नेवाः ताम्सालिङ संयुक्त संघर्ष समितिले बुधबार काठमाडौं उपत्यका र आसपासका जिल्लामा आहृवान गरेको बन्द सकिएको छ । काठमाडौंको बसन्तपुरमा सभा गरेर दिउँसो साढे ३ बजेदेखि बन्द समापनको घोषणा गरिएको नेवाः स्वायत्त राज्य मंकाः संघर्ष समितिका अध्यक्ष राजभाइ जकःमिले
जानकारी दिनुभयो । अब यातायात र बजार निर्वाध रुपमा सञ्चालन हुन सक्ने उहाँले बताउनुभयो ।जेठ १४ मा संविधान जारी हुनुपर्ने, राज्य पुनर्संरचनाको कामलाई अघि बढाउनुपर्ने, जातीय अधिकार सुनिश्चित हुनुपर्ने लगायतका माग गर्दै समितिले बुधबार बन्द आहृवान गरको थियो । बन्दका कारण बुधबार बिहानैबाट नेवार र तामाङ बाहुल्यता रहेको जिल्लामा जनजीवन प्रभावित भएको थियो ।
No comments:
Post a Comment