद्धा दर्ता भएको थियो । गोलीकाण्डका पीडित भनिएका बंगलादेशी नागरिक रुवेल चौधरी र पूर्वयुवराज पारस शाहसँग गत चैत्र ८ गते लिईएको बयानका आधारमा प्रमुख जिल्ला अधिकारी बसन्तराज गौतमको एकल इजलासले वैशाख १४ गतेका लागि पेशी तोकेको थियो ।
रुबेललाई गोली हानेको आरोपमा प्रहरी सहायक निरिक्षक गंगा क्षेत्रीले पूर्वयुवराज शाहविरुद्ध सार्वजनिक अपराध ऐन अन्र्तगत मुद्दा दायर गर्नु भएको थियो । मंसिर २८ गते पोखराबाट प्रक्राउ गरी चितवन ल्याएएका आरोपित शाहलाई प्रमुख जिल्ला अधिकारी गौतमको इजलासले गत पुस १ गते १० हजार रुपैयाँ धरौटीमा तारेखमा छाडेको थियो ।

प्रधानमन्त्रीको राजीनामा ओलीले गराउने रे !

विराटनगर । नेकपा एमालेका नेता केपी शर्मा ओलीले आगामी जेठ १४ गतेसम्म शान्ति र संविधान निर्माण पूरा नगरे प्रधानमन्त्रीलाई राजीनामा गराउने बताउनु भएको छ । राष्ट्रिय सहमती कायम गरेर शान्ति र संविधान पुरा गर्छौ भनेर सरकार बनेको हो भन्दै ओलीले त्यसो गर्न सकेन भने पार्टीले राजिनामा गराउने बताउनुभएको छ ।

माओवादीका लडाकूको कुटपिटले घाइते केराबारीका एमाले कार्यकर्ताको स्वास्थ्यस्थिति बुझ्न विराटनगरस्थित न्यूरो अस्पताल पुगेका एमाले नेता ओलीले आफूहरु जेठ १४ गतेभित्रै शान्ति र संविधान निर्माणको पक्षमा रहेको बताउनुभयो । ओलीले जेठ १४ मा संविधानको मस्यौदा जारी गरि संविधानसभाको म्याद थप्ने तयारीप्रति असन्तुष्टि जनाउदैभन्नभयो( ‘संविधानको मस्यौदा जारी गर्ने, संक्षिप्त जारी गर्ने, खेस्रा जारी गर्ने यस्तो पनि हुन्छ रु’
प्रधानमन्त्री खनालप्रति कटाक्ष गर्दै नेता ओलीले सरकारको अर्जुनदृष्टि शान्ति र संविधान हो भनेर मात्रै नहुने बताउनु भयो । ’घरको टाटी बाँध्न नसकेकाले शान्ति र संविधानलाई अर्जुन दृष्टि बनाएर के नै गर्न सक्छ र, आकाश, पाताल त बाँध्न सक्दैन,’उहाँले भन्नुभयो ।

युरोपमा नेपाली मानवतस्कर प्रहरीको फन्दामा

अब युरोपमा मानवतस्करहरुलाई सजिलो छैन । किनभने त्यहांका सरकारले नेपाली मानव तस्करहरुमाथि निगरानी बढाउन थालेका छन् । यसै क्रममा यस्तै मानव तस्कर प्रहरीको फन्दामा परेका छन् । उनलाई नेपालमा डिपोर्ट समेत गरिसकिएको छ । बेल्जियमबाट सन्तोष न्यौपानेको रिपोर्ट ।

शिक्षक सरुवामा अनियमितता


शिक्षक सरुवामा व्यापक अनियमितता भएपछि जिल्ला प्रशासन कार्यालय सिरहाले सोसम्बन्धी सम्पूर्ण कागजात आफ्नो कब्जामा लिएको छ । शिक्षक सरुवामा जिल्ला शिक्षा अधिकारी अम्बिकाकुमारी साहले रु एक लाख ५० हजारसम्म घुस लिएको उजुरी परेकाल सोको छानबिनका लागि त्यससँग सम्बन्धित सम्पूर्ण कागजात कब्जामा लिइएको हो– सिरहाका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रबहादुर बानियाँले भने ।

4/26/2011

कंसाकार छुट्दा एयरबस कम्पनी किन खुशी ?

युरोपेली जहाज निर्माता कम्पनी एयरबस नेपाल वायुसेवा निगमलाई पूर्वसम्झौताअनुसार दुई वटा जहाज उपलब्ध गराउन अझै सकारात्मक देखिएको छ । निगम र एयरबसबीचको समझदारी अवधि गत महिना नै समाप्त भए पनि विकसित पछिल्लो घटनाक्रमलाई मध्यनजर गर्दै एयरबस लचिलो देखिएको निगमका उच्च अधिकारीहरूले जानकारी दिएका छन्।

बन्द गरेर संविधान लेखिन्छ कामरेडहरू ?

संविधानसभाको म्याद एक महिना मात्र बाँकी रहँदा पनि सभासदहरुले सबिधान बनाउन कुनै तदरुकता नदेखाएको भन्दै विभिन्न संगठनले आज बन्द आव्हान गरेका छन् । नेवाः स्वयत्तः माच र ताम्सालिङ संघर्ष समितिले नेवाः र ताम्सालिङ बन्द आव्हान गरेको छ भने अन्य संगठनले नेपाल बन्द गरेका छन् ।

तिब्बती जेलमा नेपालीको विजोग

तिब्बतको जेलमा ३५ नेपाली विभिन्न अभियोगमा बन्दी रहेको खुलासा भएको छ । ल्हासास्थित नेपाली महावाणिज्यदूतावासले जिल्ला प्रशासनमार्फत जेलमा रहेका नेपालीका आफन्तलाई जानकारीसहितको प्रतिवेदन पठाएपछि यस सम्बन्धमा जानकारी भएको हो ।

पारसको पेशी आज

काठमाडौं( चितवनको टाइगर टप्स गोली प्रकरणका दोषी मानिएका पूर्व युवराज पारस शाहको मुद्दाको तेस्रो पेशी आज हुँदैछ । चितवनका प्रमुख जिल्ला अधिकारी बसन्तराज गौतमसक्ष जिल्ला प्रशासन कार्यालय चितवनमा पेशी हुने बताइएको छ ।

घटनाका प्रमुख पात्र

नेपालमा यस्तो कानून कहिले?

पूर्वी चीनका एक व्यक्तिलाई गोली हानाहानमा चारजना प्रहरीको हत्या गरेकोमा मृत्युदण्ड दिइएको छ । व्यक्तिगत रूपमा हातहतियार राख्नु अवैध ठहरिने देशमा सो हतियारसहितको हिंसा हुनु दुर्लभ मानिन्छ । सिन्ह्वा समाचार समितिका अनुसार ५१ वर्षीय लिउ जियानजुनलाई मङ्गलबार मृत्युदण्ड दिइयो ।

कारागारमा कैदी थुन्ने होइन भगाउने हो

कर्तव्य ज्यानसम्बन्धी मुद्दा खेपिरहेका धनकुटाको छिन्ताङ(६ साँम्बू गाउँका एकलव्य राई कारागार प्रशासनको मिलोमतोमा फरार भएको हुनसक्ने स्रोतले जनाएको छ । धनकुटा कारागार शाखाबाट हत्कडीसहित फरार भएको सात दिन बित्दा पनि प्रहरीले उनलाई पक्राउ गर्न सकेको छैन । अण्डकोष र आँखा दुखेको भनेपछि उपचारको लागि जिल्ला अस्पतालमा ल्याइएको बेला बैशाख ६ गते उनी फरार भएका थिए । राईले भाग्नका लागि महिनौंदेखि योजना बनाएको र कारागार प्रशासनको मिलोमतोमा आफन्तसँगको भेटघाटलाई पनि तीब्र पारेको खुलेको छ ।

रेवती त फर्किइन् अरू कहिले फर्केलान् ?

शालिकराम आचार्य
ओमानमा लामो समयदेखि बिचल्लीमा परेकी रेवती नेपाली आगामी अप्रिल २९ मा नेपाल फर्कंदैछिन् । उनलाई हवाई टिकेट सगरमाथा समूह ओमानले प्रदान गरेको हो । रेवती बिगत २ महिनादेखि ओमानको सोहारबाट पीडित अवस्थामा फेला परेकी थिइन् ।

‘चरी’ पिँजडामा


गुन्डागर्दी गर्दै हप्ता असुली गर्ने डन दिनेश अधिकारी ‘चरी’ लाई प्रहरीले पक्राउ गरेको छ । धादिङमा १७ करोड रुपैयाँ बराबरको टेन्डर मिलाएर फर्किने क्रममा प्रहरीले थानकोटबाट तरबार, खुकुरी, २ गाडीसहित उनी र उनका सेनाहरूलाई पक्राउ गरेको हो ।


एमाले नेता एवं ऊर्जा मन्त्री गोकर्ण बिष्टमाथि खुकुरी

Pages